Main Menu

५० करोडको लगानीमा टायर उद्योग बन्ने

पुस ६, पथरी, मोरङ

tyre-industry-to-be-foundedभारतको युचर ग्रुरुपसँगको साझेदारीमा विशाल ग्रुपले रु. ५० करोडको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ ।

मोरङको कटहरीमा सो उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन शुरु हुनेछ ।

उद्योगका कर्मचारी विनित सिंघानियाँका अनुसार कटहरीमा तीन बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगबाट सुरुमा ट्र्याक्टर, मोटरसाइकल, स्कुटी र ई–रिक्साका गरी चार प्रकारका टायर उत्पादन गरिनेछ । सो उद्योगले तत्काल वार्षिक २ लाख थान टायर उत्पादन गर्ने लक्ष्य लिएको छ ।

पहिलो चरणमा डेल्टा ब्राण्डका टायर बजारमा ल्याइनेछ । ट्रक, बस, जिप, लरी, ट्र्याक्टरको सबै प्रकारका टायरको वार्षिक २० लाख थान उत्पादन गर्ने लक्ष्य राखेको सिंघानियाले बताए । उद्योगमा ५ वर्षभित्रै लगानी विस्तार गरेर रु. २ अर्ब ५० करोड पुर्याइने उनको भनाइ छ ।

विशाल समूहका निर्देशक अनुज अग्रवालले आयात प्रतिस्थापन गर्ने उद्देश्यका साथ उद्योग स्थापना गरिएको बताए । सो टायर उद्योगले कच्चापदार्थ भारतबाट आयात गरिरहेको छ ।

(Visited 213 times, 1 visits today)

टिप्पणी

comments