Main Menu

प्रत्येक्षतर्फ बाम गठबन्धन दुईतिहाई निश्चित

मंसिर २५, काठमाडौँ

left-coalition-2-3rd-majority-confirmगत मंसिर १० र २१ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधिसभाको हकमा प्रत्येक्ष निर्वाचन प्रणालीतर्फ बाम गठबन्धनको दुईतिहाई निश्चित भएको छ ।

प्रत्येक्षतर्फ प्रतिनिधिसभाका कुल १६५ सिटका लागि भएको सो निर्वाचनमा हालसम्म नेकपा (एमाले) ७३ सिटमा विजयी भएको छ भने नेकपा (माओवादी केन्द्र) ३१ स्थानको विजयी भएको छ । वाम गठबन्धनका संघटक यी दुई ठूला पार्टीहरुको कुल सिट संख्या १०४ पुगेको छ । बाँकी स्थानमा जारी मतगणनामा एमाले ९ स्थानमा अगाडि छ भने माओवादी केन्द्रले ३ स्थानमा अग्रता लिइरहेको छ ।

प्रत्येक्षतर्फ दुईतिहाई आउन १६५ मध्ये ११० सिट जित्नु आवश्यक हुन्छ । यस हिसाबमा बाम गठबन्धनले अग्रता लिइरहेका १२ स्थानमध्ये ६ स्थानमा मात्र विजय हासिल गरेको खण्डमा पनि दुईतिहाई सुनिश्चित हुन्छ ।

यद्यपि, प्रतिनिधिसभाका सम्पूर्ण सिटसंख्या (प्रत्येक्ष र समानुपातिक दुबै) मा दुईतिहाई भने असम्भवप्रायः छ ।

समानुपातिकतर्फको हालसम्मको मतगणनामा एमाले र नेपाली काँग्रेसको मतसंख्या खासै फरक छैन भने माओवादी केन्द्र यी दुईभन्दा निकै पछाडि छ । वाम गठबन्धनका संघटक एमाले र माओवादी केन्द्रले प्राप्त गरेको मत जोड्दा अहिलेसम्मको परिणामअनुसार ५३ प्रतिशत हुन आउँछ ।

(Visited 369 times, 1 visits today)

टिप्पणी

comments