Main Menu

सप्तरीमा धान उत्पादन ५ प्रतिशतले घट्यो

पुस १०, सप्तरी

rice-production-decreasedसाउनको अन्तिम महिनामा आएको बाढीका कारण यस वर्ष सप्तरीमा धान खेत बगाउँदा धान उत्पादनमा कमी आएको छ ।

बाढी र पछिल्लो समय पानी तथा सिँचाइको अभावले गत वर्षको तुलनामा करिब ५ प्रतिशतले धान उत्पादनमा कमी आएको जल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।

धान रोपाइँको समयमा पर्याप्त वर्षा नभएको र रोपिसकेपछि आएको बाढीका कारण उत्पादनमा कमी आएको वरिष्ठ कृषि विकास अधिकृत भागीरथ यादवले बताए । यस वर्ष सप्तरीमा १ लाख ४९ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस वर्ष ५४ हजार ५०० हेक्टरमा धानबाली लगाइएको थियो ।

गत आर्थिक वर्षमा ५२ हजार हेक्टर जमिनमा प्रतिहेक्टर २.७५ मेट्रिक टनको दरले धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७१/७२ मा ४२ हजार हेक्टर जमिनमा प्रतिहेक्टर अढाइ मेट्रिक टन धान उत्पादन भएको थियो ।

अन्न भण्डारका रुपमा चिनिने तराईका जिल्लामध्ये सप्तरीमा ५४ हजार ५०० हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएको छ ।

(Visited 124 times, 1 visits today)

टिप्पणी

comments