Main Menu

Wednesday, June 7th, 2017

 

सुरक्षा सङ्गठनको नीति निर्माण र पुनःसंरचनालाई प्राथमिकता दिनेछु – गृहमन्त्री शर्मा

जेष्ठ २४, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले सुरक्षा सङ्गठनमा देखिएका समस्याहरु निराकरण गर्न सिपाहीसम्मको सुझाव लिएर आवश्यक नीति निर्माण र सङ्गठनको पुनःसंरचना गरिने बताएका छन् । आज गृहमन्त्रालयमा पद बहालीपछि कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले भने – “तपाईंहरुको इमान्दारितालाई सम्पूर्ण रुपमा जनताको सेवामा प्रयोग गर्नेछु । गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रय अनुसन्धान विभागलाई राजनीतिक उद्देश्यका लागि चलखेल गर्ने, सरकारको नीति र योजना कार्यान्वयनमा भेदभाव गर्ने र अनुशासन तोड्ने कार्यमा छुट दिने छैन ।” गृहमन्त्री शर्माले सुरक्षा निकायको चेन अफ कमाण्डमा कडाइ गरिने तथा प्रचारबाजी गर्ने, वक्तव्य दिने, अनावश्यक अन्तर्वार्ता दिने जस्ता प्रवत्तिको अन्त्य गरिने प्रष्ट पारेपूरा पढ्नुहोस्


इरानको संसद र सर्वोच्च नेताको घरमा गोली प्रहार, १२ को मृत्यु

जेष्ठ २४, तेहरान । इरानको संसद भवन र सर्बोच्च नेता आयातुल्लाह खोमेनीको प्रार्थनास्थलमा बुधबार गोली प्रहार हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । आतङ्ककारी आक्रमणमा परी अन्य ३९ जना घाइते भएको इरानको आपत्कालीन प्रमुखलाई उद्धृत गर्दै अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सीले जनाएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालहरूमा उपचार गराइएको छ । हतियारधारी व्यक्तिगत संसद भवनभित्र छिरेर गोली प्रहार गरेको एक सांसदले जानकारी दिएका छन् । संसदको बैठक सकिएपछि आक्रमण भएको उनको भनाई छ । राजधानी तेहरानबाट केही किलोमिटर दक्षिणमा रहेको खोमेनीको प्रार्थनास्थलमा पनि उही समयमा आक्रमण भएको अधिकारीहरूले बताएका छन् ।


गाउँगाउँमा मतदाता शिक्षाका लागि स्वयम्सेवक

thirty-one-parties-jhapa-2nd-phase

जेष्ठ २४, बैतडी । असार १४ हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पुनः बैतडीमा मतदाता शिक्षाका लागि स्वयम्सेवक र मतदाता शिक्षा कार्यकर्ता गाउँगाउँमा परिचालन गरिएका छन् । जिल्ला निर्वाचन कार्यालय, बैतडीका अनुसार तालिम प्राप्त गरेका १७४ जना स्वयम्सेवक र मतदाता शिक्षा कार्यकर्तालाई मतदाता शिक्षा सामग्रीसहित मतदाताको घरदैलोमा पठाइएको छ । “४ नगरपालिका र ६ गाउँपालिकाका ८४ वटा वडाका मतदातालाई मतदाता शिक्षा प्रदान गर्न स्वयम्सेवक र मतदाता शिक्षा कार्यकर्तालाई घरदैलोमा पठाएका छौँ”– जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुयालले भने । मतदाता शिक्षाका लागि परिचालितलाई निर्वाचनबारे जानकारी दिनका लागि हाते पुस्तिका, स्रोत पुस्तिका, पर्चा–पम्प्लेट र नमुना मतपत्रसहित सम्बन्धित गाउँपालिका र नगरपालिकामापूरा पढ्नुहोस्


शिक्षकलाई पढाउन मात्र लगाउने काम नै चुनौतीपूर्ण – उपप्रम श्रेष्ठ

  प्रकाश सिलवाल जेष्ठ २४, काठमाडौँ । “शिक्षकले आफ्नो मूल पेसा छाडेर अरु-अरु पेसा पनि गरेको देख्छु । यस्तो समस्याका कारण शिक्षा क्षेत्र जर्जर बनेको छ । पढाउन गए पनि हुने र नगए पनि हुने प्रवृत्तिलाई चिन्नुपर्छ । अर्काेतिर गुरुको सम्मानमा पनि ह्रास आएको छ । उस्तै परे शिक्षक र विद्यार्थी सँगै चुरोट र रक्सी खाइरहेका भेट्टाउन सकिन्छ ।” उपप्रधान एवम् शिक्षामन्त्रीको पद बहाली गरेपछि मन्त्री गोपालमान श्रेष्ठले भनेको भनाइ हो यो । पद बहालीपछि सिंहदरबारस्थित मन्त्रालयमा आयोजित स्वागत समारोहमा उपप्रधानमन्त्री श्रेष्ठले गुणस्तरीय शिक्षा पूर्तिका लागि शिक्षकको भूमिका प्रमुख रहेको औँल्याउँदै सामुदायिक विद्यालयमा माविसम्म निःशुल्क व्यवस्था गरिए पनि विद्यार्थी महङ्गोपूरा पढ्नुहोस्


प्रधानमन्त्री देउवाद्वारा शपथ

जेष्ठ २४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएकी छन् । व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनले कुल उपस्थित ५५८ मतमध्ये ३८८ मत प्राप्त गरेका थिए । यसअघि देउवा विसं २०५२ भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए । यसपछि २०५८ साउन ११ गते दोस्रो पटक र २०६१ साल जेठ २० गते तेस्रो पटक उनी प्रधानमन्त्री बनेका थिए । नवनिर्वाचित प्रधानमन्त्री देउवाले ईश्वर, देश र जनताको नाममा शपथ लिएका छन् । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्रीपूरा पढ्नुहोस्


७ सदस्यीय मन्त्रिपरिषद् गठन

जेष्ठ २४, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्रीसहित ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नवगठित मन्त्रिपरिषद्मा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित क्रमशः सङ्घीय मामिला तथा स्थानीय विकास, परराष्ट्र र शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी, प्रधानमन्त्रीले अर्थमन्त्रालयको कार्यभार ज्ञानेन्द्रबहादुर कार्कीलाई, श्रमको जिम्मेवारी फरमुल्हा मन्सुरलाई, गृहको जनार्दन शर्मालाई र प्रभु साहलाई बिनाविभागीय मन्त्री तोकेका छन् ।


बाटोमा भेटियो दुर्लभ जन्तु सालक, प्रहरीलाई जिम्मा लगाइयो

जेष्ठ २४, पाँचथर । विश्वमै लोपोन्मुख जङ्गली जनावरको सूचीमा रहेको सालकको लुकिछिपी चोरी सिकारी गर्ने क्रम बढ्दो अवस्थामा रहेको बेला पाँचथरका एक युवाले भने बाटोमा भेटेको सालक प्रहरीलाई जिम्मा लगाएका छन् । फालेलुङ गाउँपालिका–५, लुङमादिनका सन्दिप थाम्सुहाङले सोमबार साँझ बाटोमा भेटेको सालक मङ्गलबार प्रहरीलाई जिम्मा लगाएका हुन् । सदरमुकाम फिदिमदेखि घर फर्किने क्रममा साँझ ६ बजेतिर थाम्सुहाङले फालेलुङ गाउँपालिका–७, थोक्पनमा उक्त सालक भेटेका थिए । मानिस देखेपछि गोलो बनेर बाटोमै बसेको सालकलाई थाम्सुहाङले घरमा लगी प्राङ्बुङ प्रहरी चौकीमा खबर गरी जिम्मा दिएका हुन् । भाले जातको उक्त सालकलाई जिल्ला वन कार्यालय पाँचथरसँग परामर्श गरी जङ्गलमा छोड्ने वा के गर्ने भन्नेबारे निर्णयपूरा पढ्नुहोस्


महरा उपप्रधान तथा परराष्ट्रमन्त्री र शर्मा गृहमन्त्री

जेष्ठ २४, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को तर्फबाट कृष्णबहादुर महराले सरकारको नेतृत्व गर्ने भएको छ । माओवादी केन्द्रको आज बसेको हेडक्वार्टरको बैठकले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारमा महरालाई उपप्रधान तथा परराष्ट्र र जनार्दन शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी दिइने निर्णय गरेको छ । यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महरा उपप्रधान तथा अर्थ र शर्मा उर्जा मन्त्री थिए । बैठकले प्रभु साहलाई पछि मन्त्रालय टुङ्ग्याउने गरी सरकारमा पठाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।


ट्राफिक प्रहरीको राजस्व सङ्कलन रु. ३० करोड !

जेष्ठ २४, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म रु. ३० करोड ३० लाख ५२ हजार ९०० राजस्व सङ्कलन गरेको छ । महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउनेलगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त राजस्व सङ्कलन गरेको हो । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले ५ लाख ४६ हजार ५६० सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन भएको जानकारी दिए । यस्तै, महाशाखाले जेठ १६ गतेदेखि जेब्रा क्रसिङबाट बाटो नकाटी अन्य स्थानबाट बाटो काट्ने पैदलयात्रुलाई जरिवाना गर्दै आएको छ । महाशाखाले अवैधरुपमा बाटो काट्ने पैदलयात्रुलाईपूरा पढ्नुहोस्


हावर्ड विश्वविद्यालयले नेपालको नीतिनिर्माणमा सहयोग गर्ने

जेष्ठ २४, वासिङ्गटन डिसी । नेपालको नीतिनिर्माणमा तथ्याङ्क र प्रमाणीकरण दस्तावेजको अधिकतम उपयोग गर्ने विषयमा कार्यक्रम सञ्चालन गर्न विश्व प्रतिष्ठित हावर्ड विश्वविद्यालयले साझेदारी गर्ने भएको छ । दक्षिण एसियामा प्रमाणसहितको तथ्याङ्कमा आधारित नीतिनिर्माणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको उक्त विश्वविद्यालयले नेपालमा पनि दिगो विकासका लागि अनुसन्धानात्मक तथ्याङ्कलाई वढी उपयोगी बनाउन पहल गर्ने भएको अमेरिकामा सोमबार र मङ्गलबार आयोजित कार्यक्रममा सहभागी योजना आयोगका पूर्वउपाध्यक्ष डा. शङ्कर शर्माले जानकारी दिए । अब विश्वविद्यालयले सरकारी निकाय समेतको समन्वयमा दिगो विकासका लागि तथ्याङ्कमा आधारित दस्तावेजलाई प्रयोग गरेर यसलाई वढी उपयोगी बनाउन पहल गर्नेछ । “यसअगाडि भारत, पाकिस्तान र बङ्गलादेशमा यस्तो कार्यक्रम सञ्चालनसमेत गरिसकिएकाले उनीहरुको अनुभवपूरा पढ्नुहोस्