Main Menu

Tuesday, December 26th, 2017

 

पश्चिमी वायु सक्रिय – हिमाली भेगमा हिमपातको सम्भावना

पुस ११, काठमाडौँ केही दिनयता देखापरेको पश्चिमी वायु पुनः सक्रिय हुने हुँदा हिमाली भेगमा हिमपातको सम्भावना बढेको छ । पश्चिमी वायु क्रमशः आइरहेकाले हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । “पश्चिमी वायुको सामान्य प्रभावले नै आज पश्चिमका एक-दुई स्थान र मध्यका केही स्थानमा बाक्लो कुहिरो लागेको छ । यसको प्रभाव अझै बढ्ने देखिएको छ,” उनले भने । आज काठमाडौँ उपत्यकासहित देशका मध्य र पश्चिमी भेगमा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम प्रतिकूलकै कारण तराईका केही विमानस्थलबाट काठमाडौँ उडान भर्न नसकेको बताइएको छ । काठमाडौँको न्यूनतम तापक्रम पाँच र अधिकतम तापक्रम १९ डिग्रिसेल्सियस रहेको छ । न्यूनतमपूरा पढ्नुहोस्


संविधान, विधि र प्रक्रियाबाटै सहमति खोज्नुस – कानूनविद्

पुस ११, काठमाडौँ विधि र प्रक्रियाका आधारमा असल संस्कार स्थापित गर्दै विद्यमान राजनीतिक र संवैधानिक अड्चनको निकास खोज्न सरकार र प्रमुख राजनीतिक दललाई कानुनविद्हरुले सुझाव दिएका छन् । संघीय व्यवस्थापिका–संसद्द्वारा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको अवस्था’ विषयक अन्तर्क्रियामा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले निर्वाचनको नतिजा जे-जस्तो आए पनि शान्ति प्रक्रिया टुङ्गोमा पुगिनसकेको र संविधान कार्यान्वयनकै चरणमा रहेको अवस्थामा प्रमुख दलहरुबीच सहमति कायम गरेर अघि बढ्नुको विकल्प नरहेको धारणा व्यक्त गरे । “दलहरुबीच सहमति हुन सकेन भने संविधान कार्यान्वयनमा बाधा उत्पन्न हुन सक्छ,” उनले भने, “त्यसो हुन दिनुहुन्न, संविधान कार्यान्वयनमा अघि बढ्दा संविधान, विधि र प्रक्रियाबाट सहमति खाजिनुपर्छ ।” वरिष्ठ अधिवक्तापूरा पढ्नुहोस्


रानीपोखरी विवादमा महानगरले पुरातत्व र प्राधिकरणसँग समन्वय गर्ने

पुस ११, काठमाडौँ आपसी विवाद चर्किएपछि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनः निर्माणका विषयमा पुरातत्व विभाग र राष्ट्रिय पुनः निर्माण प्राधिरणसँग समन्वय गर्ने भएको छ । ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका क्रममा पुरातात्विक महत्व कायम गर्दै पर्यटकीय आकर्षण कसरी बढाउने भन्ने सम्बन्धमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी पक्षबीच विवाद उत्पन्न भएपछि सम्बन्धित निकायसँग समन्वय गर्न लागिएको हो । निर्माणाधीन रानीपोखरीमा आज बिहान उपप्रमुख खड्गी अवलोकन गर्न गएको समयमा केही संस्कृतिकर्मीले पोखरीभित्र जाने मूल ढोकामा ताला लगाइएपछि निर्माण कार्यमा अवरोध पुगेको थियो । दिउँसो प्रमुख शाक्यसहित महानगरको टोली पुगी ताला तोडिएको थियो । प्रमुख र उपप्रमुख एकैसाथ अवलोकनमा जाने र समस्या समाधानबारेपूरा पढ्नुहोस्


सरकार गठनपछि मात्र पार्टी एकता, प्रम केपी ओली नै बन्ने – नेता पण्डित

पुस ११, काठमाडौँ नेकपा (एमाले)का नेता लालबाबु पण्डितले अब बन्ने वामपन्थी गठबन्धनको सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने बताएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले भने, “पार्टी अध्यक्ष पदको निर्णय एमाले र माओवादी केन्द्र बीचको छलफलपछि मात्र हुनेछ ।” नेता पण्डितले सरकार गठन भएपछि मात्र एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने बताउँदै राष्ट्रपति कार्यालयमा थाती रहेका राष्ट्रिय सभासम्बन्धी अध्यादेश पुनः विचार भई जारी हुने धारणा व्यक्त गरे । नेपाली काँग्रेसका नेता एनपी साउदले संवैधानिक राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण रोक्न नमिल्ने बताउँदै उक्त विधेयक स्वीकृत भएपछि राष्ट्रिय सभा र प्रतिनिधिसभाको गठन प्रक्रिया शुरु हुने र त्यसपछि नयाँ सरकार गठनको ढोका खुल्नेपूरा पढ्नुहोस्


पशुपतिनाथ मन्दिर वरपर सवारी प्रवेशमा रोक

पुस ११, काठमाडौँ आजदेखि विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको आराध्यदेव पशुपतिनाथको दर्शन गर्न जाने यात्रुलाई सहजरुपमा दर्शन गर्ने वातावरण मिलाउन चार शिवालय (वनकाली)देखि उत्तरतर्फको भागसम्म सवारीसाधन प्रवेश निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाका पदाधिकारीको गत असोज ३० गते बसेको संयुक्त बैठकले पशुपति क्षेत्रभित्र सवारीसाधन निषेध गर्ने निर्णयअनुसार उक्त क्षेत्रमा सवारीसाधन प्रवेशमा निषेध गरिएको हो । चार शिवालयदेखि उत्तर, जय वागेश्वरीबाट पूर्व र दक्षिणामूर्तिबाट दक्षिणको भागलाई सवारीसाधन प्रवेश निषेधित क्षेत्रका रुपमा घोषणा गरिएको हो, जसमा दक्षिणामूर्तिबाट मित्रपार्कसम्म जाने सवारीसाधनलाई एकतर्फी गरिएको छ । कोषले वनकाली चौरमा पार्किङ गर्नेपूरा पढ्नुहोस्


मेरो स्मृतिमा पदम खड्का

लीलामणि पोख्रेल विगतका केही अप्रिय घटनाहरुको कारण राति १० बजेपछि हामीले मोबाइल बन्द गरेर राख्ने गरेका थियौं । त्यो दिन पनि त्यस्तै भयो । तारफोन अर्थात् ल्यान्डलाइन खुल्ला भए पनि अपरिचित फोन राति ११ बजेपछि नउठाउने प्रचलन नै भइसकेको थियो । साढे ११ बजेतिर तारफानको घन्टी बज्यो, उठाएनौं । राति ३ बजेतिर फेरि त्यही फोनको घण्टी लगातार बज्न थाल्यो । अवश्य पनि केही घटना भएछ भनी आशंका सहित फोनको कलर आइ.डी.मा हेर्यौं । फोन पाटनबाट आएको रहेछ, उठायौं । सुशिल साहको थियो । उहाँले एकै सासमा भन्नुभयो—‘पदम खड्का सिकिस्त भएर नर्भिक अस्पतालमा लगिएको छ रे ।’  हिजो मात्र भेटेको अचानकपूरा पढ्नुहोस्


विद्युत् नहुँदा पर्यटकीय बजार अन्धकारमा

पुस ११, तेह्रथुम केन्द्रीय प्रसारण लाइनको विद्युत् जडानमा ढिलाइ हुँदा तेह्रथुम र संखुवासभाको सीमावर्ती पर्यटकीय गुफाबजार अन्धकारमै रहेको छ । पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजार, सुकेबजार र जोरपोखरी बजार क्षेत्र विद्युत् नहुँदा अन्धकार बनेको हो । चैनपुर नगरपालिका–१ नूनढाकीस्थित यी बजार नजिकैसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ । तर यी बजारमा विद्युत् विस्तारका लागि बजेट अभाव हुँदा ढिलाइ भइरहेको छ । विद्युत् नहुँदा गुफा, सुके र जोरपोखरी बजारका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । यहाँका बासिन्दाले १७ वर्षयता प्रयोग गर्दै आएको सिमखर्क जलविद्युत् आयोजना जीर्ण बनेपछि ५ वर्षयता सास्ती व्यहोर्दै आएका छन् । दशवर्षे ग्यारेण्टी दिएको आयोजनाबाटपूरा पढ्नुहोस्


खुला दिसामुक्त अभियान असफलतातर्फ

पुस ११, भद्रपुर सम्बन्धित निकायको पहल र निगरानीको कमीका कारण सन् २०१७ भित्र झापा जिल्ला खुला दिसामुक्त बनाउने अभियान असफल हुने देखिएको छ । जिल्ला सरसफाइ समितिको पछिल्लो प्रगति विवरणअनुसार १४ प्रतिशत झापाली अझै पनि चर्पीविहीन रहेपछि अभियान असफल हुने भएको हो । यसमध्ये झापाका दक्षिणी क्षेत्रका साविकका गाविस पाठामारी, गौरीगञ्ज र खजुरगाछीमा २५ प्रतिशत घरधुरीले मात्र चर्पी निर्माण गरेका छन् भने अन्य चौरी या खोला किनारमा शौच गरिरहेको अवस्था छ । अन्य गाविसको अवस्था हाल पनि सकारात्मक बनिनसक्दा अभियानले पूर्णता पाउन नसक्ने निश्चित भएको हो । यसैगरी, अभियानमा शहरी क्षेत्र पनि चुनौतीका रुपमा खडा भएपछि खुला दिसामुक्त गर्ने सरकारको योजनापूरा पढ्नुहोस्


विद्यालय व्यवस्थापन समिति पुनःगठन अब स्थानीय तहले नै गर्न सक्ने

पुस ११, काठमाडौँ विद्यालय शिक्षा व्यवस्थापनको अधिकार संविधानतः स्थानीय सरकारमा भएकाले सामुदायिक विद्यालयका व्यवस्थापन समितिको गठन/पुनःगठन उसकै कार्यक्षेत्रमा पर्ने भएको छ । कतिपय स्थानीय तहले सामुदायिक विद्यालयको व्यवस्थापन समिति विघटन गरी सम्बन्धित वडाध्यक्षहरुको नेतृत्वमा समिति गठन गरेकामा अन्योल सिर्जना भइरहेका सन्दर्भमा शिक्षा मन्त्रालयले आवश्यक नीति र पद्धति बसालेर स्थानीय सरकारले व्यवस्थापन समितिलाई सञ्चालन गर्न सक्ने जनाएको हो ।  सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिकाले यही पुस ३ गतेको निर्णयबाट त्यहाँका सबै सामुदायिक विद्यालयको विद्यमान व्यवस्थापन समिति विघटन गरी हाललाई सम्बन्धित वडाध्यक्षको नेतृत्वमा समिति गठन गरेर निर्देशनात्मक पत्राचार गरेका विषयमा सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघले आपत्ति जनाएको थियो । विगतमा स्थानीय निकाय हुँदापूरा पढ्नुहोस्


भाषिक आन्दोलन र कालो दिवस

(पद्म खड्का नेपाली वाम आन्दोलनमा जीवनभर अनवरत लागी परेका वौद्धिक व्यक्तित्व थिए । दुई वर्षपहिले अर्थात् २०७२ साल पुस ४ गते आकस्मिक रुपमा हृदयघात भई उनले मृत्युवरण गरे । काभ्रेपलाञ्चोक जिल्लामा जन्मी काठमाडौंलाई कर्मथलो बनाएका उनी ललितपुरको पुल्चोकस्थित इञ्जिनीयर क्याम्पसका वरिष्ठ प्राध्यापक थिए । इञ्जिनीयरिङ र प्राध्यापनमा व्यस्त रहँदा रहँदै पनि उनले नेपालको लोकतान्त्रिक एवं वाम आन्दोलनमा बिचारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन् । उनै बितेका पद्म खड्काको दोश्रो वार्षिकीको सन्दर्भ पारी उनको श्रद्धाञ्जली स्वरुप उनले २०५८ जेठ २२ गते ‘जन एकता’ साप्ताहिकमा छपाएको एक रचना यहाँ प्रस्तुत गरिन्छ ।-सम्पादक) बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक रहनसहन, भेषभूषा रहेको नेपाली जनताकोपूरा पढ्नुहोस्