Main Menu

फोरम यादवद्वारा मुसहर समुदायका लागि भवन शिलान्यास

पुस ४, राजविराज

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव । (फाइल फोटो)

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा रहेका मुसहर समुदायका लागि निर्माण हुने सुबिधा सम्पन्न भवनको हिजो एक समारोह बिच शिलान्यास गरे । 

न्युज २४ च्यानल प्रालिद्वारा तिलाठी कोइलाडी–४ स्थित १० कठा जग्गामा मुसहर समुदायका लागि करिब ४२ वटा सुबिधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो । 

दुई कोठा, एक भान्सा र शौचालयसहित एउटा भवन ४ धुर जमिनमा निर्माण गरिने बताइएको छ । करिब रु तीन लाख ५० हजारको लागतमा एउटा भवन निर्माण गर्न लागिएको सो च्यानलद्धारा जानकारी दिइएको छ । 

बाढीबाट प्रभावित/पिडित मुसहर समुदायका लागि सो भवन निर्माण गरिने बताइएको छ । 

बाढीबाट जोगिनका लागि भवनको तलबाट पानी बग्ने गरी निर्माण गर्न लागिएको प्राबिधिकले बताएका छन् । 

सो अवसरमा नेता यादवले राष्ट्र, राष्ट्रियता र जनताप्रति संचारमाध्यमले उल्लेखनीय भूमिका निर्वाह गरेको बताउँदै समाजिक बिकृति र विसंगतिविरुद्ध संचारमाध्यमले समाचार सम्प्रेशन गर्नुपर्नेमा जोड दिए । 

रासस 

(Visited 193 times, 1 visits today)

टिप्पणी

comments