Main Menu

Sunday, June 11th, 2017

 

निर्वाचनबाट तर्सिने दल लोकतन्त्रको हिमायती हुन सक्दैन – अध्यक्ष ओली

जेष्ठ २८, नेपालगन्ज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट तर्सिने राजनीतिक दल लोकतन्त्रको हिमायती हुन नसक्ने बताएका छन् । एमालेद्वारा बाँके जिल्लाका लागि चयन गरिएका उम्मेदवारको घोषणासभालाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि आफ्नो दल पहिलो हुने दाबी गरे । अध्यक्ष ओलीले चुनाव जित्न जनतामा झुठो आश्वासन बाँड्ने दल सधैँ पराजित हुने चर्चा गर्दै जनताको चेतना स्तरलाई कमजोर सम्झने भुल गर्न नहुने बताए । “हारजित निर्वाचनको सामान्य प्रक्रिया हो । हार्दैमा आत्तिने र जित्दैमा मात्तिने प्रवृत्तिको एमाले सधैँ विरोधी हो । हार वा जितलाई लोकतान्त्रिक प्रक्रियासँग जोडेर हेरिनुपर्छ”– अध्यक्ष ओलीले भने । घोषणासभामा सो दललेपूरा पढ्नुहोस्


मतदाता शिक्षाको बहुभाषिक प्रसारणलाई सकारात्मक रूपमा ग्रहण गर्नुस् – निर्वाचन आयोग

local-elections-ballot-paper-voter-list

जेष्ठ २८, काठमाडौँ । स्थानीय तह निर्वाचनका क्रममा मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यले सरकारी कामकाजको नेपाली भाषाका अतिरिक्त अन्य राष्ट्र भाषामा समेत मतदाता शिक्षा सामग्री उत्पादन गरी व्यापक रुपमा प्रचारप्रसार भइरहेको निर्वाचन आयोगले जनाएको छ । संविधानसभाबाट जारी नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानेको जनाउँदै आयोगले सबै भाषिक समुदायप्रति सम्मान व्यक्त गर्दै सबै भाषाप्रति संवेदनशील रहेको जनाएको छ । सोही क्रममा मैथिली भाषामा तयार गरिएको मतदाता शिक्षा सामग्रीमा प्रयोग गरिएको ‘जनानी’ भन्ने शब्दले मैथिली समुदायका महिलाको अपमान भएको भन्ने गुनासोप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ । सम्बन्धित समुदायका मतदातालाई आफ्नै मातृभाषामा मतदाता शिक्षा दिने असल मनसायकापूरा पढ्नुहोस्


शान्तिको लागि ७३ वर्षीय रिटायर्ड सेना विश्व यात्रामा !

जेष्ठ २८, काठमाडौँ । शान्तिको कामना गर्दै एक वृद्ध विश्व भ्रमणमा निस्किएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका– ८ का ७३ वर्षीय दुर्गाबहादुर थापा गत वैशाख १ गतेबाट विश्व भ्रमणमा निस्किएका हुन् । सार्वजनिक यातायातको साधन प्रयोग गरी भारतहुँदै दक्षिण एसियाका विभिन्न देश भएर यूरोप र अमेरिका पुग्ने थापाको योजना रहेको छ । “विश्वमा व्याप्त अन्याय, अत्याचार र अशान्तिको अन्त्य होस भनेर भ्रमणमा निस्केको हुँ,” थापा भ्रमणको उद्देश्यबारे भन्छन् । नेपाली सेनाबाट सेवानिवृत्त थापा नेपालको राष्ट्रिय झन्डा बोकेर विश्व भ्रमणमा निस्किएका हुन् । उनले यात्रालाई सफल पार्न राष्ट्रिय वाणिज्य वैंक लगनखेल, ललितपुरको खाता नं ११२००२४५५११० मा आर्थिक सहयोगका लागि अनुरोध गरेका छन् ।


राजपा नेतृत्वको गठबन्धन चुनावमा सहभागी नहुने, आन्दोलनको घोषणा

जेष्ठ २८, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेतृत्वको सङ्घीय गठबन्धनले आफ्ना माग पूरा नभएको भन्दै स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने घोषणा गरेको छ । गठबन्धनको आज बसेको बैठकले निर्वाचन प्रभावित गर्ने गरी तेस्रो चरणको सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । गठबन्धनले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको विरोधका कार्यक्रमअनुसार जिल्ला सदरमुकाममा धर्ना, जुलुसदेखि आम हड्तालसम्मका कार्यक्रम छन् । यसबीचमा आफ्ना माग सम्बोधन भएको खण्डमा सहमतिमा आउन तयार रहेको गठबन्धनले जनाएको छ । सरकारले सो गठबन्धनलाई निर्वाचनमा सामेल गराउन मिति सार्नाका साथै निर्वाचनसम्बन्धी कानुन संशोधन गरेको थियो ।


भूकम्प प्रभावित ३१ जिल्लाको क्षति विवरण सार्वजनिक, कुन जिल्लामा कति घर क्षति ?

  पूर्णप्रसाद मिश्र जेष्ठ २८, काठमाडौँ । भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय निजी घरको क्षति मूल्याङ्कन गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १७ गरी ३१ जिल्लाको क्षतिको विवरण सङ्कलन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा सो क्षति मूल्याङ्कन गरिएको हो । क्षति भएका घरमा बस्ने १० लाख ३६ हजार ५६८ परिवारको जनसाङ्ख्यिक, सामाजिक र आर्थिक विवरण पनि सङ्कलन गरिएको विभागका निर्देशक ज्ञानेन्द्र बज्राचार्यले जानकारी दिए । पहिलो चरणमा भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट र रसुवा गरी ११ जिल्लामापूरा पढ्नुहोस्


भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम

जेष्ठ २८, काठमाडौँ । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश मङ्गलबारसम्म जारी रहने भएको छ । न्यायाधीश विश्म्वरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा आज पेसी तोकिएकामा हेर्न नभ्याइने भएपछि मङ्गलबार हेर्ने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले यही जेठ २२ गते भरतपुर महानगरपालिकाको वडा नं १९ मा आजसम्मका लागि आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । आयोगले यही जेठ २० गते सो वडामा पुनःमतदान गराउने निर्णय गरेको थियो । त्यसलाई कार्यान्वयन नगर्न आदेशपूरा पढ्नुहोस्


ठेकेदारले पैसा नपाएपछि बबई र कर्णाली तटबन्धको काम रोकियो

जेष्ठ २८, गुलरिया (बर्दिया) । निर्माण कम्पनीले बिलको भुक्तानी नपाएको भन्दै कर्णाली र बबई नदीमा तटबन्धको काम रोकेका छन् । निर्वाचन आचारसंहिता सुरु भएको भन्दै कर्णाली नदी व्यवस्थापन आयोजना र जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले भुक्तानी रकम नदिँदा ठेकेदार पक्षले काम रोकेका हुन् । तटबन्ध निर्माणमा सूर्य कन्स्ट्रक्सन, राजेन्द्र निर्माण सेवा, गजुरमुखी निर्माण सेवा, महादेव खिम्ती एण्ड मल्लदेवी ज्वाइन्ट भेन्चरलगायत कम्पनीले काम गरिरहेका छन् । निर्माण कम्पनीले बिलअनुसारको रकम नपाउँदा मजदुर, सवारी साधन, इन्धन, भौतिक सामग्रीलगायतको रकम भुक्तानी दिन नसकेको जनाएको छ । कार्यालयका अधिकृत ध्रुव पोखरेलले बजेट निकासा नहुँदा तटबन्धको काम प्रभावित बन्दै गएको बताए । बजेटको अभावमा काम गर्नेपूरा पढ्नुहोस्


पोखरामा भारतीय पर्यटक बढाउन सिधा हवाई सम्पर्क आवश्यक

  वासुदेव पौडेल जेष्ठ २८, सिलगुडी (भारत) । भारतको उत्तरपूर्वी क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीले नेपालको पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन सीमा क्षेत्रसँग जोडिएका विमानस्थलमा पोखराबाट सिधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा शनिबारदेखि उत्तरपूर्वी भारतमा सुरु भएको प्रवर्द्धनात्मक कार्यक्रमका क्रममा सिलगुडीमा आयोजित एक समारोहमा व्यवसायीहरूले पोखराबाट भारतका सीमानिजिकै रहेका विमानस्थलमा सिधा हवाई सम्पर्क हुनुपर्ने बताएका हुन् । कार्यक्रममा इस्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एसोसिएसनका अध्यक्ष सम्राट सन्यालले पोखरा आफैँमा सुन्दर नगरी भएको बताउँदै यसको समग्र विकासका लागि पर्यटन सम्बद्ध संस्था र यहाँका व्यवसायी अग्रसर बन्नुपर्नेपूरा पढ्नुहोस्


बेनी अस्पतालमा अर्को दुर्लभ शल्यक्रिया, पाठेघरबाहिरको गर्भको सफल शल्यक्रिया

  ध्रुवसागर शर्मा जेष्ठ २८, बेनी (म्याग्दी) । म्याग्दीको बेनी अस्पतालमा चिकित्सा क्षेत्रमा नै दुर्लभ मानिएको पाठेघर बाहिर नफुटेको अवस्थामा रहेको गर्भको सफल शल्यक्रिया गरिएको छ । मङ्गला गाउँपालिका बरञ्जाकी ३० वर्षीया एक युवतीको पाठेघर बाहिर रहेको गर्भ अस्पतालका डा. घिरेन मल्लसहितको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेर बाहिर निकालेको हो । तीनवर्ष अगाडि विवाह गरेकी युवतीको पाठेघरभित्र रहेको गर्भ गत चैत ३० गते खेर गएपछि निराश भएर घरमै बसेको अवस्थामा तीनदिनदेखि लगातार दाहिने कोखो दुख्न थालेपछि बेनी अस्पतालमा भर्ना भएकी थिइन् । एपेन्डिक्स भएको अनुमान गरिएपनि भिडियो एक्स–रेको क्रममा पाठेघर बाहिर १३ हप्ताको गर्भ देखिएपछि तत्कालै चिकित्सकको टोली इमर्जेन्सी बैठकपूरा पढ्नुहोस्