Main Menu

कास्की चुनावी प्रतिस्पर्धामा रहेका सबै महिला पराजित

मंसिर २८, पोखरा

women-candidates-defeatedकास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै (१२ जना) महिला उम्मेदवार पराजित भएका छन् ।

प्रदेशसभा क्षेत्र नं ३ (क)मा निकटतम नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत ल्याएर पराजित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रामजी बरालले १५ हजार ८२३ मत प्राप्त गरी विजयी भए । 

प्रतिनिधिसभा क्षेत्र नं २ मा राष्ट्रिय जनमुक्ति पार्टीकी उमा दर्लामी, राष्ट्रिय जनमोर्चाकी दालकुमारी खत्री, संंघीय समाजवादी फोरम नेपालकी रत्न भट्टचन र नेपाल दलित पार्टीकी लक्ष्मी विश्वकर्मा पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

यस्तै प्रदेशसभा क्षेत्र नं १ (क) मा मंगोल नेशनल अर्गनाइजेशनकी ज्ञानु गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीकी सीता श्रीस मगर, (ख)मा संघीय समाजवादी फोरम नेपालकी काशीमाया गुरुङ, प्रदेश नं २ (क)मा राप्रपाकी विष्णु खड्का, (ख)मा नेपाल दलित पार्टीकी मिठु परियार, प्रदेश नं ३ (ख)मा नेपाल दलित पार्टीकी कमला विक र राप्रपाकी धनुमाया कोइराला आचार्य पनि प्रतिस्पर्धी थिए ।

जिल्लाभर प्रतिनिधिसभाका लागि तीन र प्रदेशसभाका सदस्यका लागि छ निर्वाचन क्षेत्रमा तीन स्वतन्त्रसहित ९५ जना चुनावी प्रतिस्पर्धामा थिए ।

(Visited 160 times, 1 visits today)

टिप्पणी

comments