Main Menu

Saturday, December 9th, 2017

 

सम्पूर्ण नेपाली जनता र गोर्खाका जनताको सेवामा समर्पित रहनेछु-नारायणकाजी

 मंसिर २३, काठमाडौं जारी प्रतिनिधि सभा निर्वाचनमा चर्चाको शिखरमा रहेको गोर्खा २ क्षेत्रबाट नयाँ शक्ति नेपालका संयोजक डा. वावुराम भट्टराई ३१८०७ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले २४९३३ मत प्राप्त गरेका छन् । मतगणनाको सुरुमा निकै नै प्रतिस्पर्धात्मक देखिए पनि अन्तिममा डाक्टर भट्टराईले ६८७४ मतको अन्तरमा बिजय हासिल गरेका छन् । पराजित भएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बिजयी डा. भट्टराईलाई बधाइ दिएका छन् । आफ्नो फेसबुक स्टाटसमा नारायणकाजी भन्छन्, “मैले सधैँ नेपाली कम्युनिष्ट आन्दोलनको एकीकरण र बाम-गठबन्धनको पक्षमा प्रयत्न गरिरहें । ब्यक्तिगत रुपमा मेरो पराजय भए पनि बामगठबन्धनकोपूरा पढ्नुहोस्


‘परिणाम अपेक्षाकृत, अब पार्टी एकता’ – बाम गठबन्धन

मंसिर २३, काठमाडौँ पार्टी एकता गर्ने घोषणासहित चुनावी गठबन्धनमा उत्रिएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले तालमेलको भावनाअनुसार अपेक्षाकृत परिणाम आएको मूल्याङ्कन गरेका छन् । यही मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको हालसम्मको मत परिणाममा वाम गठबन्धनले भने झैँ पार्टी एकतासहित स्थिर सरकारमार्फत मुलुकको समृद्धिको यात्रामा अघि बढ्न सहयोग मिल्ने गरी नजिता प्राप्त भएको देखिएको छ । गत असोज १७ गते यी ठूला कम्युनिष्ट पार्टीबीच भएको चुनावी तालमेलको सहमति र पार्टी एकताको घोषणालाई कतिपयले सफल नहुने आशङ्का जनाएका थिए । विगतमा सहयात्रा र तीक्ततापूर्ण दुवै अनुभव गरेका एमाले र माओवादी केन्द्रका नेता बीच भएको सहमतिपूरा पढ्नुहोस्


लेनिनसँग क्लारा जेट्किनको कुराकानी

(क्लारा जेटकिन विश्व महिला मुक्ति आन्दोलनका अगुवा एवं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका संस्थापक हुन् । सन् १८५७ जुलाई ५ मा जर्मनीको लिपगिजमा जन्मेकी उनले आफ्नो सम्पूर्ण जीवन महिला मुक्तिका लागि अर्पिन् । महिला वर्गलाई आफ्नो मुक्ति एवं हक अधिकारका लागि विश्वव्यापी रुपमा आन्दोलनमा उतारेकी उनी १९ औं र २० सौं शताव्दीमा अति नै चर्चित विश्वविख्यात महिला थिइन् । विश्वमा उपनिवेश बनाउने होडबाजीको परिणाम स्वरुप सन् १९१४ मा पश्चिमा पुँजीवादी देशहरुको आपसमा झगडा भई भड्किएको प्रथम विश्वयुद्धताका उनले सो युद्ध मजदुर तथा महिला वर्गका लागि हितकर नभएको र नितान्त पुँजीजिवी वर्गको स्वार्थको झगडा भएको बताइन् । र, उनले सन् १९१५ मापूरा पढ्नुहोस्


जीतपछि गगन थापा – ‘काँग्रेसलाई पुनःसंरचना गर्छु’

मंसिर २३, काठमाडौँ काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काँग्रेसलाई पुनःसंरचना गर्ने अठोट गरेका छन् । काँग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भए पनि यस्ता आरोह अवरोह पार्टीको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि उनले आग्रह गरेका छन् । आफू निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र रातोपुलमा काँग्रेसको वडा समितिले आयोजना गरेको विजयसभामा नेता थापाले आफ्ना मतदातालाई धन्यवाद दिँदै अबको कार्यकाललाई समृद्धिको कार्यकाल बनाउने प्रतिबद्धता जनाए । उनले शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँच, विदेशिएका नेपालीलाई स्वदेश फर्काउने र बस्नयोग्य काठमाडौँ बनाउने आफ्नो अठोट स्मरण गरे । आफूसँगै प्रतिस्पर्धा गरेका एमालेका डा. राजनपूरा पढ्नुहोस्


दोलखामा बाम गठबन्धनका गुरुङ ३० हजार मतान्तरले विजयी

मंसिर २३, काठमाडौँ दोलखामा प्रतिनिधिसभाका सदस्य वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङले ५५ हजार ९५४ मत प्राप्त गरी विजयी भएका छन् । गुरुङका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रुद्रबहादुर खडकाले २५ हजार ८०१ मत प्राप्त गरेका छन् । गुरुङले खड्का भन्दा ३० हजार १५३ मत बढी ल्याएर विजयी भएको दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए । उनकाअनुसार प्रदेशसभा (क) मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का नेता विशाल खड्काले २८ हजार ३५० मत प्राप्त गरी विजयी भएका छन् । काँग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गरे । प्रदेशसभा (ख) मा वाम गठबन्धनका उम्मेदवार तथा एमाले पोलिटब्यूरो सदस्य पशुपतिपूरा पढ्नुहोस्


जीवनराम श्रेष्ठ – राखेपदेखि संसदसम्म

मंसिर २३, काठमाडौँ राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर प्राप्त गरेका छन् ।  यही मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा उनी काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार भई निर्वाचित भएका छन् ।  उनले १३ हजार ३९७ मत प्राप्त गरी संसद्मा प्रवेश गर्नका लागि जनादेश पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत प्राप्त गरे । सोही क्षेत्रमा वि.सं. २०६४ र २०७० बाट निर्वाचित जोशी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार थिए ।  वि.सं. २०२२ पुस १५ गते काठमाडौँमा जन्मिएका श्रेष्ठले वि.सं. २०४२पूरा पढ्नुहोस्


मतान्तर बढाउँदै डा. भट्टराई

मंसिर २३, गोरखा प्रतिनिधिसभा, गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठसितको मतान्तर बढाउँदै लगेका छन् । डा. भट्टराई ४६०३ मतान्तरले अघि छन् ।  आज बिहान ११ बजेसम्म डा भट्टराईले २५,८७३ र श्रेष्ठले २१,२७० मत प्राप्त गरेका छन् । गोरखा–२ मा ६० हजार मत खसेको थियो । डा. भट्टराई लोकतान्त्रिक गठबन्धनबाट आफ्ना पूर्वसहयोद्धा बाम गठबन्धनका श्रेष्ठसँग प्रतिस्पर्धामा छन् ।  गोरखा २ (क¬) मा नयाँ शक्तिका हरिशरण आचार्यले १३,८५५ र माओवादी नेत्री कमला नहर्कीले ११,१७७ मत ल्याएका छन् । यस्तै गोरखा २ (ख) प्रदेशमा काँग्रेसका प्रकाशचन्द्र दवाडीले १२,१५४ र माओवादी केन्द्रका अमर तमुले १०,५९९ मतपूरा पढ्नुहोस्


कास्कीमा वाम गठबन्धनको अग्रता कायमै

congress-leader-aryal-construct-20-houses

मंसिर २३, पोखरा प्रतिनिधिसभा एवं प्रदेश सभाको निर्वाचनको जारी मतगणनामा वाम गठबन्धनको अग्रता कायमै छ । पछिल्लो मतपरिणमअनुसार प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार खगराज अधिकारीले १५,२७१ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली काँग्रेसका यज्ञबहादुर थापाले ९७९९ मतले पछ्याइरहेका छन् । कास्की क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदवार रवीन्द्र अधिकारीले १७,६४३ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली काँग्रेसका देवराज चालिसेले १०,७७७ मतसहित पछ्याइरहेका छन् । त्यसस्तै क्षेत्र नं ३ मा वाम गठबन्धनका जगत विश्वकर्माले १२,९६२ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली काँग्रेसका शुक्रराज शर्माले १०,३९६ मत सहित पछ्याइरहेका छन् । तीन वटा निर्वाचनपूरा पढ्नुहोस्