Main Menu

Monday, December 25th, 2017

 

मिथिलाबाट खुसी बाँड्दै कलाकार नम्रता

पाटन – नेपाली कला इतिहासको गौरव बोकेको शहर; ऐतिहासिक मंगलबजार दरवार क्षेत्रबाट करिब २०० मिटर जतिको उत्तरतिर नेवारी वास्तुकलाको अनुपम उदाहरण ‘नेवा छेँ’; अनि यसको भूइँतल्लामा रहेको ‘नेवा छेँ आर्ट ग्यालरी’, जसका भित्ताहरुमा सजिएका छन् निकै नै सुन्दर, मन नै खुसी हुने रंगीन चित्रहरु । यी रंगीन चित्रहरुले ग्यालरीको साँघुरोपनलाई नै बिर्साउने गरी आफूलाई प्रस्तुत गरेझैँ लाग्छ । परम्परागत मिथिला कलाको झझल्को आउने यी चित्रकलाहरुमा कतै महिला पात्रहरु आफूभित्रै खुसी भइरहेझैँ देखिन्छन् भने कतै जोडीहरु एकअर्कामा डुबेर सन्तुष्टीको मुस्कान छरिरहेझैँ देखिन्छन् । कतै संगीहरु एकअर्कासँग खुसी साट्दै गरेझैँ देखिन्छन् भने कतै संगीतको माधुर्यतामा डुब्दै गरेका महिला, पुरुषहरु देखिन्छन् । नेपालीपूरा पढ्नुहोस्


सप्तरीमा धान उत्पादन ५ प्रतिशतले घट्यो

पुस १०, सप्तरी साउनको अन्तिम महिनामा आएको बाढीका कारण यस वर्ष सप्तरीमा धान खेत बगाउँदा धान उत्पादनमा कमी आएको छ । बाढी र पछिल्लो समय पानी तथा सिँचाइको अभावले गत वर्षको तुलनामा करिब ५ प्रतिशतले धान उत्पादनमा कमी आएको जल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । धान रोपाइँको समयमा पर्याप्त वर्षा नभएको र रोपिसकेपछि आएको बाढीका कारण उत्पादनमा कमी आएको वरिष्ठ कृषि विकास अधिकृत भागीरथ यादवले बताए । यस वर्ष सप्तरीमा १ लाख ४९ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस वर्ष ५४ हजार ५०० हेक्टरमा धानबाली लगाइएको थियो । गत आर्थिक वर्षमा ५२ हजार हेक्टर जमिनमा प्रतिहेक्टरपूरा पढ्नुहोस्


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउने काम तीव्र गतिमा

पुस १०, पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउने काम तीव्र गतिमा अघि बढेको छ । निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउने काम गरिरहेको छ । जग्गा सम्याउन डोजर, एक्साभेटर, लोडर र टिपरको प्रयोग भइरहेको आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । कम्पनीका प्रमुख जेरी याङका अनुसार यस वर्षको हिउँदसम्ममा विमानस्थलको जग्गा सम्याउने काम सम्पन्न गरिनेछ । जग्गा सम्याएपछि टर्मिनल भवन र धावनमार्ग निर्माणको काम अघि बढाइने छ । अहिले १०० जनाभन्दा बढी चिनियाँ प्राविधिक र नेपाली कामदार विमानस्थलको काममा खटिएका छन् । कम्पनीले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण सकेकोपूरा पढ्नुहोस्


काँग्रेस सुध्रिनुपर्छ – नेता सिंह

पुस १०, काठमाडौँ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई सुधारको खाँचो रहेको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं १० ले आज यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा नेता सिंहले निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब पार्टीमा सुधारको खाँचो रहेको बताए । “काँग्रेसका शुभेच्छुक र कार्यकर्ताले पार्टीलाई सुधारको आवश्यकता छ भनेर मलाई सुझाव दिइरहेका छन् । पार्टी सुधारका लागि सभापतिलाई दबाब दिन्छु”, नेता सिंहले भने । पार्टीका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले विधानअनुसार चल्न नसक्दा पार्टीले कमजोर नतिजा ल्याएको बताए । “समानुपातिकमा प्राप्त मतले पनि काँग्रेसप्रतिको जनताको मोह घटेको छैन”, उनले भने । काँग्रेसले आफ्नो सरकारका पालामापूरा पढ्नुहोस्


रोल्पामा गाउँपालिकोको नाम र केन्द्र परिवर्तनमा चर्को विरोध

पुस १०, रोल्पा गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णयसँगै रोल्पाका तीन स्थानीय तहमा विवाद चर्किएको छ । रोल्पाको सुवर्णावती र सुकिदह गाउँपालिकाको नाम परिवर्तन तथा त्रिवेणी गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने विषयसँगै विरोध चर्किएको हो । सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन गरी शहीद सुनिल स्मृति गाउँपालिका नामाकरण गर्ने भन्दै गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले प्रस्ताव पेश गरेपछि सोही गाउँपालिकाका विभिन्न चारवटा वडाका वडाध्यक्षले निर्णय पुस्तिकामै असहमतिको बुँदा लेखेपछि विवाद चुलिएको हो । गाउँ कार्यपालिकाको बैठकमा गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले साविक नाम परिवर्तन गर्दै नयाँ नाम राख्ने प्रस्ताव गरेपछि सुवर्णवती गाउँपालिका–४ का वडाध्यक्ष गञ्जबहादुर क्षेत्री, वडा नं ३ का वडाध्यक्ष जेदबहादुर विष्ट, वडापूरा पढ्नुहोस्


पञ्चायत कालमा उद्घाटन भएको अस्पताल अझै सञ्चालनमा आएन

congress-leader-aryal-construct-20-houses

पुस १०, जितपुर, कपिलवस्तु कपिलवस्तुको भारतीय सीमावर्ती कृष्णनगर बजारको कृष्णनगर अस्पताल उद्घाटन भएको ४७ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । पश्चिम नेपालको बेलहिया सुनौली नाकापछि दोस्रो भन्सार नाकाका रूपमा परिचित यो नाकाबाट राज्यले वार्षिक अर्बौं रुपैयाँ राजश्व संकलन गर्दै आए पनि नजिकै रहेको अस्पताल भने आर्थिक अभावका कारण निर्माण थालेको पाँच दशक बित्दा पनि पूर्णता पाउन सकेको छैन । झण्डै ३३ कट्ठा क्षेत्रफलमा अवस्थित सो अस्पताल २०२७ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले उद्घाटन गरेका थिए । पञ्चायतको समयमा अस्पताल उद्घाटन भए पनि अहिले गणतन्त्र आइपुग्दासमेत अस्पताल पूर्णरुपमा निर्माण भई सञ्चालनमा आउन नसकेको हो । अस्पताल सञ्चालनमा आउनुको सट्टापूरा पढ्नुहोस्


अब कमजोर सरकार बन्दैनः प्रचण्ड

पुस १०, चितवन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोको जस्तो कमजोर सरकार अब नबन्ने बताएका छन् ।  उद्योग संघ चितवनले हिजो जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले भनेर पनि गर्न नपाइने स्थिति अब रहने छैन भने ।  उनले भने, “अब बन्ने सरकारले भनेपछि त्यो लागू हुन्छ ।” स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार संयुक्त रुपमा सँगै रहेको भन्दै उनले आयात निर्यात सम्बन्धी राष्ट्रका हितविपरित कानुनलाई संशोधन गर्नुपर्ने बताए । उनले भने, “हामी सबैले संकल्प गर्न सक्यौँ भने आउने पाँचवर्ष भित्रमै केही न केही आर्थिक क्रान्ति र विकासको मोडलपूरा पढ्नुहोस्


प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन – महासंघ

पुस १०,  काठमाडौँ प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।  महासंघले हिजो प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको जनाएको छ ।  “यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पुर्याउने महासंघको ठहर छ”– विज्ञप्तिमा भनिएको छ– “महासंघ यस किसिमका घटना नदोहोर्याउन र पत्रकारलाई निर्वाध ढंगबाट काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।” 


कठ्याङ्ग्रिँदो जाडोमा विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

पुस १०, गौशाला महोत्तरी जिल्लाको रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयका विद्यार्थी पुसको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य रहेका छन् ।  जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ४ मा पर्ने रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म गरी जम्मा ४७८ विद्यार्थी अध्ययनरत रहेकामा विद्यालयमा टेबल र बेञ्चको अभावमा उनीहरु विगत १० दिनदेखि जिल्लामा बढेको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य रहेका देखिन्छन् ।  चिसोले तराईका कतिपय जिल्लाका विद्यालय बन्द भइसकेका छन् । तर महोत्तरीका सो विद्यायलका सयौँ बालबालिका भने टिनले छाएको छानोमा चिसो भुइँमा बसेर राज्यले खोजे जस्तै नागरिक बन्ने प्रयासमा निरन्तर अध्ययनमा लागेका छन् । पूरा पढ्नुहोस्


बिचार/विश्लेषण

संयुक्त राज्य अमेरिकामा असमानता

पछिल्लो हप्ता (गत डिसेम्बरको दोश्रो हप्तातिर), कांग्रेसले एक कर विधेयक पारित गरेको छ, जसले वित्तीय भ्रष्ट मुठ्ठीभरका धनाढ्यहरुलाई खरबौं डलरहरू हस्तान्तरण गर्नेछ । यस सम्बन्धमा विशेषज्ञहरूको दुई अलग-अलग टोलीले संयुक्त राज्य अमेरिकामा सामाजिक असमानता वृध्दि भएको तथ्य उल्लेख गरिएका रिपोर्टहरू प्रकाशित गरेका छन् । गत २०१७ डिसेम्बर १४ मा थमस पेकिटी, इम्मानुएल सेजली र गब्रिएल ज्यूमनसमेत सम्मिलित असमानता सम्बन्धका शोधकर्ताहरूको एक मुख्य समूहले विश्व असमानता २०१८ को प्रतिवेदन प्रकाशित गरेको छ, जसले बताउँछ कि संयुक्त राज्य अमेरिकामा पश्चिमी यूरोपको उन्नत अर्थव्यवस्थाको तुलनामा धेरै असमानता बाँकी छ। शोधकर्ताहरूले रिपोर्टमा उल्लेख गरे अनुसार १९ प्रतिशत अमेरिकीहरुको आय १९८० देखि २०१६ सम्ममा २०पूरा पढ्नुहोस्