Main Menu

आयोगले घोषणा नगर्दै आआफै समानुपातिकको नाम प्रचार

पुस ८, काठमाडौं

समानुपातिकको सूचिमा नाम भएका प्रतिनिधिसभाका समानुपातिक तर्फका उम्मेदवारहरुलाई आफू निर्वाचित भएको भनी प्रचार गर्न हतारो लागेको देखेर माओवादी केन्द्रको केन्द्रीय कार्यालयलाई उदेग लागेको छ ।

“हिजो पुस ७ गते भर्खर निर्वाचन आयोगले प्रदेश सभाका लागि पार्टीहरुले समानुपातिकमा पाएका मतको आधारमा पाउने सिट सङ्ख्या सार्वजनिक गरेको छ । संविधान मुताविक निर्वाचन आयोगले तोकेको मापदण्डमा रही पार्टीहरुले आगामी एक हप्ताभित्र प्रदेशसभाका लागि समानुपातिक सदस्यहरु निर्वाचित गर्न पहिले दर्ता गरेको बन्द सूचिभित्रका नामहरु पठाउनेछन् । त्यसपछि बल्ल संघीय संसदका लागि पार्टीहरुले प्राप्त गर्ने समानुपातिक सदस्यहरुको सङ्ख्या र नाम आयोगमा पठाउन सूचना जारी गरिने ब्यबस्था रहेको छ । तर, समानुपातिकमा प्राप्त भएको मतलाई देखाई अहिले नै यतिउति सङ्ख्या र अमुकअमुक व्यक्ति निर्वाचित भए भनी सामाजिक सञ्जालहरुमा बधाइको ओइरो आइरहेको कुराबाट हामी आजित भएका छौं ।” नेकपा माओवादी केन्द्रको सचिवालयका एक जिम्मेवार सदस्य बताउँछन् ।

एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुन गइरहेको सन्दर्भमा एकातिर माओवादी केन्द्रका केही नेता कार्यकर्ताहरु असन्तुष्ट भई वैकल्पिक यात्रा खोजिरहेको समाचार आइरहेको छ भने अर्कातिर आधिकारीक जिम्मेवार निकायले प्रक्रिया पुर्याउनु र घोषणा गर्नु अगावै आआफै समानुपातिक तर्फ निर्वाचित भएको घोषणा गर्ने र बधाइ खाने प्रवृत्तिले माओवादी आन्दोलनले अब अर्कै बाटो लियो कि भन्नेहरुलाई थप बलियो तर्क प्रदान गर्ने भनी ती नेताले चिन्ता जाहेर गरे ।

(Visited 244 times, 1 visits today)

टिप्पणी

comments