Main Menu

Friday, December 1st, 2017

 

दुई कम्युनिष्ट मिल्दा अन्तर्राष्ट्रियरुपमा तरंग – अध्यक्ष दाहाल

मंसिर १५, चितवन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन् । ‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले आज भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक तरंग आएको बताए । जनयुद्ध शुरु गर्दा पनि यति ठूलो तरंग राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नआएका बताउँदै उनले भने, “कम्युनिष्ट मिल्दा एउटा जनमत उत्साहित भएको छ, अर्काे पक्ष विचलित जस्तो नकारात्मक तरंग देख्छु ।” उनले थपे, “एकातिर कम्युनिष्ट तानाशाही आउँछ भनिएको छ, अर्काेतिर तिनै साथीले कम्युनिष्ट एकतापूरा पढ्नुहोस्


सरकारी अनुदानमा गोरखामा ४ हजार ५ सय घर निर्माण

मंसिर १५, गोरखा ‘गोरखा भूकम्प’ गएको ३० महिना हुँदा सरकारी अनुदान रकम लिएर गोरखामा ४ हजार ५८५ वटा भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् । भूकम्पले करिब ७० हजार वटा घर तथा गोठ भत्किएको भए पनि सरकारले ६१ हजार ३०० जनालाई घर बनाउन अनुदान दिने गरी लाभग्राही सूचीमा राखेको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख शिवलाल पौडेलका अनुसार ६१ हजार ३०० लाभग्राहीमध्ये अहिलेसम्म ५८ हजार जनाले रु. ५० हजारका दरले पहिलो किस्ता पाइसकेको र १२ हजार ९२० जनाले दोस्रो किस्ता बुझ्नुका साथै ४ हजार ५८५ जनाले तेस्रो किस्ता अनुदान पाएका छन् । सरकारले जग खन्नका लागिपूरा पढ्नुहोस्


चुनावी सभामै मतदाता शिक्षा सिकाउँदै दलहरु

मंसिर १४, डडेल्धुरा प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावको मिति छोटिँदै जाँदा बदर मत घटाउन चुनावी सभामै दलहरुले मतदाता शिक्षा दिन थालेका छन् । चुनावमा भाग लिने मतदाताले सही मत जाहेर गर्न सकून् भनेर दलहरुले आफूले आयोजना गरेको आमसभामै नमूना मतपत्र बोकेर शिक्षा दिन थालेका हुन् । “समय छोटिँदै आएको छ । जिल्ला निर्वाचन कार्यालयले खटाएका मतदाता शिक्षा स्वयंसेवकले घरदैलो गरिरहेका भए पनि मतदाताले जाहेर गरेको मत बदर नहोस् भनेर हामीले केही नेता तथा कार्यकर्तालाई मतदाता शिक्षाका लागि छुट्याएका छौँ,” नेपाली काँग्रेसका जिल्ला सभापति तथा क्षेत्र नं २ प्रदेशसभाका उम्मेदवार कर्ण मल्लले बताए । त्यस्तै, वाम गठबन्धनतर्फ पनि केही कार्यकर्तालाई घरदैलो कार्यक्रमकैपूरा पढ्नुहोस्


‘भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’

kalika-local-election-starts

  मंसिर १५, बाँके निर्वाचनमा मतदान कसरी गर्ने थाहा छ भन्ने जिज्ञासामा नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी किरण केवटले भनिन्, “तीन पर्चा (मतपत्र) पाइन्छ भन्ने सुनेको छु, अरू थाहा छैन ।” “विभिन्न दलका नेता–कार्यकर्ता आउँछन्, आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हाल्न भन्छन् । तर कसरी भोट हाल्ने कोही सिकाउँदैनन्”, उनको गुनासो थियो। सो क्षेत्रमा मतदाता शिक्षाका लागि निर्वाचन आयोगबाट समेत कोही नआएको पनि केवटले जानकारी दिइन् । मुलुकमा पहिलोपटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा सम्पन्न भइसकेको छ भने दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा मंसिर २१ गते हुँदैछ । तर अझैपूरा पढ्नुहोस्


रौतहटमा राजपा, फोरम कार्यकर्ता र प्रहरीबीच झडप

congress-leader-aryal-construct-20-houses

मंसिर १५, रौतहट रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ । बिहीबार राति ८ बजे गरुडा नगरपालिका–५ महमदपुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको बिभिन्न भ्रामक भिडिओलाई प्रहरीले नियन्त्रण लिन खोजेपछि झडप भएको हो । झडपमा परेर १४ प्रहरी र तीनजना गठबन्धनका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । एक्कासी प्रहरीमाथि ठूलो सङ्ख्यामा रहेका गठबन्धनका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थित नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाई फायर र एक दर्जन अश्रुग्यास सेल प्रहार गर्नु परेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोविन्द थापाले बताएपूरा पढ्नुहोस्