Main Menu

Friday, June 23rd, 2017

 

‘जीवनकै बाजी राखेर यात्रा कहिलेसम्म गर्ने ?’

नारायण ढुँगाना चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत घुमाउनेमा गत चैत २१ गते सुख्खा चट्टाने पहिरो खस्यो । गन्तव्यमा हिँडिरहेकामध्ये पहिरोमा पुरिएर बा १० प ४८४४ नम्बरको मोटरसाइकल चालक लमजुङ सुन्दरबजारका ४५ वर्षीय रेशमराज रानाको मृत्यु भयो । छोरा सन्दिप घाइते भए । सँगै आउँदै गरेको ना ४ ख ५४१९ नम्बरको ट्याङ्करका सहयोगी चालक भारतको बेतियाका २५ वर्षीय विनयकुमार कोइरीको मृत्यु भयो । चालक पर्सा लक्ष्मनुवा १८ का ३६ वर्षीय बनु पटेल घाइते बने । घटनामा रा १ ख ७७९ नम्बरको मिनि ट्रक, बा १६ च ३९०७ नम्बरको कार र ना ६ ख ६६६४ नम्बरको ट्रक परेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयपूरा पढ्नुहोस्


४८ घन्टाका लागि सीमानाका पूर्णरुपमा बन्द

  असार ९, कैलाली । दोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर असार १२ गतेदेखि ४८ घन्टाका लागि नेपाल–भारत सीमानाका पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । भारतको पलियामा बिहीबार बसेको नेपाल–भारत सीमा सुरक्षा बैठकले स्थानीय तहको चुनावलाई ध्यानमा राखी ४८ घन्टाका लागि सीमानाका बन्द गर्ने निर्णय लिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । उक्त बैठकमा नेपालका तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनचन्द ठकुरीलगायतको सहभागिता रहेको थियो ।


काठमाडौँका विद्युतीय संरचना अब जमिनमुनि !

ktm-managing-wires

रमेश लम्साल असार ९, काठमाडौँ । काठमाडौँ उपत्यकाको सहरी सौन्दर्य बिगार्ने प्रमुख कारकका रुपमा रहेका विद्युतीय संरचना क्रमशः भूमिगत हुने भएका छन् । सरकारले सहरी सौन्दर्य बढाउने र विद्युतीय संरचनालाई क्रमशः भूमिगत गरेर सुरक्षित रुपमा विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ सो कार्ययोजना अगाडि बढाएको हो ।  दुर्घटना कम गर्न र सहरी सौन्दर्य बढाउने लक्ष्यका साथ लामो समयदेखि चर्चा भए पनि काम अगाडि बढ्न नसकेको सन्दर्भमा पछिल्लो पटक ऊर्जा मन्त्रालयले पाइलट प्रोजेक्टका महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रको विद्युतीय संरचना भूमिगत गर्न लागेको हो । एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा विद्युत् प्रसारण वितरण कार्यदक्षता अभिवृद्धि आयोजनाअन्तगर्त विद्युत् प्रणाली भूमिगतपूरा पढ्नुहोस्


मजदुरले व्यवसायीलाई घराबन्दी, व्यवसायीले डिभिजन सडक कार्यालयमा तालाबन्दी

  असार ९, दोलखा । मजदुरले निर्माण व्यवसायीलाई घेराबन्दी गरेपछि निर्माण व्यवसायीले सदरमुकाम चरिकोटमा रहेको डिभिजन सडक कार्यालयमा तालाबन्दी गरेका छन् । निर्माण व्यवसायीले काम सम्पन्न गरे पनि डिभिजन सडक कार्यालयले रकम नदिएपछि निर्माणमा संलग्न मजदुरले आफ्नो पारिश्रमिक पाउन सकेका छैनन् । मजदुरले निर्माण व्यवसायीलाई दबाब दिएपछि निर्माण व्यवसायीले सडक कार्यालयमा तालाबन्दी गरेका हुन् । काम सम्पन्न गरेको महिनौँ बितिसक्दासमेत डिभिजन सडक कार्यालयले रकम नदिएपछि मजदुरबाट आफूहरु घेराबन्दी परेका निर्माण व्यवसायी सङ्घ दोलखाका सचिव राजेश थापाले बताए । उनले सडक कार्यालयका प्रमुख इन्जिनियर अशोक तिवारीले कुनै वास्ता नगर्दा समस्या उत्पन्न भएको बताए । डिभिजन सडक कार्यालयका प्रमुख तिवारी विभागबाट रकमपूरा पढ्नुहोस्


काठमाडौँका ४१ स्थानमा युरिनल निर्माण गरिने

असार ९, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ४१ स्थानमा पिसाब घर (युरिनल) निर्माण गर्ने भएको छ । महानगरभित्र रहेका सार्वजनिक शौचालय अव्यवस्थित तथा फोहर भएर यात्रुले प्रयोग गर्न सक्ने स्थिति नरहेकाले महानगरपालिकाले व्यवस्थित र सफा शौचालय निर्माणको तयारीस्वरुप ४१ स्थानमा युरिनल निर्माण गर्न लागेको हो । महानगरपालिकाको कार्यभार सम्हालेको केही दिनमै ‘क्लिन द सिटी’ अभियान सुरु गरेको महानगर प्रमुख विद्या सुन्दर शाक्यले अहिले व्यवस्थित शौचालय निर्माणको तयारी थालेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । सडक यात्रुलाई लक्षित गर्दै चोकचोकमा युरिनल बनाउन लागिएको प्रवक्ता कार्कीको भनाइ छ । युरिनल निर्माणका लागि दुईवटा कम्पनीले आवेदन दिएका छन् । अहिले ती आवेदनकोपूरा पढ्नुहोस्


पनिकाको लापर्बाही – परीक्षा नदिएको विषयमा परीक्षाफल आयो

रमेश गिरी असार ९, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयको लापर्बाहीका कारण उच्च शिक्षा अध्ययन गर्न केही विद्यार्थी अन्यौलमा परेका छन् । कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजामा विषय परिवर्तन भएर नतिजा आएपछि कार्यालयमा सच्याउन आवेदन दिनेको भीड लागेको छ । भक्तपुरको कमलविनायकस्थित मनकामना इङ्लिस सेकेन्डरी स्कुलका विद्यार्थीले आफूले नपढेको र परीक्षा नदिएको विषयको नतिजा आएपछि उनीहरुको भविष्य अन्यौल बनेको प्रधानाध्यापक श्रीराम आचार्य बताउँछन् । सो विद्यालयबाट एसईई परीक्षा दिएका सिम्बोल नम्बर ०२८४५६४ T का सन्देश साङमी, सिम्बोल नम्बर ०२८४५६५ G का सृष्टि शाक्य र सिम्बोल नम्बर ०२८४५६६ K का सीतारा तजलेको यस्तो नतिजा आएकोपूरा पढ्नुहोस्


कञ्चनपुरमा ६६, पाल्पाका १८ मतदानस्थल अतिसंवेदनशील

  असार ९, कञ्चनपुर । कञ्चनपुरका ६६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएका छन् । जिल्ला सुरक्षा समितिले भारतसँग सीमा जोडिएका मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखी सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको हो । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसैअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर दाहालले बताए । उनका अनुसार १३२ मतदानस्थलमध्ये ६६ लाई अतिसंवेदनशील, २६ लाई संवेदनशील र ४० लाई सामान्यको सूचीमा राखिएको हो । “भारतसँग सीमा जोडिएका महाकाली नगरपालिका, बेलडाँडी गाउँपालिका, भीमदत्तनगरपालिका, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रका अधिकांश मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ” – उनले भने । आपराधिक गतविधिपूरा पढ्नुहोस्


हकिङ्गको आँखामा आइन्स्टाइन

तुल्सीदास महर्जन वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई महान बनाएको सिद्धान्त हो, ‘सापेक्षताको सिद्धान्त’ । उनले त्यही प्रख्यात सिद्धान्तको आविष्कार गरेको पनि ११२ वर्ष बितिसकेको छ । आइन्स्टाइनले प्रतिपादन गरेको दुईवटा सापेक्षताको सिद्धान्तमध्येको पहिलो, विशेष सापेक्षतावादको सिद्धान्तले सन् २००५ मा सय वर्ष पार गरेको थियो भने दोस्रो, सामान्य सापेक्षतावादको सिद्धान्तले सन् २०१५ मा सय वर्ष पार गरेको थियो । संयुक्त राष्ट्र संघले विशेष सापेक्षतावादको सिद्धान्तले सय वर्ष पार गरेको उपलक्ष्यमा सन् २००५ लाई भौतिकशास्त्र दिवस तथा आइन्स्टाइन वर्ष घोषणा गर्दै त्यस सन्दर्भलाई जोड्न सोही वर्षमा विश्वभर बिभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो । हुन त आइन्स्टाइनले सन् १९०५ मा एकैसाथ त्यति नै महत्वका भौतिकपूरा पढ्नुहोस्


इलाममा उम्मेदवार राई वेपत्ता

धनगढीमा उम्मेदवारको घरमा बम विस्फोट

असार ९,  धनगढी । कैलालीको गोदावरी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका प्रत्याशी गोकर्ण भट्टको निवासमा गए राति अज्ञात समूहले बम विस्फोट गराएको छ । अत्तरिया बजारमा रहेको भट्टको घर परिसरमा राति पौने ३ बजेको समयमा भएको विस्फोटबाट उहाँको घरका झ्यालका सिसा फुटेको र ढोकामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए । विस्फोटन गराउने समूहको खोजी भइरहेको बुढाले बताए । भट्ट नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता एवम् ७ नं प्रदेश प्रमुख लेखराज भट्टका भाइ हुन् । त्यस्तै गरी इलाम नगरपालिका–१२ का वडाध्यक्ष पदका उम्मेदवार नारायण राई बेपत्ता भएको एकसाता बिते पनि उनको अवस्था अझै अज्ञातपूरा पढ्नुहोस्


युवतीलाई सामूहिक बलात्कार गरेका चार युवक पक्राउ

असार ९, गौशाला । महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ मा एक युवतीलाई सामूहिक बलात्कार गरेका चारजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिल साह, २० वर्षीय अनिकेत यादव, २१ वर्षीय रमेश पञ्जियार र २० वर्षीय सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए । गत जेठ २८ गते राति करिब ८ बजेको समयमा औरही बजारबाट फुल्बरिया गाउँतिर एक्लै जाँदै गरेकी २१ वर्षीया एक युवतीलाई औरही बजारदेखि ९०० मिटर आँपको बगैँचामा ढुकेर बसेका चारैजना युवाले रोकेर खेतमा लगी पालैपालो जबर्जस्ती करणी गरेको प्रहरी उपरीक्षक लम्सालले बताए । सामूहिक बलात्कारमा संलग्न युवापूरा पढ्नुहोस्