Main Menu

Friday, December 22nd, 2017

 

सिरहाको मालपोत कार्यालयमा बम विस्फोट, तीनजना घाइते

पुस ७, लहान सदरमुकाम सिरहास्थित जिल्ला मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आएका सिरहा नगरपालिका–१ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका–१२ सारस्वरका राजकुमार पासवान र सोही ठाउँका रोशन पासवान रहेको सिरहाका प्रहरी नायब उपरीक्षक राजकुमार भेटवालले जानकारी दिए । बमको छर्रा लागेर गम्भीर घाइते भएका तीनैजनाको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले बताए । मालपोत कार्यालयका प्रमुखको कार्यकक्ष अगाडि रहेको सोफामुनि राखिएको प्रेसरकुकर बम आज दिउँसो विस्फोट हुँदा कार्यालयको पर्खालमा क्षति पुगेको छ भने झ्यालका सिसासमेत फुटेका छन् । बम कसले रपूरा पढ्नुहोस्


राष्ट्रियसभा गठनको विषयमा जुटेन सहमति

पुस ७, काठमाडौँ राष्ट्रियसभा गठन निर्वाचन प्रणालीमा सहमति जुटाउन बसेको प्रमुख दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख पाँच दलका शीर्ष नेताको बैठकमा राष्ट्रपति कार्यालयमा रहेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनसम्बन्धी विषयमा छलफल भएको थियो । बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा रहेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । वरिष्ठ नेता पौडेलले भने, “विवाद कायमै छ । हामीले हाम्रो धारणा राख्यौँ । राष्ट्रपति कार्यालयमा सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी भएपछि मात्र प्रतिनिधिसभाको निर्वाचन पूर्णरुपमा सम्पन्न हुने रपूरा पढ्नुहोस्


इपिएल – पोखरा विजयी, काठमाडौँको सम्भावना न्यून

पुस ७, काठमाडौँ एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौँ किङ्स इलेभेनलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । यसअघि भएको खेलमा पोखराले चितवन टाइगर्सलाई पराजित भएको थियो । यस खेलसँगै चार खेल खेलेको काठमाडौँले एक खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको छ । बिहीबार भएको खेलमा काठमाडौँले चितवन टाइगर्सलाई ३ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा भैरहवासँग पराजित भएको थियो । यस हारसँगै काठमाडौँको प्ले अफमा पुग्ने सम्भावना न्यून भएको छपूरा पढ्नुहोस्


किशोर किशोरीलाई स्वास्थ्य शिक्षा

congress-leader-aryal-construct-20-houses

पुस ७,रामपुर, पाल्पा ‘विहेवारी बिस वर्ष पारी’ भने पनि यस जिल्लामा अझैपनि उमेर नपुग्दै विवाह हुने क्रममा कमी आउन सकेको छैन । उमेर नपुग्दै अर्थात् किशोरावस्थामा नै विवाह गरेर घरजम गर्नेको संख्या अहिले पनि उत्तिकै छ । किशोर किशोरी विवाहलाई कम गर्न जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाले उनीहरुलाई लक्षित गरेर स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरेको छ । २०६८ सालको जनगणनाअनुसार पाल्पामा अझैपनि ६० प्रतिशत किशोर किशोरीहरु उमेर नपुग्दै वैवाहिक जीवनमा बाँधिन पुगेका छन् । कतिपय रहरले त कति बाध्यताले वैवाहिक जीवनमा बाँधिने गरेको पाइन्छ । स्वास्थ्य कार्यालयले यस कार्यलाई कम गर्दै गरेर शून्यमा पुर्याउने लक्ष्यका साथ जिल्लाका माविस्तरीय ४१ सामुदायिक विद्यालयमापूरा पढ्नुहोस्


मानसिक र शारीरिक यातना खेप्दै सिमलफाँटाका महिला

पुस ७,कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा–७ सिमलफाँटाका महिला मदिराका कारण घरेलु हिंसाको शिकार हुने गरेका छन् । मदिराका कारण यहाँका महिलाहरुले मानसिक र शारीरिक यातना खेप्नु परेको छ । दैनिक ज्याला मजदुरी गरेर ल्याएको पैसा साँझपख श्रीमानले लगेर मदिरा पिई श्रीमतीमाथि हिंसा निम्त्याउने गरेका छन् । छिमेकीले समेत होहल्ला र चिच्याहटका कारण रातिको बेला सुत्न समेत पाउने गरेका छैनन् । ६२ वर्षीया एकल महिला पार्वती भाटले छोराले सधैँ मदिरा पिएर श्रीमतीलाई कुट्न थालेपछि प्रतिरोध गर्दा आफू माथिसमेत कुटपिट हुँदै आएको बताए । छोराले मदिरा पिएर आएको थाहा पाउने बित्तिकै बुहारी, नाती नातीनीसहित कुटिनबाट जोगिनका लागि खेतबारीमा गएर लुकेर रात बिताउने गरेको उनलेपूरा पढ्नुहोस्


आमाका नाममा नागरिकता प्रदान गर्न माग

पुस ७, काठमाडौँ भर्खरै सम्पन्न नागरिकतासम्बन्धी राष्ट्रिय सम्मेलनले आमाले आफ्ना सन्तानलाई वंशजका आधारमा निःशर्त नागरिकता प्रदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारसमक्ष माग गरेको छ ।  नागरिकता अधिकारका लागि नागरिक समाज सञ्जाल, नागरिकताबाट प्रभावित व्यक्तिको सञ्जाल, नागरिकता अधिकारका लागि जिल्ला नागरिक समाज सञ्जाल तथा महिला, कानून र विकास मञ्चद्वारा आज आयोजित सम्मेलनले लैंगिक समानता, अविभेदको सिद्धान्त, व्यक्तिको पहिचान एवं आत्मसम्मानको अधिकार सुनिश्चित गर्न संविधान तथा विद्यमान कानूनमा संशोधन तथा आवश्यक कानून निर्माण गर्न सुझाएको छ ।  सम्मेलनले जारी गरेको उन्नाइसबुँदे काठमाडौँ घोषणापत्रमा आमाका नामबाट नागरिकता पाउने स्पष्ट संवैधानिक व्यवस्थासँग बाझिएका कार्यनिर्देशिका तथा परिपत्र तत्काल खारेज गर्न र नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतबाटपूरा पढ्नुहोस्


क्याटलोनियामा पुन: मतदान

पुस ७, बार्सिलोना, स्पेन स्पेनमा देखिएको संकट समाधानका लागि सहयोगी हुने अपेक्षा गरिएको निर्वाचनमा हिजो बिहीबार क्याटलोनियाका जनताले मतदान गरेका छन् ।  क्याटलोनियाका यसअघिका नेताहरुले छुट्टै देशको घोषणा गरेपछि केन्द्रीय सरकारले हस्तक्षेप गरेर खराब राजनीतिक अवस्थाको अन्त्यका लागि बिहीबार निर्वाचन गराएको हो ।  छुट्टै स्वतन्त्र राज्यको घोषणा गरेका नेताहरुलाई सरकारले राज्यद्रोह र सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको अभियोगमा मुद्धा लगाएको छ भने केही नेताहरु सुरक्षाको कारण देखाउँदै बेल्जियममा बसेका छन् ।  अहिलेको निर्वाचनमा स्वतन्त्रता पक्षधर र स्वतन्त्रताको विपक्षधर गरी दुवै पक्षका उम्मेदवारहरु प्रतिश्पर्धामा उत्रिएका छन् ।  स्वतन्त्रता पक्षधरले यसअघि सन् २०१५ मा भएको निर्वाचनमाझैँ सुविधाजनक बहुमत ल्याउलान् कि नल्याउलान् भन्ने उच्चपूरा पढ्नुहोस्


यमनमा हैजा प्रभावितको संख्या दश लाख

पुस ७, साना, यमन यमनमा युद्ध सुरु भएदेखि अहिलेसम्म हैजाबाट प्रभावित हुनेहरुको सङख्या दश लाख पुगेको छ ।  रेडक्रसको अन्तर्राष्ट्रिय समितिले बिहीबार ट्विटरमा लेखेको छ, “यमनमा हैजाबाट प्रभावितहरुको सङ्ख्या दश लाखभन्दा बढी पुगेको छ ।” युद्धको प्रभावसँगै देशभरी हैजाको प्रभाव पनि बढ्दै गएको रेडक्रसका अधिकारीहरुले जानकारी दिएका हुन् ।  विश्व स्वास्थ्य संगठनले गत नोभेम्बरमा पनि हैजा जस्ता पानीजन्य रोगहरूका कारण धेरै जनाको ज्यान जानसक्ने चेतावनी दिएको थियो ।  द्वन्द्वग्रस्त क्षेत्रमा विना रोकतोक काम गर्न सक्ने चिकित्सकहरूको समूहका संयोजक मार्क पोन्सिनले भने, “पानीमा लामो समयसम्म बाँच्नसक्ने भाइब्रियो नामक जीवाणुका कारण यमनका वस्तीहरूमा हैजा फैलिएको र यसको प्रभावलाई समयमै रोक्न नसकिने होपूरा पढ्नुहोस्


राष्ट्रसङ्घको महासभामा ट्रम्पको निर्णयको विपक्षमा मतदान हुँदै

पुस ७, राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरु विरुद्ध आर्थिक सहायता रोक्का गर्ने चेतावनीकाबीच राष्ट्रसंघको महसभाका सदस्यहरुले बिहीवार जेरुसलेमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने ट्रम्पको निर्णयलाई आलोचना गरेको एउटा प्रस्तावमाथि मतदान गर्दैछन् ।  अरब र मुस्लिम देशहरुको माग बमोजिम १ सय ९३ सदस्यीय महासभाको आपतकालिन सत्र बिहीवार बोलाइएकोे छ ।  यसअघि राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले मस्यौदा प्रस्तावलाई समर्थन गरी मतदान गर्ने मुलुकको नाम जम्मा गरी राष्ट्रपति ट्रम्पलाई उपलब्ध गराउने चेतावनी दिएका थिए । त्यसपछि राष्ट्रपति ट्रम्पले यदि संयुक्त राज्य अमेरिकाको विपक्षमा विभिन्न देशहरूले मतदान गरे भने त्यसलाई अमेरिकाले वेवास्तापूरा पढ्नुहोस्


समानुपातिकतर्फको अन्तिम मतपरिणाम र सिट आज सार्वजनिक गरिने

पुस ७, काठमाडौँ समानुपातिक तर्फको सिट सङ्ख्या सार्वजनिक नगरिदिँदा संघीय एवं प्रदेश दुबैका सरकारहरु बनाउन बाटो नखुलेको हालको परिस्थितिलाई चिर्दै निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दलहरुले प्राप्त गर्ने सिट संख्या आज सार्वजनिक गर्ने भएको छ ।  आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले राजनीतिक दलले प्राप्त गर्ने कुल सिट संख्या र समावेशी आधारमा प्राप्त गर्ने सिटको बाडँफाँड, दलले प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा (थ्रेसहोल्ड) निर्धारण गर्नेलगायतको काम पूरा भएकाले आज नतिजा सार्वजनिक गर्ने जानकारी दिए ।  प्रदेश नं १ देखि ७ सम्ममा राजनीतिक दलहरुले प्राप्त गर्ने सिट अलगरुपमा तयार गर्ने काम रातभरमा पूरापूरा पढ्नुहोस्