Main Menu

क्याटलोनियामा पुन: मतदान

पुस ७, बार्सिलोना, स्पेन

मतदानका लागि क्याटलोनियायी जनता ।

स्पेनमा देखिएको संकट समाधानका लागि सहयोगी हुने अपेक्षा गरिएको निर्वाचनमा हिजो बिहीबार क्याटलोनियाका जनताले मतदान गरेका छन् । 

क्याटलोनियाका यसअघिका नेताहरुले छुट्टै देशको घोषणा गरेपछि केन्द्रीय सरकारले हस्तक्षेप गरेर खराब राजनीतिक अवस्थाको अन्त्यका लागि बिहीबार निर्वाचन गराएको हो । 

छुट्टै स्वतन्त्र राज्यको घोषणा गरेका नेताहरुलाई सरकारले राज्यद्रोह र सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको अभियोगमा मुद्धा लगाएको छ भने केही नेताहरु सुरक्षाको कारण देखाउँदै बेल्जियममा बसेका छन् । 

अहिलेको निर्वाचनमा स्वतन्त्रता पक्षधर र स्वतन्त्रताको विपक्षधर गरी दुवै पक्षका उम्मेदवारहरु प्रतिश्पर्धामा उत्रिएका छन् । 

स्वतन्त्रता पक्षधरले यसअघि सन् २०१५ मा भएको निर्वाचनमाझैँ सुविधाजनक बहुमत ल्याउलान् कि नल्याउलान् भन्ने उच्च प्रतिक्षा गरिएको छ । 

यो चुनाव क्याटालोनिया स्वायत्त समुदायको १२ औं संसदका लागि भएको हो । १ सय ३५ सदस्यका लागि भएको यो चुनाव स्पेनी संविधान १९७८ को धारा १५५ लाई प्रयोग गरी यसअघिको क्याटालोनी सरकारलाई बर्खास्त गरिएपछि स्पेनी प्रधानमन्त्री मारियानो रजोयले घोषणा गरे अनुरुप भएको हो । यस चुनावमा मतदानका लागि दर्ता भएका ५५ लाख ५३ हजार ९ सय ८३ मतदाताहरुमध्ये ४३ लाख ५८ हजार ९ सय ९५ जनाले मतदान गरेका छन् । यो कुल मतदातामध्ये ८१ दशमलब ९ प्रतिशत मतदाता हुन् ।

यो निर्वाचनलाई क्याटलोनियाको स्वतन्त्रता आवश्यक छ कि छैन भन्ने जनमत जाँच्ने अवसरको रुपमा पनि लिइएको छ

(Visited 58 times, 1 visits today)

टिप्पणी

comments