Main Menu

राजपा नेतृत्वको गठबन्धन चुनावमा सहभागी नहुने, आन्दोलनको घोषणा

rajapa-deny-election-participationजेष्ठ २८, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेतृत्वको सङ्घीय गठबन्धनले आफ्ना माग पूरा नभएको भन्दै स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने घोषणा गरेको छ ।

गठबन्धनको आज बसेको बैठकले निर्वाचन प्रभावित गर्ने गरी तेस्रो चरणको सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । गठबन्धनले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको विरोधका कार्यक्रमअनुसार जिल्ला सदरमुकाममा धर्ना, जुलुसदेखि आम हड्तालसम्मका कार्यक्रम छन् ।

यसबीचमा आफ्ना माग सम्बोधन भएको खण्डमा सहमतिमा आउन तयार रहेको गठबन्धनले जनाएको छ ।

सरकारले सो गठबन्धनलाई निर्वाचनमा सामेल गराउन मिति सार्नाका साथै निर्वाचनसम्बन्धी कानुन संशोधन गरेको थियो ।

(Visited 86 times, 1 visits today)

टिप्पणी

comments