Main Menu

Friday, December 29th, 2017

 

नेपालमा पहिलो पटक क्षयरोगीको सर्वेक्षण शुरु

पुस १४, भक्तपुर नेपालमा पहिलो पटक ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ शुरु गर्ने भएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले आगामी जनवरीदेखि शुरु गर्न लागेको सो सर्वेक्षणले देशभरका नयाँ र पुराना क्षयरोगीको अवस्थाबारे जानकारी लिनसक्ने केन्द्रका निर्देशक निर्देशक डा. केदार नरसिंह केसीले बताए । “देशभरका हिमाल, पहाड र तराईलाई समेटने गरी ५५ जिल्लाका ९९ वटा क्लष्टर छुट्याई करिब ५७ हजार ६१० जनाको प्रत्यक्ष घरमै पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणको माध्यमबाट क्षयरोगको वास्तविक अवस्था आँकलन गर्न गरिने सर्वेक्षणका लागि पूर्व तयारी प्रशिक्षण कार्य सम्पन्न भएको छ,” उनले भने । केन्द्रका योजना प्रमुख अनिल थापाले नेपालमा प्रतिवर्ष ४४ हजार नयाँ क्षयरोगीपूरा पढ्नुहोस्


स्वास्थ्यमा प्रविधिको प्रयोग – मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राखिँदै

पुस १४, बैतडी बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्ने थालिएको छ । मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको हो । प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक राख्ने कार्य शुरु भएको उक्त संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत मनोज खड्काले जानकारी दिए । “पाटन नगरपालिका र पुरचौंडी नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा आइसकेको छ,” उनले भने “अन्य स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकालाई तालीम दिने कार्य शुरु भएको छ ।” महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रभित्रका गर्भवती महिलाको नाम मोबाइलमा इन्ट्री गरेपछि गर्भवती महिलाको अनुमानित सुत्केरी हुने मिति, गर्भजाँच गराउने मिति स्वयंसेविकाको मोबाइलमापूरा पढ्नुहोस्


राष्ट्रपतिद्वारा अध्यादेश प्रमाणीकरण

‘गतिरोध अन्त्यका लागि प्रमाणीकरण गरेँ’ – राष्ट्रपति

पुस १४, काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । राजनीतिक दलबीचमा विवाद देखिएका कारण लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश आज प्रमाणीकरण गरेको उनको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । आफ्नो चाहना सबै राजनीतिक दलको सहमति होस् भन्ने भए पनि राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपति भण्डारीले बताइन् । प्रधानमन्त्री एवं नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवासित आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति भण्डारीलाई भेट गर्न प्रधानमन्त्री देउवापूरा पढ्नुहोस्


रामपुर-डेढगाउँ-काठमाडौँ बस सेवा शुरु

rolpa-delhi-bus-starts

पुस १४, रामपुर, पाल्पा रामपुर यातायात व्यवसायी समिति, रामपुर, पाल्पाले रामपुरदेखि डेढगाउँ हुँदै काठमाडौँसम्म बस सेवा शुरु गरेको छ । पूर्वी पाल्पाको रामपुरमा मुख्य कार्यालय रहेको समितिले रामपुरदेखि पूर्व नवलपरासीको पहाडी क्षेत्र डेढगाउँमा शाखा सम्पर्क काउन्टर स्थापना गरी आजदेखि बस सेवा सञ्चालन गरेको हो । हाल रामपुरदेखि डेढगाउँमा दिउँसो मात्र जिप र बस सेवा दिएको समितिले आजदेखि रामपुर-डेढगाउँ हुँदै काठमाडौँसम्म रात्रिबस सेवासमेत सञ्चालन गर्ने यातायात व्यवसायी समितिका उपाध्यक्ष खिमबहादुर केसी (पुरुषोत्तम)ले जानकारी दिए । दिउँसो २ बजे रामपुर बेझाडबाट छुटेको बस पूर्व नवलपरासीको डेढगाउँ, तनहुँको भिमाद हुँदै काठमाडौँ सम्मका लागि नियमित रात्रि सेवा दिइने समितिले जनाएको छ । शाखा सम्पर्क काउण्टरकोपूरा पढ्नुहोस्


भारतद्वारा पराध्वनिक प्रतिरक्षात्मक क्षेप्यास्त्रको परीक्षण

पुस १४, नयाँ दिल्ली, भारत भारतले मङ्गलबार पराध्वनिक अवरोधक क्षेप्यास्त्रको सफल परीक्षण गरेको भारतीय सरकारी स्रोतले जनाएको छ । स्वदेशी प्रविधिमा निर्माण गरिएको अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली अन्तर्गत निर्माण भएको उक्त क्षेप्यास्त्रले जमिनबाट ३५ किलोमिटरको उचाइमा आक्रमण गर्न सकिने भारतीय रक्षा मन्त्रालय स्रोतले जनाएको छ । “परीक्षण उडानको अवस्थामा प्रतिरोध गर्न चाहिने विविध मापदण्डको परीक्षणका लागि रहेको थियो र परीक्षण विल्कुलै सफल भएको छ,” स्रोतले परीक्षण पछि जनायो । भारतले सन् २०१७ मा गरेको यो तेस्रो पराध्वनिक प्रतिरोधक क्षेप्यास्त्र परीक्षण हो । यस पहिले भारतले जनवरी र मार्चमा यस किसिमको क्षेप्यास्त्रको परीक्षण गरेको थियो ।


अडान छाड्दै एमाले, एकल संक्रमणीयमा जान तयार

पुस १४, काठमाडौँ बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडानबाट एमाले पछि हट्ने भएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन गर्नुपर्ने अडान राखेर काँग्रेसले नयाँ सरकार गठन प्रक्रिया अड्काउन खोजेको निष्कर्षसहित एमाले अध्यादेश पारितका लागि लचकता देखाउन तयार भएको हो । अध्यक्ष केपी ओलीनिवास बालकोटमा बिहीबार बसेको स्थायी समिति बैठकमा एमाले नेताहरूले कांग्रेसको व्यवहार र अध्यादेशमा सहमति नभएका कारण नयाँ सरकार गठनमा देखिएको जटिलतामा केन्द्रित रहेर पछिल्ला घटनाक्रमको समीक्षा गरेका थिए । काँग्रेस सहमतिमा नआएका कारण अध्यादेश छिटो पारित गर्ने दिशामा अग्रसर हुने निष्कर्ष बैठकले निकालेको थियो । “सबै पक्षलाई विचार गरेर पार्टी अध्यक्षले राष्ट्रपतिसँग ध्यादेशबारे कुराकानीपूरा पढ्नुहोस्


वाम गठबन्धनका दुबै घटकले छान्यो समानुपातिक प्रदेशसभा सदस्य

पुस १४, काठमाडौँ वाम गठबन्धनका दुई घटक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको नामावली निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीवार बसेको एमाले स्थायी कमिटीको बैठले सात वटै प्रदेशमा गरी ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालले प्रदेश नं. १ मा १५, प्रदेश नं. २ मा ७, प्रदेश नं. ३ मा १६, प्रदेश नं. ४ मा १०, प्रदेश नं. ५ मा १३, प्रदेश नं. ६ मा ६ र प्रदेश नं. ७ मा ८ प्रदेशसभा सदस्यको सिट पाएको थियो । यता नेकपापूरा पढ्नुहोस्


भूपि राजमार्गमा धमाधम काम

पुस १४, पोखरा मध्यपहाडी लोकमार्गको याम्दीदेखि पोखरा-बागलुङ (भूपि) राजमार्ग खण्डमा धमाधम स्तरोन्नतिको काम भइरहेको छ । याम्दीदेखि पूर्व लमजुङ सीमाको करापुटारसम्म भने रेखांकन नहुँदा काम भएको छैन । डिभिजन सडक कार्यालय पोखरा र बागलुङ मातहत रहेको पोखरा-बागलुङ खण्ड मध्यपहाडीमा समेटिएसँगै महिनायता सडक स्तरोन्नतिको काम थालिएको हो । याम्दीदेखि फेदीसम्म पोखरा-लेखनाथ महानगरभित्र ४ र त्यसउता २ लेन हुने गरी ६१ किमि खण्डमा सडक स्तरोन्नति भइरहेको छ । ‘कास्की खण्डको आधा भागमा काम भइरहेको छ,” मध्यपहाडी राजमार्गअन्तर्गत कास्की खण्ड हेर्ने सिनियर डिभिजनल इन्जिनियर रमेश दृष्टिले भने, “महानगरभित्र ४ र अन्यत्र २ लेनको सडक हुनेछ ।” कुनै बाधा अवरोध नभए ३ वर्षभित्र पोखरा-बागलुङपूरा पढ्नुहोस्


सत्य निरूपण र बेपत्ता आयोगको म्याद थप गर्न ऐन संशोधन हुँदै

पुस १४, काठमाडौं बिनाकुनै निष्कर्ष कार्यकाल पूरा हुन लागेका संक्रमणकालीन न्यायको व्यवस्थापनका लागि गठित दुई आयोगको अवधि थप गर्न सरकारले गृहकार्य सुरु गरेको छ । यसका लागि दुवै आयोगको परामर्शमा ऐन संशोधनको मस्यौदा शान्ति मन्त्रालयले तयार पारिरहेको छ । “६० हजारभन्दा बढी पीडितले उजुरी दर्ता गराएका छन्,” शान्ति मन्त्रालयको कानुनी महाशाखा पनि सम्हालिरहेका रक्षा मन्त्रालयका सहसचिव ऋषि राजभण्डारीले भने, “तिनलाई न्याय प्रदान नगरी आयोगलाई त्यसै छाड्न नमिल्ने भएकाले म्याद थप गर्न आवश्यक भएको हो ।” सरकारले केही अघि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पत्र पठाएर म्याद थपका लागि कुनै सर्त भए लेखी पठाउन परिपत्र गरेको थियोपूरा पढ्नुहोस्