Main Menu

Sunday, December 3rd, 2017

 

बालाजुबाट १७ किलो सुनसहित एक व्यक्ति पक्राउ

मंसिर १७, काठमाडौँ महानगरीय प्रहरी वृत्त बालाजुले सत्र किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । वृत्तका प्रमुख विश्वराज खड्काको नेतृत्वमा खटिएको टोलीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका घर भई हाल बौद्ध बस्ने छुल्टीम तामाङलाई शनिबार साँझ बालाजु चोकबाट पक्राउ गरेको हो । वृत्तले आज पत्रकार सम्मेलन गरी बा ७९ प १५३८ मोटरसाइकलको साइलेन्सर पाइपभित्र लुकाएर ल्याएको अवस्थामा ती सुन फेला पारेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रामदत्त जोशीले साइलेन्सर पाइपभित्र चारपाटे आकारको फल्स बटम बनाई त्यसभित्र तीन पोका बनाएर तामाङले सुन लुकाएर ल्याएको जानकारी दिए । सुन रसुवाको केरुङ, नुवाकोट, धादिङको गल्छी हुँदै काठमाडौँपूरा पढ्नुहोस्


चुनावको मुखैमा राप्रपाका उम्मेदवार माओवादी केन्द्रमा प्रवेश

मंसिर १७, महोत्तरी राप्रपाको तर्फबाट समानुपातिक तर्फको उम्मेदवार रहेका श्याम शासङ्कर र राजापाको प्रभावशाली युवा नेता नवीन शाहसहित सयौं जना आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गौशाला नगरपालिका – १ रामनगरमा आयोजित बृहत चुनावी सभामा राप्रपाका समानुपातिक तर्फको उम्मेदवार श्याम शासङ्करको नेतृत्वमा राप्रपाका एक सय नेता कार्यकर्ता आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् । “समृद्ध र सुखी नेपाल बाम गठबन्धनबाट मात्रै सम्भव भएको” निष्कर्ष निकाल्दै राप्रपा परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेको राप्रपाबाट समानुपातिक तर्फको उम्मेदवार रहेका श्याम शासङ्करले बताए । राप्रपा पार्टीभित्र व्यक्तिवादी शासन हावी भएको र “सत्ता र कुर्सीको लागि पार्टी नेतृत्वले जे पनि निर्णयपूरा पढ्नुहोस्


उपप्रधानमन्त्री श्रेष्ठलाई लक्ष्य गरी बम विष्फोट

मंसिर १७, वालिङ, स्याङ्जा उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्ष्य गरी आज साँझ बम विष्फोट गराइएको छ । स्याङ्जाको भीरकोट नगरपालिका–८ को ढापुक सिमलभञ्ज्याङमा भएको चुनावी सभालाई सम्बोधन गरेर फर्कने क्रममा ढापुक फेदीको बाटोमै बम विष्फोट भएको हो । टिनको बट्टामा प्लास्टिकले बेरिएको अवस्थामा रहेको बम बाटोभन्दा माथिबाट उपप्रधानमन्त्री श्रेष्ठलाई लक्ष्य गरी विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बम बिष्फोटमा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । उपप्रधानमन्त्रीको सुरक्षामा खटिएको प्रहरीको गाडी र उपप्रधानमन्त्री श्रेष्ठको गाडीको बीचमा उक्त विष्फोट भएको हो । विष्फोटबाट कुनैपनि मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।


आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि

मंसिर १७, पोखरा रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ । सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक-एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी दिइएको थियो । “खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरकोरुपमा स्थापित गरौं” भन्ने मुख्य नाराका साथ सो प्रतियोगिता हुने भएको हो । पोखरा लेखनाथ उपमहानगरपालिका–१७ मा क्लबद्वारा सञ्चालित एकेडेमीको सहयोगार्थ सञ्चालित सो फुटबल प्रतियोगितामा कूल १ करोड २१ लाख ८२ हजार आम्दानी एवं ९० लाख ५ हजार ५०० सय खर्च गरीपूरा पढ्नुहोस्


मतपेटिकाको सुरक्षा गर्न अध्यक्ष केपी ओलीको निर्देशन

मंसिर १७, माडी, चितवन नेकपा एमालेका अध्यक्ष ओलीले मतपत्रको सुरक्षा गर्न एमाले र माओवादी नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । चितवनको माडीमा आयोजित विशाल चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले मतपत्र र पेटिकाबाट ‘आँखा झिमिक्क’ हुन नदिन निर्देशन दिएका हुन् । “तपाईहरू सचेत हुनुहोस । मतपेटिकाबाट आँखा झिमिक्क हुन नदिनुस,” अध्यक्ष ओलीले भने, “ढुक्कसँग मतदान गर्नुस्, कसैले केही गर्न सक्दैन । एमाले र माओवादी एकसाथ छन । निर्वाचनमा केही तलमाथि गर्न खोज्नेले केही गर्न सक्दैन ।” नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र समेत रहेको माडीको बसन्तपुरमा आयोजित सभामा अध्यक्ष ओलीले देशको स्वाभिमानका लागि, समृद्धि, विकास र लोकतन्त्रका लागि विगतकापूरा पढ्नुहोस्


रुपनगरमा जंगली हात्तीद्वारा एक दर्जन घर तोडफोड

मंसिर १७ राजविराज सप्तरीको उत्तरपूर्वी भेगमा अझै पनि जंगली हात्तीको आतंक रोकिएको छैन । कोशीटप्पु, वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको एक समूहले गएराति सप्तरीको कञ्चरुप नगरपालिका– ८ स्थित रुपनगर र कञ्चनपुरमा एक दर्जन घरमा तोडफोड गरेको छ । मध्यरात एक्कासि आरक्षबाट दुई समूहमा निस्केको जंगली हात्तीको समूहले आतंक मचाउँदा स्थानीयवासीबीच भागदौड भएको र बालीनालीमा क्षति गरेको स्थानीयवासी उत्तम आचार्यले बताए । सो क्षेत्रमा केही दिनदेखि हात्ती आतंक बढेपनि स्थानीयवासी प्रशासन र आरक्ष प्रशासन तथा सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयवासीले आरोप लगाएका छन् । एक सातायता फेरि गाउँ पसेर हात्ती दैनिक आतंक मच्चाउँदै आएको कारण स्थानीयवासी त्रसित बन्नुको साथै रातिको समयमापूरा पढ्नुहोस्


नेता प्रकाश अस्पताल भर्ना

मंसिर १७, काठमाडौँ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ अस्पताल भर्ना भएका छन् । छाती र घाँटीको इन्फेक्सन भएका कारण उनलाई इमाडोलस्थित किस्ट मेडिकल कलेजमा गत १२ गते भर्ना गरिएको थियो । बाम गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका नेता प्रकाश गत ६ गतेदेखि अस्वस्थ थिए । ज्वरो आउँदाआउँदै पनि चुनाव प्रचारप्रसारमा खटिरहेका उनलाई इन्फ्लुएन्जा बी भाइरसको संक्रमण भएको बताइएको छ । उनको उपचारको नेतृत्व स्लीप एण्ड रेस्पिरेटोरी एप्नीयाका विशेषज्ञ डा. मिलेश सिजापतीले गरिरहेका छन् । नेता प्रकाशको अवस्था सुधारोन्मुख रहेको र भोलीसम्ममा डिस्चार्ज हुने बताइएको छ । कमल गिरी