Main Menu

Thursday, December 21st, 2017

 

५० करोडको लगानीमा टायर उद्योग बन्ने

पुस ६, पथरी, मोरङ भारतको युचर ग्रुरुपसँगको साझेदारीमा विशाल ग्रुपले रु. ५० करोडको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ । मोरङको कटहरीमा सो उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन शुरु हुनेछ । उद्योगका कर्मचारी विनित सिंघानियाँका अनुसार कटहरीमा तीन बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगबाट सुरुमा ट्र्याक्टर, मोटरसाइकल, स्कुटी र ई–रिक्साका गरी चार प्रकारका टायर उत्पादन गरिनेछ । सो उद्योगले तत्काल वार्षिक २ लाख थान टायर उत्पादन गर्ने लक्ष्य लिएको छ । पहिलो चरणमा डेल्टा ब्राण्डका टायर बजारमा ल्याइनेछ । ट्रक, बस, जिप, लरी, ट्र्याक्टरको सबै प्रकारका टायरको वार्षिक २० लाख थान उत्पादन गर्ने लक्ष्य राखेको सिंघानियाले बताए । उद्योगमा ५पूरा पढ्नुहोस्


१ सय वर्ष पुरानो अष्ट्रेलियन पण्डुब्बी भेटियो

पुस ६, अष्ट्रेलिया १ सय ३ वर्षको खोजपछि अष्ट्रेलियाको एक सैनिक पण्डुब्बी भेटिएको छ । पहिलो विश्वयुद्धमा पपुवा न्यू गिनीको राबौल भन्ने ठाउँबाट एचएमएएस एई–१ नामक उक्त पण्डुब्बी हराएको थियो । सन् १९१४ मा हराएको सो पण्डुब्बीमा ३५ अष्ट्रेलियन तथा बेलायती सैनिकहरु थिए । पपुवा न्यू गिनीको ड्युक अफ योर्क टापुहरुनजिकको समुद्रमुनि १३ औँ सर्च मिसनले सो पण्डुब्बी भेट्टाएको हो । अष्ट्रेलियाको सरकारका अनुसार पण्डुब्बी भेट्टिएसँगै अष्ट्रेलियाको सबैभन्दा पुरानो नौसैनिक रहस्य समाधान भएको छ । ‘यो अष्ट्रेलियाको नौसैनिक इतिहासमा एक महत्वपूर्ण खोजी हो,’ रक्षा मन्त्री मारिस पेइनले भनिन् । खोज टोलीले पानीमुनि ‘उड्ने’ ड्रोन प्रयोग गरी पण्डुब्बीको खोजी गरेको थियोपूरा पढ्नुहोस्


बालविवाह न्यूनीकरण गर्न अभिभावकलाई शिक्षा

पुस ६, रोल्पा जिल्लामा बालविवाहको मात्रा अत्यधिक रहेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् । लामो समयदेखि बालविवाह न्यूनीकरणका विभिन्न अभियान सञ्चालन भए पनि अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको भन्दै थप अभियान सञ्चालन भएका हुन् । गरिबी तथा चेतनाको अभावका कारण हुने बालविवाहले लैंगिक हिंसासमेत बढ्दै गएको बताइएको छ । बालविवाह न्यूनीकरणमा किशोरकिशोरीका साथै उनका अभिभावकमा समेत सचेतना जरुरी रहेको भन्दै अभिभावक शिक्षासमेत प्रदान गरिएको बालविवाह न्यूनीकरण सहजकर्ता तीर्था आचार्यले बताए । “जिल्लामा अत्यधिक बालविवाह हुने खुंग्री, कोटगाउँ र लिवाङमा परीक्षणका रुपमा किशोरी शिक्षा तथा किशोरीका अभिभावकका लागि तालीमसमेत सञ्चालन गरेका छौँ” आचार्यले भने । प्रजनन स्वास्थ्य, किशोरावस्था तथापूरा पढ्नुहोस्


म सबै जनताको साझा जनप्रतिनिधि – मन्त्री पोखरेल

पुस ६, महोत्तरी बिना विभागिय मन्त्री एवम महोत्तरी जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर-१ बाट विजयी गिरिराजमणि पोखरेलले आफू साझा जनप्रतिनिधि भएको बताएका छन् । महोत्तरी जिल्ला क्षेत्र नम्बर-१ अन्तर्गतको भङ्गाहा नगरपालिका-४ मा घरदैलो अभियानको क्रममा आयोजित कार्यक्रममा पोखरेलले मत दिने/नदिने सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आफू साझा जनप्रतिनिधि भएको प्रतिक्रिया दिए । “चुनावमा हामीलाई मत दिने, नदिने सबैलाई धन्यवाद छ,” पोखरेलले भने, “चुनाव जितेपछि हामी सबैको साझा प्रतिनिधि हौँ ।” नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य समेत रहेका पोखरेलले जनताबाट निर्वाचित जनप्रतिनिधि सबैको प्रतिनिधि भएको बताउँदै विविध कारणले मत दिन नपाएका मतदाताको भावानाको कदर गर्ने बताए । “मतदानगरी विजयीपूरा पढ्नुहोस्


स्वास्थ्य संस्थामा सुत्केरी आमालाई प्रोत्साहन रकम

पुस ६, नवलपरासी नवलपरासीको (बर्दघाट सुस्ता) पूर्व नवलपुरमा रहेको हुप्सेकोट गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई प्रोत्साहन रकम दिन थालेको छ । स्वास्थ्य चौकी र अस्पतालमा सुत्केरी हुने आमालाई लक्षित गरी नमूना सुरक्षित मातृत्व कार्यक्रममार्फत जनही रु. ५ हजार प्रोत्साहन भत्ता रकम प्रदान गर्न शुरु गरिएको हो । गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई गाउँपालिकाले प्रोत्साहनस्वरुप रकम दिन लागेको गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो । यस कार्यक्रमले महिलालाई स्वास्थ्य संस्थामा नै गएर गर्भ जाँच गराउने र बच्चा जन्माउनुपर्छ भन्ने धारणालाई अभिप्रेरित गर्ने पाण्डेको भनाइ छ । ग्रामीण बस्ती भएकालेपूरा पढ्नुहोस्


नेपाल कला परिषद्मा मूर्तिकला प्रदर्शनी

पुस ६, काठमाडौँ नेपाल कला परिषद्मा अहिले मूर्तिकला प्रदर्शनी चलिरहेको छ । त्यहाँ मूल ढोकाबाट एउटा भर्याङ चढेपछि प्रदर्शनी कक्षको प्रवेश गर्नासाथ एउटा अजंगको मूर्ति देखिन्छ ।  झ्वाट्ट हेर्दा सडकमा देखिने साँच्चिकै अजंगको साँढेजस्तो लाग्छ । त्यसमाथि छन् महादेवको मूर्ति । युवा मूर्तिकार श्यामकृष्ण श्रेष्ठले तयार पारेको उक्त मूर्तिको उचाइ नौ फिटको छ । फाइबर ग्लास (एक प्रकारको झोल पदार्थ) बाट १० महिना लगाएर हातैले श्रेष्ठले तयार पारेको उक्त मूर्तिको तौल ३०० केजी रहेको तथा १०० वर्षको ग्यारेन्टी दिन सकिने मिडियासँगको कुराकानीमा मूर्तिकार श्रेष्ठले बताए ।  उक्त मूर्तिको आशयका बारे श्रेष्ठले भने, “मैले बादलमाथि साँढे चढेको महादेवको सिर्जना गरेको छुपूरा पढ्नुहोस्


एकसय उनान्तीस कम्पनीलाई खनिज उत्खनन अनुमति

पुस ६, काठमाडौँ खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १ सय २९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ ।  महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त संख्यामा उत्खनन गर्न व्यक्ति तथा कम्पनीलाई अनुमति प्रदान गरेको हो ।  अनुमति दिएका खानीमध्ये चुनढुंगा ५२, क्वार्ज चार, रातोमाटो पाँच, कोइला १४, सिसा तीन, टल्क १२, फलाम तीन, डोलोमाइट एक, मार्बल तीन, स्ल्याब आठ, म्याग्नेसाइट एक, जिङ्क एक, कायनाइट ९, क्याल्साइट एक र टुर्मालिनका १२ रहेका छन् ।  महाशाखाका प्रमुख रामप्रसाद घिमिरे खनिजका लागि महाशाखाले ३६४ स्थानमा अध्ययन गरेपनि जम्मा १२९ स्थानमा मात्र उत्खननकापूरा पढ्नुहोस्


जनताको जनादेश अनुसार अघि बढ्छौं : पोखरेल

 पुस ६,  महोत्तरी माओवादी केन्द्रका नेता एवम् महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ बाट प्रतिनिधि सभा सदस्यमा बिजयी गिरिराजमणि पोखरेलले जनताको जनादेश अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हिजो पुस ५ गते बर्दिबास नगरपालिका -९ पथलैयामा सम्पन्न घरदैलो अभियानको क्रममा आयोजित कार्यक्रममा बोल्दै नेता पोखरेलले बामपंथीलाई विश्वास गरेर मतदान गरी बिजयी गराउने आम मतदातालाई धन्यवाद र आभार व्यक्त गरे । नेकपा माओवादीका केन्द्रीय सचिवालय सदस्यसमेत रहनुभएका पोखरेलले छिट्टै बामपंथीहरुको सरकार बन्ने बताउदै नयाँ सरकार गठनपछि विकास निर्माणको लहर आउने दावी गरे । बर्दीवासस्थित रातु नदीको समस्याबाट लामो समयदेखि स्थानीयलाई परेको दु:ख चाँडै समाधान गर्ने पोखरेलले बचन दिए । बाटो, खानेपानी,पूरा पढ्नुहोस्