Main Menu

Wednesday, December 20th, 2017

 

अन्तर्राष्ट्रिय हात्तीपोलो यो वर्षबाट नहुने

पुस ५, नवलपरासी हरेक वर्ष यही याममा नवलपरासीमा आयोजना हुने गरेको अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता यस वर्षबाट नहुने भएको छ । जिल्लामा ३५औँ संस्करणसम्म लगातार सफलतापूर्वक सम्पन्न गरिएको हात्तीपोलो प्रतियोगिता यस वर्षबाट नखेलाउने आयोजक टाइगर टप्सले जनाएको छ । हरेक वर्ष यही याममा गरिँदै आएको सो खेल हेर्न बाह्य पर्यटक नवलपरासी आउने गरेका थिए । हात्ती माथि बसेर घुमाउन बन्द गरिएका कारण सो प्रतियोगिता बन्द गर्नु परेको टाइगर टप्सका प्रबन्ध निर्देशक डिबी चौधरीले बताए । “जनावरलाई दुःख दिने संस्कृतिको अन्त्य गर्न प्रतियोगिता बन्द गर्ने निर्णय गरेका हौँ,” उनले भने । वन्यजन्तु पर्यटनलाई नयाँ रुपमा विकास गर्न जनावरलाई भारी हुने काम नगराउने तथापूरा पढ्नुहोस्


श्रीलंकामा ‘नेपाल रात्रि’

congress-leader-aryal-construct-20-houses

पुस ५, काठमाडौँ नेपाल र श्रीलंकाबीचको पारस्परिक सम्बन्धलाई अझ सुमधुर तुल्याउँदै द्विपक्षीय पर्यटन प्रवर्द्धनका निम्ति हालै श्रीलंकाको राजधानी कोलम्बोमा ‘नेपाल रात्रि’ कार्यक्रम आयोजना गरियो । कोलम्बोस्थित नेपाली राजदूतावास, नेपाल वायु सेवा निगम, नेपाल पर्यटन बोर्ड र नेपाल ट्राभल एण्ड टुर एजेण्ट्स (नाट्टा)ले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलंकाका लागि नेपाली राजदूत प्रा. विश्वम्भर प्याकुर्यालले पर्यटन उद्योग दुवै मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताए । अर्थतन्त्रलाई उकास्ने मुख्य उद्योग मानिएको पर्यटन क्षेत्रको प्रवर्द्धनमा दुवै मुलुकबीच सहकार्य हुनुपर्नेमा जोड दिँदै उनले दुवै देशका स्थापित पर्यटन व्यवसायी संस्थाबाट आपसी लाभ हुने यथार्थ औँल्याए । कार्यक्रममा श्रीलंकाका पर्यटन उद्यमी–व्यवसायी, सञ्चारकर्मी, कोलम्बोस्थित कूटनीतिकपूरा पढ्नुहोस्


२८.५ प्रतिशत जनता अझै गरिब

पुस ५, काठमाडौँ मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई)सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै विषयबाट वञ्चित भएको देखाएको हो । एमपिआईअनुसार २००६ देखि २०१४ को अवधिमा नेपालको गरिबी आधा घटेको थियो । प्रतिवेदन स्वास्थ्य, शिक्षा र जीवनस्तर तीन आयामका कुपोषण, न्यून शिक्षा, बिजुली, खानेपानी तथा पर्याप्त सरसफाइजस्ता एमपिआईले अनुसरण गरेका १० वटा सूचकमा आधारित छ । उक्त प्रतिवेदनले प्रदेश नं ६ र प्रदेश नं २ मा बहुआयामिक गरिबी दर उच्च रहेको देखाएको छ । त्यहाँ ५० प्रतिशत जनता गरिबीको रेखामा छन्पूरा पढ्नुहोस्


काभ्रेपलाञ्चोकलाई प्रदेश राजधानी बनाउन पहल शुरु

congress-leader-aryal-construct-20-houses

पुस ५, बनेपा काभ्रेपलाञ्चोकलाई ३ नं प्रदेशको राजधानी बनाउन सांसदहरुले पहल थालेका छन् । जिल्लाको प्रनिनिधिसभा क्षेत्र नं १ का सांसद गंगाबहादुर तामाङ (दोङ) ले प्रादेशिक राजधानीका लागि सिफारिश समिति नै निर्माण गरेर काम थालिएको उल्लेख गर्दै त्यसका लागि प्रशासनिक काम भइरहेको जानकारी दिए। प्रतिनिधिसभा क्षेत्र नं २ का सांसद गोकुल बाँस्कोटाले प्रदेशसभाको सबै विषय निर्क्यौल गर्ने अधिकार प्रदेशलाई भएको कुरामा जोड दिँदै बनेपा नै प्रदेश नं ३ को राजधानी बनाउन उपयुक्त स्थान भएको बताए । काभ्रेपलाञ्चोकलाई प्रादेशिक राजधानी बनाउनका लागि सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोटसमेत सहमत भएको र अन्य जिल्लालाई सहमतिमा ल्याउने प्रयास समेत भएको बताइएको छ । प्रादेशिक राजधानीपूरा पढ्नुहोस्


पश्चिमी वायुको प्रभावले बद्ली

पुस ५, काठमाडौँ पश्चिमी वायुको प्रभावले आज देशभर बद्ली भएको छ । उक्त वायुको प्रभावले खासगरी पश्चिमी भेगमा बढी असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि विकसित यो प्रणाली आज बढी सक्रिय भएका कारण सुदूरपश्चिमदेखि काठमाडौँ उपत्यका पूर्वसम्मको क्षेत्रमा बद्ली रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार दिउँसो सुदूरपश्चिम भेगमा छिटफुट वर्षा हुने संभावना छ भने तराई क्षेत्रमा पनि कुइरो लाग्ने अनुमान गरिएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको भएपनि बद्लीका कारण घाम राम्ररी नलाग्दा केही चिसो महशुस गरिएको छ । बद्लीको अवस्था आज रातिसम्म जारी रहने र बिहिबारदेखि क्रमिक सुधार हुने मौसमविद श्रेष्ठको भनाइपूरा पढ्नुहोस्


राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

पुस ५, सप्तरी मैथिली भाषा र संस्कृतिको संरक्षण एवं विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ । मैथिली समुदायलाई एकताको सूत्रमा बाधी उनीहरुको अधिकार प्रवर्धन गर्ने लक्ष्यका साथ यही पुस ७ गते शुरु हुने सो सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ ।  सम्मेलनमा नेपाल र भारतका मिथिला समुदायका विद्वान र विदुषीको सहभागिता हुने बताइएको छ ।  दहेज मुक्त मिथिला अभियानका संयोजक प्रवीन नारायण चौधरीका अनुसार सम्मेलनको उद्घाटनअघि मैथिली पहिरनमा दुवै देशका मैथिली अभियन्ता र विद्वान सहितको सहभागितामा शोभायात्रा निकाल्ने कार्यक्रम छ ।  सम्मेलनको प्रथम दिन अन्तर्राष्ट्रिय महिला कवयित्री सम्मेलन र दोस्रो दिन विचारगोष्ठी, सांस्कृतिक कार्यक्रम तथापूरा पढ्नुहोस्


प्रदेश सरकार सञ्चालनका लागि करिब २ हजार कर्मचारीको विवरण तयार

पुस ५, काठमाडौँ सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ । सामान्य प्रशासन मन्त्रालयले ७ प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका ७ मन्त्रालयका लागि करिब २ हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । “सातवटै मन्त्रालयका दरले ४९ मन्त्रालयमा चाहिने कर्मचारीको विवरण तयार पारेका छौँ,” उनले भने, “प्रदेश प्रमुख नियुक्त हुनासाथ काम गर्नका लागि ती कर्मचारी खटाउन सकिन्छ ।अहिले प्रदेश सरकार सञ्चालनका लागि अस्थायी व्यवस्थापन गरी कर्मचारीको विवरण तयार पारिएको हो । पछि कर्मचारी समायोजन भएपछि स्थायी रुपमा नै ती प्रदेशका मन्त्रालयमा कर्मचारी पठाइनेछ ।”  उनका अनुसार सचिवदेखि श्रेणीविहीन कर्मचारीसम्मकोपूरा पढ्नुहोस्


के नेवारहरु जनजाति हुन् ?

प्रा. माणिकलाल श्रेष्ठ काठमाडौँ, काठमाडौँ उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरू, जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरूको बारेमा यूरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरू गरिसकेका छन् । यस्ताखाले अनुसन्धानहरु अहिलेसम्ममा अरू जातिहरूको भन्दा धेरै नेवारहरूबारे भएका छन् । तर अझै पनि यकिन कुराहरू स्पष्ट रूपमा थाहा हुन सकेको छैन । त्यसकारण मलाई लागेको कुरा यहाँ प्रस्तुत गर्न चाहन्छु । सरसरर्ती हेर्दा अरू जातिहरूभन्दा नेवार जातिहरूको विशेषता फरक देखिन्छ । जस्तो – तामाङ्ग, गुरूङ, मगर, लिम्बूहरू सबै नश्लमा आधारित जाति हुन् । तामाङ्गहरू सबैको एउटै रगत छ, राईहरू सबैको र त्यस्तै अरूअरू पनि एकै नश्ल वा रगतका हुन्पूरा पढ्नुहोस्


ग्यास प्लान्टमा आगलगी

पुस ५, वीरगञ्ज वीरगञ्ज महानगरपालिका–२२ रघुनाथपुरको पटेलनगरस्थित सुपर ग्यास उद्योगमा आज बिहान भीषण आगलागी भएको छ ।  आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत दुईजना कर्मचारीको जलेर मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।  आगलागी भएसँगै त्यहाँ पुगेको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गर्दा गर्दै ती दुबै जना कर्मचारीको जलेर मृत्यु भएको हो ।  मृत्यु हुनेमा मधुसूदन मिश्र र यादवप्रसाद अधिकारी रहेका छन्। बारुणयन्त्रका कर्मचारी अम्विका पटेल, सञ्जीव नेपाल, अरुण महतोलगायत ६ जना जलेर सख्त घाइते भएको दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले बताए। यद्यपि पर्सा प्रहरीले मृत्युबारे पुष्टि भने गर्न नसकेको प्रहरी नायब उपरीक्षकपूरा पढ्नुहोस्


यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पक्षमा एलजिविटी सम्मेलन

congress-leader-aryal-construct-20-houses

पुस ५, काठमाडौँ राष्ट्रिय मानव अधिकार आयोग सदस्य मोहना अन्सारीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समस्या राज्यले बुझ्न नसकेको बताएकाछन् । नीलहीरा समाजले हिजोदेखि सुरु गरेको एलजिविटी सम्मेलनको उद्घाटन गर्दै उनले परिवार, समाज र राज्यले यौनिक अल्पसंख्यकलाई बुझ्न नसकेको बताएका हुन् । “मान्छे भनेको मानव हो, मानव भएर जन्मेपछि फरक गर्नुपर्ने र थिचोमिचो गर्नुपर्ने कुनै ठाउँ छैन,” उनले भने – “स्थानीय तहले नीति बनाउदाँ यो समुदायलाई बाहिर राखेर नीति बनाउन हुँदैन।” महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव भरतराज शर्माले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग सहकार्य गरेर मन्त्रालय अघि बढ्ने बताउँदै “यो समुदायलाई परेको समस्या समाधान गर्न मन्त्रालय तयार छ,” भनेपूरा पढ्नुहोस्