Main Menu

राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

पुस ५, सप्तरी

international-maithali-conference-rajbirajमैथिली भाषा र संस्कृतिको संरक्षण एवं विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ ।

मैथिली समुदायलाई एकताको सूत्रमा बाधी उनीहरुको अधिकार प्रवर्धन गर्ने लक्ष्यका साथ यही पुस ७ गते शुरु हुने सो सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । 

सम्मेलनमा नेपाल र भारतका मिथिला समुदायका विद्वान र विदुषीको सहभागिता हुने बताइएको छ । 

दहेज मुक्त मिथिला अभियानका संयोजक प्रवीन नारायण चौधरीका अनुसार सम्मेलनको उद्घाटनअघि मैथिली पहिरनमा दुवै देशका मैथिली अभियन्ता र विद्वान सहितको सहभागितामा शोभायात्रा निकाल्ने कार्यक्रम छ । 

सम्मेलनको प्रथम दिन अन्तर्राष्ट्रिय महिला कवयित्री सम्मेलन र दोस्रो दिन विचारगोष्ठी, सांस्कृतिक कार्यक्रम तथा घोषणापत्र जारी हुने सम्मेलन आयोजक समितिले जनाएको छ । 

सम्मेलनमा भाषाविद्, कलाकार, समाजसेवीलाई सम्मान गरिनेछ । भारतका मैथिली भाषाका अभियन्ता शिक्षाविद् डा. वैद्यनाथ चौधरीको विशेष पहलमा सो सम्मेलन हुन गइरहेको दहेज मुक्त मिथिला अभियानका संयोजक चौधरीले बताए। 

(Visited 232 times, 1 visits today)

टिप्पणी

comments