Main Menu

Monday, December 4th, 2017

 

प्यूठानमा वामगठबन्धनको अन्तिम प्रचार सभा

मंसिर १८, प्यूठान वाम गठवन्धनकाे प्रचारात्मक कार्यक्रम अन्तर्गत सोमवार प्यूठान नगरपालिका वडा न. ९ र १० का विभिन्न स्थानमा घरदैलाे अभियान सम्पन्न भयो । घरदैलाे अभियान सकी खरिवाेटमा अायाेजित काेणसभामा माअाेवादी केन्द्रकाे तर्फवाट प्रतिनिधि सभाका सदस्यका समानुपातिक उमेद्ववार मणि थापाले ‘देश विकासमा कम्युनिष्टहरुले जति विकास गर्न सक्छन् त्यति अन्य गैर कम्युनिष्टहरूले गर्न नसक्ने’ कुरा व्यक्त गरे । नेता थापाले प्यूठानका मतदाताहरुसँग आग्रह गर्दै भने, “समयकाे मागसँगै देशका वामहरू एक भएका हौं । नेपालमा सधैँ कम्युनिष्ट फुटेकै कारणले अरू शक्तिहरू सत्ताकाे वागडाेर समालेर देशलाई प्रगतिकाे सट्टा अधाेगति दिएकाे वर्तमान परिप्रेक्षमा अब नेपालीहरूले अलमलमा नपरी वामकाे पक्षमा मतदान गर्नुहोस्” ।  उनले भने, पूरा पढ्नुहोस्


मोरङमा एमाले सचिवले भने, ‘प्रचण्ड कमका खेलाडी होइनन्’

मंसिर १८, मोरङ  नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले देश राजनीतिका दुई कुशल खेलाडीको हातमा परेको भन्दै वामपन्थीहरुले ५० वर्ष शासन गर्ने दावी गरेका छन् । मौन अवधि सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा आज मोरङ—३ नम्बर क्षेत्र अन्तर्गत पथरीशनिश्चरे नगरको शनिश्चरे बजारमा आयोजित क्षेत्रको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन् । ‘केपी ओली एउटै खेलाडिहुदा त कांग्रेसलाई गोल लागउदै आएका थियो’ भट्टराईले भने ‘अहिले प्रचण्ड र ओली भएपछि कांग्रेसको किपरले गोल आएको समेत देख्न पाउने छैनन् ।’ भट्टराईले भने ‘प्रचण्ड कमका खेलाडि होइनन, हामी यतिबेला केपी ओली र प्रचण्डको क्याप्टेनशीपमा वाम गठबन्धनमा आवद्ध छौं,पूरा पढ्नुहोस्


प्रचारप्रसारको अन्तिम दिन

भङ्गहाबाट गिरिराजमणि पोखरेलको उद्घोष “जातियता र क्षेत्रीयतावादी राजनीति गरेर मधेसको समृद्धि हुँदैन “

मंसिर १८, महोत्तरी, भङगाहा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा नेपाल सरकारका बिना बिभागीयमन्त्री एवम् महोत्तरी जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार गिरिराजमणि पोखरेलले जातियता र क्षेत्रीयतावादी राजनीति गरेर मधेसको समृद्धि नहुने बताएका छन् । मधेसको नाउँमा पृथकतावादी राजनीति गर्नेहरुले जात र रङको आधारमा मधेसी जनतालाई फुटाउन र जुधाउन खोजेको पोखरेलले आरोप लगाए । बाम गठबन्धनको आयोजनामा महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ अन्तर्गतको भङगाहा नगरपालिका वडा नम्बर -५ को सितापुर बजारमा आयोजित बिशेष साँस्कृतिक सभालाई सम्बोधन गर्दै पोखरेलले मधेस तराईको विकासका लागि बिशेष कार्यक्रम ल्याउने उद्घोष गरे । मधेसको विकासमा आफू निरन्तर कृयाशिल रहेको प्रष्ट पार्दै पोखरेललेपूरा पढ्नुहोस्


‘पुल भत्काएर अघि बढीसक्यौं, अब पछाडि फर्किन्न’- प्रचण्ड

मंसिर १८, टाँडी, भरतपुर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता हुने कुरामा कुनै शंका गर्नु नपर्ने बताएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन चितवनको निर्वाचन क्षेत्र नं. १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताबारे चलाइएका हल्लाहरु निराधार रहेको बताए । अध्यक्ष प्रचण्डले भने, “हामीले दुइ वटा पार्टी जोड्ने निर्णय गरेर अघि बढेपछि पुल भत्काइसकेका छौं । त्यसैले अब पछाडि फर्किन सम्भव छैन । पछाडि फर्किने हो भने म, माओवादी, केपी जी र एमालेको भविष्य खतरामा छ । त्यसैले शंका नगर्नुस्, पार्टी एकता अवश्यपूरा पढ्नुहोस्


तानाशाही प्रवृत्तिले लोकतन्त्र खतरामा : पौडेल

मंसिर १८, तनहुँ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तानाशाही प्रवृत्तिले लोकतन्त्र माथि खतरा कायमै रहेको बताएका |छन् । नेपाली काँग्रेस प्रचारप्रसार समितिद्वारा आज दमौलीमा आयोजित चुनावी सभामा उनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि केही तानाशाही प्रवृत्तिले लोकतन्त्र नै खतरामा रहेको बताएका हुन् । “गाउँबाट विचलित भएका मनलाई गाउँमै बसौँ बसाँै बनाउने आफ्नो योजनाअनुरुप आधा काम पूरा भइसकेको र बाँकी काम पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ”– उनले भने । जिल्लाको सबै गाउँगाउँमा बिजुली, मोटबाटो पुगिसकेको बताउँदै नेता पौडेलले गाउँमै आम्दानी र रोजगारी पुर्याउन आफू लागिपरेको उद्घोष गरे । काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले देशभरि काँग्रेसको लहर आएकाले जितपूरा पढ्नुहोस्


काठमाडौँ १० : मौनअवधि नजिकिए पनि चुनावी चटारो उस्तै

मंसिर १८, काठमाडौँ, (५:०४ बजे) मौनअवधि शुरु हुन लागे पनि विभिन्न राजनीतिक दलका उम्मेदवारलाई मतदातासम्म पुग्ने चटारो भने उस्तै रहेको छ । यस्तै चटारोका बीच काठमाडौँ क्षेत्र नं १० का उम्मेदवार पनि आजको दिनलाई बढीभन्दा बढी सदुपयोग गर्न लागिपरेका छन् । सो क्षेत्रमा बाम गठन्धनका तर्फबाट हितमान शाक्य र नेपाली काँग्रेसका तर्फबाट युवा तथा खेलकुदमन्त्री समेत रहेका राजन केसी चुनावी प्रतिस्पर्धामा छन् । संविधानसभाको पहिलो निर्वाचनमा सो क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन जितेका थिए, तर  संविधानसभाको दोस्रो निर्वाचनमा भने उनी  राजन केसीद्वारा पराजित भए । अध्यक्ष दाहाललाई केसीले पराजित गर्दा केसी निकै चर्चित बनेका थिए ।पूरा पढ्नुहोस्