Main Menu

Thursday, June 15th, 2017

 

प्रदेश नं २ को निर्वाचन सार्ने निर्णयप्रति एमालेको आपत्ति

uml-deny-local-level-increment

  असार १, काठमाडौँ । नेकपा (एमाले)ले यही असार १४ गतेका लागि प्रदेश नं १, २, ५ र ७ मा निर्धारित स्थानीय निर्वाचनमध्ये प्रदेश नं २ को निर्वाचन पछाडि सार्ने निर्णयप्रति आपत्ति प्रकट गरेको छ । पार्टीका सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा पटकपटकका वार्तामा आफ्नो दलले कुनै पनि हालतमा निर्वाचन सार्न नहुनेमा जोड दिँदै आएको बताउँदै २ नं प्रदेशको निर्वाचन पछाडि सार्ने निर्णयप्रति आपत्ति प्रकट गरेका छन् । सुरुमा एकै चरणमा गत वैशाख ३१ का लागि निर्धारित मितिमध्ये चार प्रदेशमा जेठ ३१ मा निर्वाचन गर्ने निर्णयलाई नै पार्टीले शङ्काका दृष्टिले हेरेकोपूरा पढ्नुहोस्


संविधान संशोधनलाई अगाडि सारेर निर्वाचनलाई नबिथोलौं : एमाले

असार १, भक्तपुर । नेकपा (एमाले) स्थायी समिति बैठकले संविधान संशोधनको विषयलाई अगाडि सारेर निर्वाचन बिथोल्ने कार्य अराजनीतिक भएको निष्कर्ष निकालेको छ । भक्तपुरस्थित केपी ओली निवास बालकोटमा आज बसेको स्थायी कमिटीको बैठकले संविधान संशोधनको विवाद निकालेर निर्वाचन बिथोल्ने कार्य नगर्न राजपालाई आग्रह गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने – “संविधान संशोधनको विषय निर्वाचनसँग सम्बन्धित विषय होइन । यो अलग विषय भएकाले संविधान संशोधनलाई अगाडि सारेर निर्वाचन बिथोल्ने काम गर्नु हुँदैन ।” संवैधानिक आयोगको सिफारिसमा बनेको स्थानीय तहको सङ्ख्या र सीमाङ्कनको आधारमा पहिलो चरणको निर्वाचन सम्पन्न भएकोपूरा पढ्नुहोस्


प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गरिने

असार १, काठमाडौँ  । सरकारले राष्ट्रिय जनता पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागिताको सुनिश्चितताका लागि प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने भएको छ । प्रदेश नं १, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले २ नं प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्न सहमति जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सत्तारुढ दल र राजपाका शीर्ष नेताबीचको छलफलले अन्य प्रदेशमा असार १४ गते नै निर्वाचन गर्ने र प्रदेश नं २ मा निर्वाचन आयोगको परामर्शमा तेस्रो चरणमा गर्ने समझदारी भएको नेपाली काँग्रेसका नेता विमलेन्द्रपूरा पढ्नुहोस्


सरकार र दलहरु असार १४ मै चुनाव गराउन कटिवद्ध हुनुपर्छ–निर्वाचन आयोग

असार १, काठमाडौं । निर्वाचन आयोगले सरकार र दलहरु असार १४ को निर्धारित मितिमै स्थानीय तहको दोश्रो चरणको निर्वाचन गराउने कुरामा अडिग रहन जोड दिएको छ । आयोगको तर्फबाट उक्त सुझाव प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा आयोगका अधिकारीहरुले दिएका हुन् । उक्त छलफलपछि निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधिप्रसाद यादवले मंसिर १४ गतेको निर्वाचनलाई सुनिश्चित गराउन आयोगले गरेका सबै कामहरुमा सरकारले पूर्ण सहयोग गर्ने वचन दिएको बताए । “निर्वाचन आयोगले असार १४ गते निर्वाचन सम्पन्न गर्ने काममा प्रतिवद्ध भई कामहरु अगाडि बढाइसक्यो ।” प्रमुख आयुक्त डा.यादव भन्छन् । निर्वाचनको बेलापूरा पढ्नुहोस्


बन्दको निरन्तरताले धनुषाको जनजीवन कष्टमय

असार १, जनकपुरधाम, धनुषा । राष्ट्रिय जनता पार्टीको आह्वानमा जारी मधेस बन्दको कार्यक्रमले आज तेश्रो दिन पनि धनुषा बन्द भएको छ । र, यसले गर्दा धनुषावासीहरुको दैनिक जीवन निकै कष्टमय बनेको छ । बन्दका कारण शैक्षिक संस्था, उद्योग, बैंकलगायत शहरका सम्पूर्ण बजार ठप्प भएको छ । बन्दमा ई–रिक्सा, साइकल र मोटरसाइकललाई छुट दिइएको छ । बन्दले सरकारी कार्यालयहरुलाई प्रभावित तुल्याएको छ । सरकारी कार्यालयहरुमा कर्मचारीहरु सेवाग्राहीहरु पर्खेर बसे पनि न्यून सङ्ख्यामा मात्र सेवा प्राप्त गर्न मानिसहरु त्यहाँ पुग्ने गरृेको कार्यालय स्रोत बताउँछ । आमहडतालको प्रभाव शहरको तुलनामा ग्रामीण क्षेत्रमा कम मात्र परेको स्थानीयहरु बताउँछन् ।


निर्वाचनमा भाग लिनका लागि मधेसमैत्री संविधान वटम लाइन– अनिल झा

असार १, गौशाला । संविधानलाई मधेसमैत्री नबनाईंदासम्म आफूहरुले स्थानीय तहको चुनावमा भाग नलिने कुरा राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले बताएका छन् । उक्त कुरा हिजो जेठ ३१ गते महोत्तरीको सदरमुकाम जलेश्वरमा भएको एक प्रेस भेटघाट कार्यक्रममा उनले बताएका हुन् । उनले मधेस र मधेसी जनताको हक अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन नगरिँदासम्म मधेसमा चुनाव हुन नसक्ने चेतावनी पनि दिए । नेता झाले मधेसमा जनसङ्ख्याको आधारमा स्थानीय तहको सङ्ख्या वृद्धि र बजेट छुट्याउने सुनिश्चितता सरकारले गर्नुपर्ने माग गरे । राजपा चुनावविरोधी होइन, तर मधेसमैत्री संविधानका लागि संविधान संशोधनको विकल्प सरकारसँग नरहेको उनले औंल्याए । नेता अनिल झाले राजपाको मागपूरा पढ्नुहोस्


हेटौंडा–काठमाडौं सडक स्तरन्नोति युद्ध स्तरमा

असार १, हेटौंडा । हेटौंडा–फर्पिङ–काठमाडौं सडकको कुलेखानीदेखि हुमानेभञ्ज्याङ्गसम्मको १५.६ कि.मि. लामो खण्डको स्तरन्नोतिले गति लिएको छ । विश्व बैंकको अनुदान सहयोगमा कुलेखानी र फर्पिङ हुँदै हेटौंडाबाट काठमाडौं पुग्ने सडक फराकिलो पार्ने तथा स्तरन्नोति गर्ने कार्य धमाधम हुँदैछ । मकवानपुर जिल्ला समन्वय समितिको निगरानीमा हुँदै गरेको सडक विस्तार परियोजना अन्तर्गतको सो कामको हालसम्म ७५ प्रतिशत काम पूरा भइसकेको इञ्जिनियर ललित कुमार चौधरीले मिडियालाई बताए । इञ्जिनियर चौधरीले जानकारी दिए अनुसार हुमानेभञ्ज्याङदेखि फाखेलसम्मको ६ कि.मि. सडक खण्डमा कालो पत्र राख्ने काम विश्व बैकको १३ करोड १३ लाख रुपिँया सहयोग अनुदानमा सम्पन्न हुँदैछ । ७५.६ कि.मि. लामो हेटौंडा–काठमाडौं सडकको स्तरन्नोतिको काम सम्पन्न भएपछिपूरा पढ्नुहोस्


चार दलको बैठक निष्कर्षविहीन

असार १,  काठमाडौँ  । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहित मुख्य तीन दल र राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संविधान संशोधन, स्थानीय तहको सङ्ख्यामा वृद्धि र राजपालाई निर्वाचनमा सहभागी गराउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न हिजो बेलुका बसेको बैठक बिहीबार पुनःबस्ने गरी बिनानिष्कर्ष टुङ्गिएको हो । बैठकमा (एमाले) ले असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सार्न नहुने स्पष्ट धारणा राखेको नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । “छलफल राजपालाई पनि चुनावमा सहभागी गराउने सम्भावनाका विषयमा नै केन्द्रित थियो, तर बिहीबार १० बजेपूरा पढ्नुहोस्