Main Menu

Saturday, December 23rd, 2017

 

आयोगले घोषणा नगर्दै आआफै समानुपातिकको नाम प्रचार

पुस ८, काठमाडौं समानुपातिकको सूचिमा नाम भएका प्रतिनिधिसभाका समानुपातिक तर्फका उम्मेदवारहरुलाई आफू निर्वाचित भएको भनी प्रचार गर्न हतारो लागेको देखेर माओवादी केन्द्रको केन्द्रीय कार्यालयलाई उदेग लागेको छ । “हिजो पुस ७ गते भर्खर निर्वाचन आयोगले प्रदेश सभाका लागि पार्टीहरुले समानुपातिकमा पाएका मतको आधारमा पाउने सिट सङ्ख्या सार्वजनिक गरेको छ । संविधान मुताविक निर्वाचन आयोगले तोकेको मापदण्डमा रही पार्टीहरुले आगामी एक हप्ताभित्र प्रदेशसभाका लागि समानुपातिक सदस्यहरु निर्वाचित गर्न पहिले दर्ता गरेको बन्द सूचिभित्रका नामहरु पठाउनेछन् । त्यसपछि बल्ल संघीय संसदका लागि पार्टीहरुले प्राप्त गर्ने समानुपातिक सदस्यहरुको सङ्ख्या र नाम आयोगमा पठाउन सूचना जारी गरिने ब्यबस्था रहेको छ । तर, समानुपातिकमा प्राप्तपूरा पढ्नुहोस्


प्रदेश ३ को राजधानी नुवाकोट ?

पुस ८, नुवाकोट कुनै समय नेपालकै राजधानी नुवाकोटलाई अहिले ३ नं प्रदेशको प्रादेशिक राजधानी बनाउन यहाँका जनप्रतिनिधि र उद्योगी व्यवसायीले सक्रियता देखाएका छन् । नेकपा (एमाले) र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणापत्रमा संयुक्त जारी गरेको ‘अपिलपत्र’मा ‘नुवाकोटलाई ३ नंं प्रदेशको राजधानी बनाउन पहल गर्ने’ भनी जनाइएको प्रतिबद्धता कार्यान्वयनका लागि पहल शुरु भएको प्रतिनिधिसभा सदस्य क्षेत्र नंं २ बाट नवनिर्वाचित सांसद नारायणप्रसाद खतिवडाले बताए । पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट विजय गरेपछि गोरखा राज्यको राजधानी बनाएर राज्य विस्तारको सबै काम पूरा गरेका थिए । वि.सं. १८५७ मा पनि गीर्वाणयुद्धविक्रम शाहका पालामा दोस्रो पटक पुनः नेपालको राजधानीपूरा पढ्नुहोस्


यसरी जुटाउन सकिन्छ शिक्षामा बजेट – शिक्षाविद्को सुझाव

पुस ८, काठमाडौँ नयाँ संविधानले शिक्षा पनि जनताको मौलिक हकको रुपमा उल्लेख गरेको छ । निर्वाचनमा पार्टीहरुले पनि शिक्षालाई जोड दिएको देखिन्छ । तर, निर्वाचनपछि बजेट नभएको भनी संविधान कागजको खोस्टो र पार्टीहरुको प्रतिबद्धता जनता झुक्याउने फोस्रो नारा हुन जाने सम्भावना पनि छ । जनता सचेत भएन भने यो दुर्घटना नहोला भन्न सकिन्न । बजेट छैन भन्नेहरुलाई विज्ञहरुले स्रोत देखाइदिनुपर्ने जिम्मेवारी महसुस गरी शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले शिक्षाका लागि स्थानीइ सरकारलाई बजेटको स्रोत देखाइदिएका छन् । यसरी जुटाउन सकिन्छ बजेट अहिले बहुमत ल्याएको वाम गठबन्धनले शिक्षामा २० प्रतिशत बजेट छुटयाउने भनेको छ । त्यो वाचा पूरा गर्न लगाउन सकिन्छपूरा पढ्नुहोस्


प्यालेस्टिनी   राष्ट्रपति अब्बासद्वारा अमेरिकी शान्ति योजना अस्वीकार 

पुस ८,  पेरिस, फ्रान्स अमेरिकाले एकतर्फी रूफमा जेरूसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने निर्णय लिएको भन्दै प्यालेस्टिनी जनता अमेरिकाद्वारा प्रस्ताव हुने कुनै पनि शान्ति योजनालाई आगामी दिनमा स्वीकार गर्न नसक्ने प्यालेस्टिनी राष्ट्रपति महमुद अब्वासले शुक्रबार बताएका छन् ।  ट्रम्प प्रशासनले सन् २०१८ मा दुवै पक्षलाई मान्य हुने गरी योजना बनाइरहेको भन्ने भनाइहरू बाहिर आइरहेका समय प्यालेस्टिनी नेता अब्वासको उक्त अभिव्यक्ति आएको हो ।  पेरिसमा फ्रान्सेली राष्ट्रपति इम्मानुयल म्याक्रोँसँगको भेटपछि अब्वासले भने, “ संयुक्त राज्य अमेरिका इजरायल–प्यालेस्टाइन शान्ति प्रक्रियामा एक ‘बेइमान मध्यस्थ’ देखिएको र अमेरिकाद्वारा ल्याइने कुनै योजना हामीहरुलाई स्वीकार हुनेछैन ।”  अब्वासले राष्ट्र सङ्घको विहीबार भएको महासभामा जेरुसेलमलाई इजरायलको राजधानीकापूरा पढ्नुहोस्


सरकार गठन र राष्ट्रियसभासम्बन्धी अध्यादेशको विषय फरकफरक – एमाले

पुस ८, काठमाडौँ नेकपा (एमाले) स्थायी कमिटीको हिजो बसेको बैठकले सरकार गठन र राष्ट्रियसभासम्बन्धी अध्यादेशको विषय फरकफरक भएको ठहर गरेको छ । बैठकले नयाँ सरकार गठनको तयारी र पार्टी एकीकरणसम्बन्धी कामलाई तीव्रता दिँदै यथाशीघ्र छिटो निष्कर्षमा पुर्याउने पनि निर्णय गरेको छ ।  निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतालगायतका विषयमा छलफल गर्न हिजो उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको करिब पाँच घण्टा लामो बैठकले ती निष्कर्षहरु निकालेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि चुनावी समीक्षा, नयाँ सरकारको नेतृत्व, केन्द्रसँगको एकता, राष्ट्रियसभाको गठनलगायतका विषयमा छलफल गर्न निर्वाचनपछिकोपूरा पढ्नुहोस्


कविता

एउटा निमुखा बूढाको भविष्य

झिस्मिसेका ताजा जाँगरहरूलाई छातीभरि कवच जस्तै लपेटी खेत, आली, सडक र गारोहरूतिर सल्बलाउने, पेटिला नसाहरूले जेलिएका खैरा हातहरूको हतियार भिरी पसीनाको दहमा एकातिरबाट हामफाल्छ, एउटा निमुखा बूढा र क्षितिजलाई राताम्मे पार्दै अस्ताउने घाम जस्तै कता–कता निर्माण कार्यहरू हुँदो आफ्नो रगतको टाटो पोत्दै दिनभरि पौडी खेलेर साँझ दहको अर्कोतिरबाट निस्केर लुरुलुरु घर फर्कन्छ त्यही निमुखा बूढा उसको विपना बूढो गोरुको बाध्यता कठै गरोस् के ? उसको सपना पनि त बूढो गोरुको संस्कार सपनामा पनि उसका जोशहरू बौरी बौरी उठ्छन् रे हातहरू त्यसै यसै चल्मलाउँछन् रे उसको विगत झुत्रो सुकुलमा उसँगै सुत्छ तीखा काँडाहरू भएर उसलाई विझाउँछ र उसको भविष्य हालको वर्तमानपूरा पढ्नुहोस्