Main Menu

सुनसरी ३ मा गच्छदार अगाडि

मंसिर २७, इनरुवा

gachchhadar-leadsसुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार अगाडि रहेका छन् ।

मतगणना शुरु भएदेखि पछाडि रहँदै आएका गच्छदार आज अगाडि परेका हुन् । आज बिहान ६ बजे सार्वजनिक भएको पछिल्लो मत परिणामअनुसार गच्छदार ५१९ मतले अगाडि रहेका छन् ।

पछिल्लो मत परिणामअनुसार काँग्रेसका उम्मेदवार गच्छदारले ३६ हजार ८० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार भगवती चौधरीले ३५ हजार ५६१ मत प्राप्त गरेकी छन् ।

सो क्षेत्रमा ८५ हजार १९७ मत खसेकोमा ७८ हजार ३९१ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुनसरीले जनाएको छ । अब त्यो क्षेत्रमा जम्मा ६ हजार ८०६ मत गणना गर्न बाँकी रहेको छ ।

(Visited 105 times, 1 visits today)

टिप्पणी

comments