Main Menu

Wednesday, December 6th, 2017

 

निर्वाचन अनुगमनका लागि उच्चस्तरीय अनुगमन टोली गठन

मंसिर २०,  काठमाडौँ राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउन आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ । शर्माको नेतृत्वमा मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, नागरिक समाज, कानून व्यवसायी संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि संलग्न रहेको उच्चस्तरीय अनुगमन टोली गठन गरिएको हो । आयोगका प्रवक्ता मोहना अन्सारीका अनुसार टोलीले काठमाडौँ उपत्यकालगायत आवश्यकताअनुसार अन्य स्थानसमेतको अनुगमन गर्नेछ । आयोगले निर्वाचन सुरक्षा व्यवस्था तथा मानवअधिकारको उचित सम्मान र संरक्षणका लागि भएका प्रयासबारे आजै आयोग र सरकारका गृहसचिव तथा सुरक्षा निकायका प्रमुखबीच छलफल गरेकोे छ । छलफलमा आयोगका अध्यक्ष शर्माले निर्वाचनलाई शान्तिपूर्ण तथा मानवअधिकारमैत्री बनाउन सुरक्षापूरा पढ्नुहोस्


आचारसंहिता पालनामा प्रेस काउन्सिलको आम सञ्चारसमक्ष अपिल

मंसिर २०,  काठमाडौँ प्रेस काउन्सिल नेपालले निर्वाचनका समाचार सम्प्रेषण गर्दा आचारसंहिता पालनामा सजक रही सत्य, तथ्य, सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्न सबै पत्रकार र आम सञ्चारमाध्यमलाई अपिल गरेको छ । संविधान कार्यान्वयनको महत्वपूर्ण पक्षका रूपमा रहेको यो ऐतिहासिक निर्वाचन सफल बनाउन पत्रकार र आम सञ्चारमाध्यम फेरि पनि उत्तिकै जिम्मेवार, मर्यादित, उत्तरदायी र अनुशासित हुनुपर्नेमा काउन्सिलले जोड दिएको छ । काउन्सिलले निर्वाचन विशेष अनुगमन गरेको उल्लेख गर्दै मतदानको सम्पूर्ण आधिकारिक परिणाम सार्वजनिक नभएसम्म चलिरहने काउन्सिलका निमित्त मुख्य अधिकृत दीपक खनालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । मतदान प्रक्रिया पूरा भई निर्वाचनका आधिकारिक परिणाम सार्वजनिक नहुँदासम्म स्वच्छ, सन्तुलित एवं निष्पक्षरूपमा समाचार सम्प्रेषणपूरा पढ्नुहोस्


अब छोरी जन्मिने बित्तिकै बैंकमा रकम र जीवन बीमा

मंसिर २०, बुटवल समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकाको पहिलो गाउँपालिका सभाबाट निर्णय गरेर नै गाउँमा रहेको बालविवाह र महिला तथा लैंगिक हिंसामा कमी ल्याउने उदाहरणीय कार्यक्रम सार्वजनिक गरेका हुन् । जिल्लाको ओमसतिया गाउँपालिकामा करिब ३७ हजार जनसंख्या छ । महिलाको संख्या पुरुषभन्दा बढी छ । यो मधेशी समुदायको बाहुल्यता रहेको र खुला सीमा भएको क्षेत्र हो । जिल्लाका साविक हाटी फर्साटिकर, वसन्तपुर, पड्सरी, छोटकीरामनगर र पट्खौली गाविस जोडेर ओमसतिया गाउँपालिका बनेको हो । यहाँका कैयौँ समुदायमा अहिले पनिपूरा पढ्नुहोस्


निर्वाचन बिथोल्न खोज्ने एक हजार नियन्त्रित

मंसिर २०, काठमाडौँ नेपाल प्रहरीले बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो । नेत्रबिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाका ६ सय र सिके राउत समूहका १३ जना तथा अन्य ३ सय ४४ जनालाई नियन्त्रणमा लिइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्यौपाने निर्वाचनलाई स्वच्छ र भयरहित बनाउँदै उम्मेदवार तथा मतदाताको सुरक्षाका लागि नेपाल प्रहरी लागेको बताउँछन् । “निर्वाचनका लागि हामीले बुथ सुरक्षा टोलीका अलावा पैदलपूरा पढ्नुहोस्


चितवनमा नक्कली बम आतंक

मंसिर २०,  रत्ननगर बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । “करिब ९,१० स्थानमा यस्ता तर्साउने काम भए”, प्रहरी उपरीक्षक थापाले भने, “सबै नक्कली मात्रै भेटिएका छन् ।” उनका अनुसार अहिलेसम्म राखिएकामा तीन वटा स्थानमा केही बारुद रहेको पाइए पनि ठूलो क्षति गर्ने खालको नभएको जनाइएको छ । चितवन प्रहरीले शान्तिसुरक्षा चुस्त रहेकाले ढुक्क भएर निर्वाचनमा भाग लिने वातावरण मिलाएको थापाले बताए । मुख्यगरी नेकपाका कार्यकर्ताले तर्साउने गरेको यस्ता गतिविधि नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ‘स्पेशल अपरेशन टिम’ परिचालन भएको छपूरा पढ्नुहोस्


निर्वाचनको मौका छोपेर काठ तस्कर सक्रिय

मंसिर २०, सिमरा मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मौका छोपेर काठ तस्कर सक्रिय भएका छन् । सबै सुरक्षाकर्मीको ध्यान यतिखेर निर्वाचनमा केन्द्रित भएको मौका छोपी तस्कर सक्रिय भएका राष्ट्रिय वन छेउछाउका स्थानीयबासीको भनाइ रहेको छ । जिल्लामा रहेका चारवटा साझेदारी वन सहित राष्ट्रिय वनबाट रातिराति काठ तस्करले सालको काँचो काठ काटी तस्करी गर्ने गरेको स्रोतको दाबी रहेको छ । तस्करले साइकल, मोटरसाइकल र ट्रयाक्टरमा समेत काठ लोड गरी भारततर्फ लाने गरेका छन् । नाकामा प्रहरी रहे पनि निर्वाचनतिर ध्यान केन्द्रित भएका कारण तस्करको भाग्य नै खुलेको छ । त्यति मात्र नभई सालका रुख काटी तस्करले चिम्नीपूरा पढ्नुहोस्


बेनी नगरपालिका साक्षर घोषित, साक्षरता ९७ प्रतिशत

मंसिर २०, बाबियाचौर, म्याग्दी बेनी नगरपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालयको संयोजन र नगरपालिका कार्यालयले सदरमुकामस्थित बेनी सामुदायिक मावि परिसरमा सोमबार आयोजना गरेको समारोहमा साक्षर घोषणा गरिएको हो । नगरपालिकाका ९६.८२ प्रतिशत नागरिक साक्षर भएको बताइएको छ । शिक्षा मन्त्रालयले १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकले अंक र अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर वडा, स्थानीय तह र जिल्ला घोषणा गर्न सकिने नीतिगत व्यवस्था गरेको छ । दश वटा वडा रहेको नगरपालिकालाई साक्षर घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले घोषणालाई व्यवहारमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र निरक्षर समूहलाई विभिन्न कार्यक्रममार्फत साक्षर बनाएर साक्षरतापूरा पढ्नुहोस्


काठमाडौँका दशै निर्वाचन क्षेत्रको तयारी पूरा

मंसिर २०, काठमाडौँ सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौँ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ ।   सबै स्थानमा मतपत्र आजभित्र पुग्ने ५ हजाउ ८४८ कर्मचारी खट्ने मतगणनास्थलमा सीसी टीभी र जालीको प्रयोग गरिने छुट्टाछुट्टै स्तानमा मतगणना हुने काठमाडौँ निर्वाचन क्षेत्र नं १ का मुख्य अधिृकत रमेशराज पोखरेलका अनुसार काठमाडौँमा १० वटै निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको हो । “दश वटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ, केही प्राविधिक काम मात्र बाँकी छ, त्यो पनि आज बेलुकासम्म सकिन्छ,” काठमाडौँको १० वटै निर्वाचन क्षेत्रको संयोजनसमेत गरेका मुख्य निर्वाचन अधिकृत पोखरेलले भने । पोखरेलका अनुसार निर्वाचनपूरा पढ्नुहोस्