Main Menu

Sunday, December 24th, 2017

 

टीकापुर घटनाका आरोपी चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुला

पुस ९, काठमाडौँ कैलालीको टीकापुर घटनामा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य रेशम चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्नका लागि बाटो खुला भएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले सर्वोच्च अदालत प्रशासनले वारेसमार्फत दर्ता गर्न ल्याएको मुद्दा दरपीठ गर्नु कानूनसम्मत भएको फैसला सुनाएपछि चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुला भएको हो ।  प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले यही पुस ४ गते कर्तव्य ज्यान, लुटपाटलगायतको अभियोगपत्रको कागजातको प्रमाणित प्रतिलिपि झिकाउने आदेश दिएको थियो । सोहीबमोजिम अधिवक्ता सुनीलकुमार पटेल र दीपेन्द्र झाले अदालतमा प्रमाणित प्रतिलिपि पेश गरेका थिए ।  आदेशमा अभियोग लागेका व्यक्तिले जानीजानी अदालती प्रक्रियालाई अवज्ञा गरीपूरा पढ्नुहोस्


म्यादी प्रहरीलाई तलब भत्तामा भेदभाव गरिएको छैन – प्रहरी

पुस ९, काठमाडौँ नेपाल प्रहरीले म्यादी प्रहरीको तलव, भत्तामा कुनै भेदभाव नगरिएको स्पष्ट पारेको छ । आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा प्रहरी प्रवक्ता नायब प्रहरी महानिरीक्षक मनोज न्यौपानेले सबै म्यादी प्रहरीलाई पूर्वघोषित तलव, रासन र स्थानीय भत्ता सुविधा दिइसकिएको जानकारी दिँदै दिने भनिएको कुनै सुविधामा कटौती नगरिएको बताए । “सबैलाई आधारभूत तलव मासिक रु. १७ हजार २३० का दरले दिइएको छ,” उहाँले भने, “यस्तै, रासन र स्थानीय भत्ता सुविधा फरकफरक जिल्ला र एउटै जिल्लाभित्र पनि फरकफरक सुविधा तोकिएअनुसार सुविधा दिइएको छ ।” शुक्रबार तोकिएको भन्दा कम सेवा, सुविधा पाएको भन्दै कालिकोटमा म्यादी प्रहरीले आन्दोलन गर्दा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियोपूरा पढ्नुहोस्


फिलिपिन्समा आँधी र आगलागीमा २३७ को मृत्यु, राष्ट्रसंघद्वारा दुःख व्यक्त

पुस ९, दावाओ सिटी, फिलिपिन्स फिलिपिन्समा भएका दुई ओटा ठूला घटनामा परी तीन दिनमा कम्तीमा पनि २३७ जनाको मृत्यु भएको समाचार छ ।  शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको सङ्ख्या अहिले सम्म २०० पुगेको छ भने शनिबार दावाओ सिटीमा रहेको एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको छ ।  शनिबार बिहान भएको आगलागीमा परी हराइरहेकाहरुको मृत्यु भएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।  अग्नि नियन्त्रक र उद्धारकर्ताले झण्डै १६ घण्टासम्मको लगातारको प्रयासपछि आइतबार बिहान मात्र आगो नियन्त्रणमा लिन सफल भएका छन् ।  राष्ट्रपति रोड्रिगो डुतेर्तेले स्थानीय समयअनुसार विहान ३ बजेतिर आगलागीमा परी ज्यान गुमाएकाका आफन्तलाई सहानुभुतिपूरा पढ्नुहोस्


४ महिनामा विकास बजेटको पुँजीगत खर्च ३.५४ प्रतिशत मात्र

पुस ९, काठमाडौँ चालू आर्थिक वर्षको प्रथम चार महिनामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ३.५४ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०७४/७५ को प्रथम चौमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा यस्तो जानकारी गराइएको हो । यो अवधिमा चालू खर्च भने १५.२ प्रतिशत भएको छ । कार्यक्रममा राज्यमन्त्री जनकराज चौधरीले लगातारको निर्वाचन र प्रशासनिक संक्रमणकालका कारण पहिलो चार महिनामा विकास बजेट कम मात्रै खर्च भएको बताए । “बाँकी समयमा विकास बजेट खर्च हुनुपर्छ,” उनले भने, “बजेट मात्र खर्च गर्ने होइन, विकास निर्माणका काम गुणस्तरीय रुपमा गरिनुपर्छ ।” राष्ट्रिय योजनापूरा पढ्नुहोस्


करिब ७ हजार जनप्रतिनिधिबाट सम्पत्ति विवरण पेश, २८ हजारको बाँकी

पुस ९, काठमाडौँ स्थानीय तहका मुलुकभरका जनप्रतिनिधिमध्ये ६ हजार ७७५ ले आ-आफ्नो सम्पत्ति विवरण बुझाएको सम्पत्ति विवरण अनुगमन शाखाले जनाएको छ । शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था भए पनि हालसम्म ५० जिल्लाका जनप्रतिनिधिले मात्र सम्पत्ति विवरण बुझाएका छन् । मुलुकका ७५३ स्थानीय तहमा कुल ३५ हजार ४१ जनप्रतिनिधि छन् । जनप्रतिनिधिलाई अझै केही दिन सम्पत्ति विवरण बुझाउने समय दिएको राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति विवरण अनुगमन शाखाका प्रमुख परशुराम पोखरेलले जानकारी दिए । केन्द्रले जिल्ला समन्वय समितिको कार्यालयमार्फत मातहतका स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण संकलन गरिरहेको छ । केन्द्रले बनाएको सफ्टवेयरमा समितिले सम्पत्ति विवरण संकलन गरेर अनलाइनमा राख्ने गरेकोपूरा पढ्नुहोस्


राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्न नेवि संघको माग

पुस ९, काठमाडौँ नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्नुपर्ने माग गर्दै दबाबमूलक पदयात्रा निकालेको छ । नेविसंघले दुई महिना अगाडि सरकारले पठाएको अध्यादेश स्वीकृत नगरिएको भन्दै निकालेको पदयात्रा विश्वभाषा क्याम्पस, पद्मोदय मोड, बागबजार चोक, पद्मकन्या क्याम्पस हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संविधानको जगमा टेकेर बनेका राष्ट्रपतिले संविधानअनुसार पठाइएको अध्यादेशलाई रोक्न नमिल्ने बताए । “राष्ट्रपतिले कुनै दलको भनाइको पछाडि लाग्नुभन्दा पनि संविधानलाई टेकेर निर्णय गर्नुपर्छ”, उनले भने । नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले दुई महिना अगाडि नै पठाइएको अध्यादेश चित्त नबुझे १५ दिनभित्र फिर्ता पठाउने प्रावधानपूरा पढ्नुहोस्


राष्ट्रसंघको पछिल्लो प्रतिबन्ध युद्धको घोषणा हो – उत्तर कोरिया

पुस ९, सोल, दक्षिण कोरिया उत्तर कोरियाले संयुक्त राष्ट्र संघले आफूमाथि लगाएको पछिल्लो प्रतिबन्ध ‘युद्धको प्रक्रिया’ भएको जनाएको छ ।  उत्तर कोरियाली विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् राष्ट्र संघको यो कदम पूर्ण आर्थिक नाकाबन्दीसरह रहेको बताएको उत्तर कोरियाको सरकारी न्युज एजेन्सीले जनाएको हो ।  प्योङ्ग्याङको मिसाइल परीक्षणहरुको प्रतिक्रियास्वरुप राष्ट्र संघको सुरक्षा परिषदले गत शुक्रबार नयाँ प्रतिबन्धहरुको घोषणा गरेको थियो ।  अमेरिकाले ड्रफ्ट गरेर सुरक्षा परिषदका सबै १५ सदस्य राष्ट्रहरुले अनुमोदन गरेको नयाँ प्रतिबन्धमा उत्तर कोरयाको पेट्रोलियम आपूर्ति ९० प्रतिशतले घटाउने उल्लेख छ ।  के छ उत्तर कोरियाली विज्ञप्तिमा ? उत्तर कोरियाले सार्वजनिक गरेको विज्ञप्तिमा राष्ट्र संघको प्रतिबन्ध ‘उत्तर कोरियाको सार्वभौमसत्ता विरुद्धकोपूरा पढ्नुहोस्


लहानमा क्यान्सर अस्पताल निर्माण गरिने

पुस ९, लहान सिरहाको लहानमा क्यान्सर अस्पताल निर्माण गरिने भएको छ । लहानमा शनिबार आयोजित नेपाल अर्बुद निवारण संस्थाको २७औँ केन्द्रीयसभाको उद्घाटन कार्यक्रममा सरोकार भएकाहरुले क्यान्सर अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । पूर्वाञ्चलमै क्यान्सर अस्पताल नहुँदा अर्बुद रोगी उपचारका लागि चितवन वा काठमाडौँ जान बाध्य छन् । नेपाल अर्बुद निवारण संस्था सिरहाको पहलमा लहानमा अस्पताल निर्माण गरिने सर्वपक्षीय सहमतिसमेत भएको छ । “लहानमा क्यान्सर अस्पताल निर्माण गर्ने कुरा सकारात्मक हो । अस्पताल निर्माणका लागि म सक्दो सहयोग गर्नेछु”, कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता तथा विना विभागीयमन्त्री गिरिराजमणि पोखरेलले बताए । कार्यक्रममा लहान नगरपालिकाका प्रमुख मुनि साहले अस्पतालपूरा पढ्नुहोस्


साना बामपन्थीलाई पनि एकता गर्छौं – खनाल

पुस ९, काठमाडौँ नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सबै वामपन्थी शक्तिलाई एकताबद्ध गर्न आफूहरु लागिपरेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले पुष्पलाल कम्युनिष्ट आन्दोलनका साझा नेता भएको बताउँदै उनको सपनालाई साकार पार्न सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने, “कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गर्ने सबै वामपन्थी शक्तिलाई एकताबद्ध गर्न हामी लागिपरेका छौँ ।” प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) बीच छिट्टै एकता हुने र त्यसपछि अन्य ससाना वाम दललाई पनि समाहित गरिने जानकारी दिए ।


युनिसेफद्वारा दुई स्वास्थ्यचौकी पुनःनिर्माण

पुस ९, गोरखा भूकम्पले क्षति पुर्याएको गोरखाका दुईवटा स्वास्थ्यचौकी भवन पुनःनिर्माण गरी युनिसेफले हस्तान्तरण गरेको छ । युनिसेफको आर्थिक सहयोगमा स्वाँरा सघन गाउँ विकास केन्द्रले गोरखा नगरपालिका–१२ तारानगर र बक्राङ स्वास्थ्यचौकी भवन निर्माण गरी स्थानीय तहका प्रतिनिधिलाई हस्तान्तरण गरेको हो । युनिसेफका गोरखा प्रमुख मोहम्मद इद्रिस खानले गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तलाई तारानगर स्वास्थ्यचौकी र शहीद लखन गाउँपालिकाका प्रमुख रमेश थापामगरलाई बक्राङ स्वास्थ्यचौकीको साँचो हस्तान्तरण गर्दै रु. ५५ लाखका दरले स्वास्थ्यचौकी निर्माण गर्न लगानी गरिएको बताए । यी स्वास्थ्यचौकी ६-६ कोठाका छन् । शनिबार आयोजित भवन हस्तान्तरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले भूकम्पले भत्काएका ५५ स्वास्थ्यचौकी भवनमध्ये अधिकांश भवनपूरा पढ्नुहोस्