Main Menu

प्यूठानमा वामगठबन्धनको अन्तिम प्रचार सभा

मंसिर १८, प्यूठान

वाम गठवन्धनकाे प्रचारात्मक कार्यक्रम अन्तर्गत सोमवार प्यूठान नगरपालिका वडा न. ९ र १० का विभिन्न स्थानमा घरदैलाे अभियान सम्पन्न भयो ।

घरदैलाे अभियान सकी खरिवाेटमा अायाेजित काेणसभामा माअाेवादी केन्द्रकाे तर्फवाट प्रतिनिधि सभाका सदस्यका समानुपातिक उमेद्ववार मणि थापाले ‘देश विकासमा कम्युनिष्टहरुले जति विकास गर्न सक्छन् त्यति अन्य गैर कम्युनिष्टहरूले गर्न नसक्ने’ कुरा व्यक्त गरे ।

नेता थापाले प्यूठानका मतदाताहरुसँग आग्रह गर्दै भने, “समयकाे मागसँगै देशका वामहरू एक भएका हौं । नेपालमा सधैँ कम्युनिष्ट फुटेकै कारणले अरू शक्तिहरू सत्ताकाे वागडाेर समालेर देशलाई प्रगतिकाे सट्टा अधाेगति दिएकाे वर्तमान परिप्रेक्षमा अब नेपालीहरूले अलमलमा नपरी वामकाे पक्षमा मतदान गर्नुहोस्” । 

उनले भने,  “प्रतिनिधि सभामा गिलास, १ नम्वर प्रदेशमा सूर्य र २ नम्वर प्रदेशमा हसिँया हथाैडामा मतदान गर्नुहोस्” । नेता थापाले ‘नेपालमा ठूलाे त्याग र वलिदानले परिर्वतन सम्भव भएकाे र त्यसमा कम्युनिष्टकै महत्वपूर्ण हात रहेकाे कारणले जनताले कम्युनिस्टहरुलाई नै जस दिनुपर्ने’ जिकीर गरे ।

त्यस्तै वामगठबन्धनका प्यूठान २ का प्रदेशसभाका उमेम्द्ववार कृष्णध्वज खड्काले नेपालमा अब जुनसुकै शक्तिले चाहेर पनि वामगठबन्धनका उमेम्द्ववारहरूलाई हराउन नसक्ने ठाेकुवा गरे । नेपाली जनताले अब भ्रमकाे खेती गर्ने पार्टीलाई सखाप पार्ने कुरा नेता खड्काले बताए ।

त्यस्तै गरी ‘नेपाली कांग्रेसले जनतालाई दु:ख र सास्ती दिने काम गरेको’ भन्दै प्रदेशसभाका उम्मेद्ववार खड्काले  मरन्ठानामा शिक्षा ,स्वास्थ्य,संञ्चार यातायात ,खानेपानी ,सिँचाइ तथा नदी नियन्त्रणजस्ता अति अाधारभूत काम वाम शक्तिले नै गरेकाे कुरा मरन्ठानावासीलाई स्मरण गराए । उनले मरन्ठानामा विकासको जग बसाल्दै जाने  र समृद्ध मरन्ठाना बनाउने काममा अहाेरात्र लागी पर्नेछु भन्ने बाचा गर्दै हसिया हथाैडामा मतदान गरी बाम गठवन्धनका उम्मेद्ववारलाई प्रदेश सभामा विजय गराउन अाग्रह गरे । उक्त कार्यक्रममा मरन्ठानाका विभिन्न स्थानबाट अाएका झण्डै ८ /९ सय मानिसहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा मन्तव्य राख्नेहरूमा नेहरसिंह केसी र बाेम बहादुर भण्डारी पनि थिए । 

  • रमेश गिरी
(Visited 152 times, 1 visits today)

टिप्पणी

comments