Main Menu

लगातार ८० घण्टा भाषण गरेर केसीले कायम गरे विश्व कीर्तिमान

 

असोज २३, काठमाडौँ

longest-speech-marathon-80-hrsभाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएका छन् ।

मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले यही असोज १९ गते विहान ६ बजेदेखि आइतबार दिउँसो ३ बजेर २ मिनेटसम्म भाषण गरेको विश्व दर्शन अभियान नेपालका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिए । ८० घण्टा ४ मिनेटको भाषणको रेकर्ड गिनिज बुकमा पठाएर विश्वकीर्तिमानका लागि दाबी गरिनेछ ।

यसअघि भारतको गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राखेका थिए । उनले विभिन्न ७५ शीर्षकमा भाषण दिएका थिए ।

सो कीर्तिमानका लागि लायन्स क्लब अफ काठमाडौँ विहानीको आयोजना तथा लियो क्लवलगायतका संस्थाको सहयोगमा सो कलेजमा आयोजना गरिएको कार्यक्रममा उनले ८४ घण्टा भाषण गर्ने योजना भएपनि आइतबार दिउँसोसम्म ८० घण्टा ४ मिनेट मात्र भाषण गर्न उनी सफल भएका थिए ।

भाषणमा केसीले १ घण्टामा ५ मिनट विश्राम गर्दै विभिन्न विषयमा प्रवचन दिएका थिए । उनले दिनरात उभिएर र समय समयमा कुर्सीमा बसेर समेत भाषण गरेका हुन् ।

(Visited 170 times, 1 visits today)

टिप्पणी

comments