Main Menu

जित्ने बित्तिकै मतदाताको घरघरमा नेता पोखरेल

मंसिर २७, गौशाला, महोत्तरी

giriraj-pokharel-goes-voters-housesमहोत्तरी जिल्ला क्षेत्र नम्बर -१ बाट विजयी मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पनि घरदैलो अभियानलाई निरन्तरता दिएका छन् ।

जित्ने बित्तिकै सोमबारदेखि नै मतदाताको घर-घरमा पुगेर मन्त्री पोखरेलले मतदातालाई आभार व्यक्त गरेका थिए ।

महोत्तरी-१ बाट प्रतिनिधि सभामा अत्याधिक मतले विजयी गराएको भन्दै पोखरेलले आम मतदातालाइ घरैमा पुगेर धन्यवाद व्यक्त गरेका हुन् ।

मतदाता सँगको प्रत्येक्ष भेटमा उनले चुनावको बेला आफूले बोलेको कुरा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । समग्र महोत्तरीको विकासको निम्ति निरन्तर क्रियाशील रहने वाचा गर्दै मन्त्री पोखरेलले जनतको सुखदुःखमा सधैं साथमा रहने बताए ।

सोमबार महोत्तरीको सदरमुकाम जलेश्वरबाट सुरु भएको विजय र्याली एवम् घरदैलो कार्यक्रमले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार बर्दिबासबाट सुरु भएको घरदैलो कार्यक्रम गौशाला नगरपालिकाको विभिन्न वडामा पुगेर मन्त्री पोखरेलले मतदातालाई धन्यवाद व्यक्त गरेका थिए ।

घरदैलोको क्रममा मन्त्री पोखरेल गौशाला नगरपालिकाको ढल्केवर, भ्याण्टाबारी, रामनगर, गौशला, निगौल, रजखोर र जिरो माइल लगायतका टोल टोलमा पुगेका थिए ।

बाम गठबन्धनका साझा उम्मेदवार उनले संघीय समाजवादी फोरमका लक्ष्मी महतोलाई ४२८४ मत अन्तरले पराजित गर्दै महोत्तरी-१ को प्रतिनिधि सभामा विजयी भएका हुन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य एवम् बिना विभागिय मन्त्री पोखरेलले २३,७७६ मत प्राप्त गरेका थिए भने उनका निकतम प्रतिद्वन्दी महतोले १९,४९२ मत ल्याएका थिए ।

घरदैलोको क्रममा महोत्तरी जिल्ला प्रतिनिधि सभा-१ को प्रदेश सभा-१ बाट विजयी सारदादेवी थापा र प्रदेश सभा-२ बाट विजयी भरतप्रसाद शाहलाई पनि मतदाताले भव्य स्वागत गरेका थिए ।

मतदाताद्वारा पोखरेलको भव्य स्वागत

महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ का मतदाताले प्रतिनिधि सभामा विजयी मन्त्री गिरिराजमणि पोखरेलको भव्य स्वागत गरेका छन् ।

बर्दिबासबाट सुरु भएको घरदैलो अभियानको क्रममा मतदातालाई धन्यवाद दिन पुगेका पोखरेललाई मतदाताले भव्य स्वागत गरेका हुन् ।

महोत्तरीबाट लगातार तीनपटकसम्म विजयी भएका पोखरेल सामाजिक र विकासवादी नेता भएको भन्दै स्थानीयले भव्य स्वागत गरेका हुन् । पोखरेलकै कारण महोत्तरीले मुहार फेरेको बताउँदै अझै जिल्लाको विकास हुने स्थानीयले विश्वास लिएको बताएका छन् ।

घरदैलोको क्रममा पोखरेललाई स्थानीय मतदाताले प्रत्येक घर घरबाट फुलमाला र अबिर लगाएर सम्मान व्यक्त गरेका थिए ।

घरदैलोको क्रममा विभिन्न नाचगान सहितको हजारौँको भव्य र्याली निस्किएको थियो ।

(Visited 116 times, 1 visits today)

टिप्पणी

comments