Main Menu

Thursday, December 7th, 2017

 

वाम गठबन्धनले अधिनायकवाद जन्मिन्छ भन्ने कुरा भ्रम मात्र : ओली

मंसिर २१, भक्तपुर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले अधिनायकवाद जन्मिन्छ भन्ने कुरा भ्रम मात्र भएको प्रष्ट्याएका छन् । पूर्वप्रधानमन्त्री ओलीले भक्तपुर क्षेत्र नं २ अन्तर्गत महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले एक्लैको बहुमत आउने र बाम गठबन्धनको दुई तिहाई आउने जिकीर गरे । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनले मतदाता नामावली भने भक्तपुरमा छ । नेता ओलीले भने, “ देश अब विकास र समृद्धिमा अगाडि बढ्छ, निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योललाई चिर्दै आज निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ, यो ठूलो उपलब्धि हो ।” उनले चुनाव सार्ने प्रधानमन्त्री शेरबहादुरपूरा पढ्नुहोस्


‘राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि भोट’

मंसिर २१,  काठमाडौं आज दिउँसो कीर्तिपुरकी ८२ वर्षिया प्रेममाया महर्जन खुसी हुँदै मतदान केन्द्रबाट बाहिरिन् । “पहिलेभन्दा सजिलो लाग्यो, आफैले भोट हाले मैले त” उनले भनिन् । स्थानीय तहको निर्वाचनमा नातीलाई मतदान गर्न लगाएकी महर्जनले यसपटक आफैँ आफ्नो मत आफूलाई मन परेको उम्मेदवारलाई दिइन् । लाक्षीचोक मतदान केन्द्रमा मतदानपछि उनले भनिन् “मेरो आर्शिवाद छ, मेरो भोट खेर नजाओस् ।” किन सजिलो भयो त यसपटक भन्ने जिज्ञासामा उनले भनिन् “भोट दिने कागज सानो रहेछ, चिन्ह पनि सजिलो देखिने ।” कीर्तिपुर मावि कीर्तिपुर मतदान केन्द्रमा मतदानपछि बाहिरिएका मोहन श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको उल्लेख्य सहभागिता रहेको बताए । प्रतिनिधिसभा र प्रदेशसभामापूरा पढ्नुहोस्


पहिलो मतदाता बयानब्बे बर्सीय वृद्धा

मंसिर २१, कीर्तिपुर कीर्तिपुरमा आज मतदानको समय सुरु नहुँदै मतदान केन्द्रहरुमा मतदाताहरु लाइनमा लामबद्ध देखिए । सोही क्रममा कीर्तिपुर नगरपालिका वडा नम्बर ३ को बूथमा ९२ वर्षकी मैया महर्जन पनि मतदान गर्न आइन् र मतदान सुरु हुँदा उनी नै पहिलो मतदाता भइन् । कीर्तिपुर नगरपालिकाका १० वटै वडाहरुमा बिहान ७ बजेबाटै मतदाताहरु मतदानका लागि जम्मा भएका थिए । तर, गत स्थानीय निर्वाचनमा जस्तो बिहानैबाट घुईंचो भने भएको देखिएन ।  यसो हुनुमा चिसोको कारण रहेको स्थानीयहरु बताउँछन् । बिहान १० बजे पछाडि भने बूथहरुमा मतदाताहरुको बाक्लो उपस्थिति देखियो ।


सिके राउत पक्राउ

मंसिर २१, जनकपुरधाम स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राउतलाई जनकपुरको माछाबजारबाट बिहान ९ः३० बजे पक्राउ गरिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनविरूद्ध अभियानको आरोपमा राउतलाई पक्राउ गरिएको बताइएको छ ।


गिरिराजमणिले महोत्तरीमा मतदान गरे

मंसिर २१, महोत्तरी पूर्व शिक्षा एवं स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले महोत्तरीको बर्दिबास नगर पालिकाको वडा न ३ स्थित दुधेश्वोरी प्रा बि राजाबासबाट आफ्नो लागि पहिलो पटक मतदान गरेका छन् । उनी महोत्तरी क्षेत्र न १ का बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् । मतदानपछि नेता पोखरेललाई १०३ बर्से वृद्ध दिपबहादुर थापाले अग्रिम बधाइ, शुभकामना र आशीर्वाद दिँदै, “धेरै राम्रो गर्नु भएको छ, अझै राम्रो गर्नू” भने ।


निर्वाचन प्रक्रियाको अवलोकन गरिरहेका छौँ – कार्टर सेन्टर

मंसिर २१, काठमाडौँ कार्टर सेन्टरले नेपालमा आज जारी दोस्रो चरणको प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा ३४ देशका ६० भन्दा बढी पर्यवेक्षकले पर्यवेक्षण गरिरहेको जनाएको छ । थाईल्याण्ड पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री डा. सुराकियार्त सथिरथाई तथा श्रीलंका र माल्दिभ्सका लागि पूर्व अमेरिकी राजदूत पिटर वर्लेले कार्टर सेन्टरको तर्फबाट निर्वाचन पर्यवेक्षक टोलीको नेतृत्व गरेका छन् । सो टोलीले आज ललितपुरस्थित ऐतिहासिक पाटन दरबार क्षेत्रमा रहेको विश्व शान्ति मतदान केन्द्रको निर्वाचन प्रक्रियाका बारेमा पर्यवेक्षक गरेको छ । निर्वाचन र मतदान प्रक्रिया कस्तो लाग्यो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा थाइल्याण्डका उपप्रधानमन्त्री सथिरथाईले भने “अहिले हामी निर्वाचन प्रक्रियाको अवलोकन गरिरहेका छौँ, विस्तृत विवरण पछि भन्नेछौँ ।” यसैगरी श्रीलंकापूरा पढ्नुहोस्


काठमाडौँका चर्चित नेताले गरे मतदान

मंसिर २१,  काठमाडौँ आज बिहान ७ बजेदेखि शुरू भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ जिल्लाका स्थानीयबासी नेताले विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन् । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले बिहान ८ बजेर ५ मिनेटमा स्काइलार्क स्कुल धापासीबाट मतदान गरे । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पकनाजोलस्थित नेपाल युवक माविबाट ८ः४० मा मतदान गरेका छन् । नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले नेपाल युवक मावि पकनाजोलबाट मतदान गरेका छन् । एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले इचङ्गु पञ्चधारा मतदान केन्द्रबाट मतदान गरिन् । रक्षामन्त्री भीमसेनदास प्रधानले बिहान ७ः३० मा कामपा—२७ वडाअन्तर्गत ज्याठाको छुस्याबहाल मतदान केन्द्रबाट मतदान गरे । त्यसैगरी, नेपाली काँग्रेसका युवा नेतापूरा पढ्नुहोस्


निर्वाचनले परिवर्तनका पक्षधरलाई अनुमोदन गर्नेछ – नेता सिटौला

मंसिर २१, बनियानी, झापा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा लाने निर्वाचनमा नेपाली जनताले पहिलो पटक भाग लिएको बताएका छन् । झापा क्षेत्र नम्बर १ अन्तर्गत कलवलगुडी आधारभूत विद्यालयमा आज बिहान मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेता सिटौलाले भने, “संविधान कार्यान्वयनसँगै मुलुक समृद्धिको मार्गमा अघि बढ्ने यो महत्वपूर्ण र ऐतिहासिक निर्वाचन हो । निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरू असफल बनेका छन् ।” उनले यो निर्वाचन जनता मालिक हुने निर्वाचन भएको बताउँदै अब संघीयता, बहुलवाद र गणतन्त्र संस्थागत हुने विश्वास व्यक्त गरे । “निर्वाचनले परिवर्तनका पक्षधरलाई अनुमोदन गरी देशलाई समृद्धितर्फ लान्छ’, नेता सिटौलाले भने । निर्वाचनपछि परिवर्तन विरोधीहरूपूरा पढ्नुहोस्


हस्ताक्षर नभएको मतपत्र वितरण गरेका अधिकृत निष्कासित

मंसिर २१, भक्तपुर भक्तपुर क्षेत्र नं. २ को प्रदेश नं. (क) सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित साविक सिरुटार मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र वितरण गरेपछि निर्वाचन अधिकृत डोलप्रसाद जैसी पराजुलीलाई मतदान केन्द्रबाट निष्कासन गरिएको छ । हस्ताक्षर नभएको मतपत्र वितरण भएको विवादका कारण रोकिएको मतदान पुनः शुरु भइसकेको छ । आज बिहान ७ बजेबाट शुरु भएको मतदानका क्रममा करिब ८ बजे साविक सिरुटार गाविस मतदानस्थलको (ख) मतदान केन्द्रमा प्रदेशसभातर्फको मतपत्र वितरणको क्रममा मतदान अधिकृत पराजुलीले हस्ताक्षर नगरी मतपत्र वितरण गरेको पाइएपछि विवाद भएको थियो । करिब ३० वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मत खसेको अनुमान गरिएको छ ।  एमालेका प्रतिनिधिलेपूरा पढ्नुहोस्


निर्वाचन ऐतिहासिक उपलब्धि – पूर्वप्रम खनाल

मंसिर २१, इलाम इलाम क्षेत्र नं १ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आजको निर्वाचन ऐतिहासिक निर्वाचन भएको बताएका छन् । आज बिहान इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट ९ः४० बजे मतदान गरेपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धि भनेको आज हुँदै गरेको निर्वाचन हो ।”  प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि देश विकास निर्माण र आर्थिक समृद्धिको बाटोमा उन्मुख हुने बताउँदै नेता खनालले भने, “देश महत्वपूर्ण र समृद्धिको उन्मुख हुने चरणमा छ, निर्वाचन भएपछि देशमा विकासको मूल फुट्छ ।” इलामको क्षेत्र नं १ मा बिहानैदेखि मतदाता लाइनमा बसेर शान्तिपूर्ण रूपमा मतदान गरिरहेको देख्दा आफू ज्यादै हर्षित र गौरवान्वितपूरा पढ्नुहोस्