Main Menu

Tuesday, June 6th, 2017

 

नवनिर्वाचित प्रधानमन्त्री देउवालाई चीनको बधाई

train-road-agreement-proposal-china

जेष्ठ २३, काठमाडौँ । नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा चीनले बधाई दिएको छ । नेपालका लागि चिनियाँ राजदूत यु होङ आज साँझ देउवाको निजी निवास बुढानिलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा उनलाई चिनियाँ सरकारकातर्फबाट शुभकामना व्यक्त गरेको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए । सो अवसरमा राजदूत होङले नेपाल–चीन सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाको सफल कार्यकालको कामना गरे । जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले नेपाल–चीनबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गरेका थिए ।


मैत्रीपूर्ण खेलमा भारतद्वारा नेपाल २-० ले पराजित

जेष्ठ २३, काठमाडौँ । भारतको मुम्बाई फुटबल एरेनामा आज साँझ भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भारतद्वारा नेपाल २–० ले पराजित भएको छ । फिफा वरियताको १०० औँ स्थानमा उक्लेपछि आफ्नो पहिलो खेल खेलेको भारतले दुबै गोल दोस्रो हाफमा गरेको यो । भारतको लागि ६० औँ मिनेटमा सन्देश झिङ्गनले पहिलो गोल गरेका थिए भने ७८ औँ मिनेटमा जेजे लालपेख्लुले गोल थप्दै अग्रता दोब्बर पारेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा उत्कृष्ट मौकालाई नेपाली फर्वार्ड अन्जन विष्टले गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ ०–० मा सकिएको थियो । सन्देश झिङ्गनको गोलपछि ६८ औँ मिनेटमा नेपालका कप्तान विराज महर्जनलाई भारतीय फर्वार्डलाई लडाएबापत रेफ्रिलेपूरा पढ्नुहोस्


नवनिर्वाचित प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीद्वारा बधाई

जेष्ठ २३, काठमाडौँ । नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई टेलिफोन गरेर उनको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल–भारतको सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे । देउवा निकट पत्रकार तथा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलका अनुसार भारतीय प्रधानमन्त्री मोदीले देउवाको नेतृत्वमा नेपालमा शान्ति, समृद्धि तथा प्रगतिको कामना गरेका थिए । जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गरेका थिए ।


गैरकानुनीरुपमा सञ्चालित फार्मेसी कानुनी कारबाहीमा

जेष्ठ २३, काठमाडौँ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले काठमाडौँको विभिन्न औषधि पसल तथा अस्पतालको अनुगमन गरी गैरकानुनीरुपमा सञ्चालित फार्मेसीलाई आज कानुनी कारबाही गरेको छ । विभागको अनुगमन टोलीका संयोजक श्रीप्रसाद अधिकारीको नेतृत्वमा रहेको उपभोक्ता मञ्च, जनस्वास्थ्य कार्यालय, सुरक्षाकर्मी, औषधि व्यवस्था विभागका प्रतिनिधि तथा सञ्चारकर्मी सम्मिलित सो टोलीले मध्यबानेश्वरमा रहेको भेनस हस्पिटल प्रा.लि.को प्राङ्गणमा रहेको भेनस फार्मेसीको सञ्चालनमा रोक लगाउनाका साथै सिलबन्दी गरिदिएको छ । टोलीले सो फर्मेसीको दर्ता प्रमाणपत्रको नवीकरण ३ महिनादेखि नभएको, मूल्य नियन्त्रणभित्र पर्ने ग्रासिड नामक औषधि रु. ६० पर्नेमा रु. १२० मा बिक्री गरिरहेको, म्याद गुज्रेको औषधिलाई मितिको अंश हटाईपूरा पढ्नुहोस्


देउवा नयाँ प्रधानमन्त्री

जेष्ठ २३, काठमाडौँ । व्यवस्थापिका–संसद्ले आज नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । संसद्को आजको दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक मात्र उम्मेदवार देउवाले ३८८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनको विपक्षमा १७० मत परेको थियो । एक मात्र उम्मेदवार भए पनि प्रधानमन्त्री चयनका लागि हाल कायम सांसदको ५० प्रतिशतभन्दा बढी मत ल्याउन आवश्यक भएकाले मत विभाजन भएको हो । हाल संसद्मा कायम कुल ५९३ सांसद रहेकामा आजको मतदानमा ५५८ ले भाग लिएका थिए । ‘सभापति देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस्’ भनी प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेपूरा पढ्नुहोस्


काँग्रेसको नेतृत्वमा मुलुकलाई निकास र विकास – पौडेल

uml-insisting-poudel

जेष्ठ २३, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई निकास र जनतालाई विकास दिन आवश्यक भएकाले नयाँ बन्ने सरकारले त्यो चाहना पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै उnले आफ्नो पार्टी २००७ सालको परिवर्तनको सूत्रपात गर्ने पार्टी भएको र अहिले त्यसलाई पूर्णता दिने क्रम चलेको सन्दर्भमा नयाँ सरकारले आर्थिक विकासलाई तीव्रता दिने बताए । “राष्ट्रलाई एउटा व्यवस्था दिने र मुलुकको समृद्धि गर्ने अहिलेको आवश्यकता हो ।” नेता पौडेलले भने, “काँग्रेस स्पष्ट सोचका साथ मुलुकको विकासलाई अगाडि बढाउन चाहन्छ । विपी कोइराला र गणेशमान सिंहले कोरेको बाटोलाईपूरा पढ्नुहोस्


सभापति देउवाबाट प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत

जेष्ठ २३, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा नयाँ प्रधानमन्त्री चयनको निर्वाचनको प्रक्रिया सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पदका लागि उम्मेदवारीको सूचना दिने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)सँगको समझदारीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएपछि आफूले उम्मेदवारी दिएको बताए । देउवाले तोकिएको समयमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन र अन्य तहका निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन आचारसंहितालाई प्रतिकूल असर नपार्ने गरी पुरानै नीति कार्यक्रम र बजेटलाई निरन्तरता दिइने धारणा व्यक्त गरे । सभापति देउवाले निर्वाचनमा सबै पक्षलाई समावेश गर्ने वातावरण मिलाउने र मधेसकेन्द्रित दलको मागबमोजिम ल्याइएको संविधान संशोधन विधेयक पारित गर्न प्रमुख प्रतिपक्षी दल नेकपापूरा पढ्नुहोस्


प्रमुख राजनीतिक दलबीच सहमति आवश्यक छ – ओली

जेष्ठ २३, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलको सहमति एवम् राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर सदनको अवरोध खुलेको बताएका छन् । संसद्को आजको बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुनुपूर्व आफ्नो धारणा राख्दै उनले पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भए पनि दोस्रो चरणको निर्वाचन अगाडि बढाउने र प्रदेश तथा केन्द्रीय संसद्को निर्वाचन गराउने लक्ष्यका साथ सबै पक्ष सहमतिमा आएको उल्लेख गरे । ‘स्थानीय तहको पहिलो चरणमा सत्ता पक्षबाट भएका धाँधली, बुथ कब्जा, मतपत्र च्यात्ने’ जस्ता कार्य रोकिनुपर्ने भन्ने आफूहरुको माग रहेको बताउँदै उनले आफूहरुको मागबमोजिम नै गठन हुन लागेको संसदीय समितिले महत्वपूर्ण काम गर्नेपूरा पढ्नुहोस्


राजपा र समाजवादी फोरमसँग तीनबुँदे सम्झौता

जेष्ठ २३, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ । संविधान संशोधनलगायत तीनबुँदे सहमतिसँगै राजपाले प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा सभापति देउवालाई समर्थन गर्ने निर्णय गरेको हो । उक्त सहमतिपत्रमा काँग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजपाका अध्यक्षमण्डलका नेता महेन्द्र राय यादव, शरत्सिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेका छन् । अघिल्लो सरकार गठनका बेला भएको तीनबुँदे सहमति कार्यान्वयनको प्रतिबद्धता, सङ्घीय आयोग गठन, संविधान संशोधन, मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, घाइतेलाई उपचार र पीडितलाई क्षतिपूर्तिकापूरा पढ्नुहोस्


मेलम्ची आयोजना समयमै सक्न आग्रह

जेष्ठ २३, काठमाडौँ । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले मेलम्ची आयोजनालाई समयमा सक्नका लागि कुनै पनि पक्षलाई ढिलासुस्ती नगर्न आग्रह गरेका छन् । मन्त्रालयले आज मन्त्री तथा राज्यमन्त्रीको बिदाइका लागि आयोजना गरेको कार्यक्रममा काठमाडौँ उपत्यकामा छिटो खानेपानी ल्याउन तोकिएकै समयमा मेलम्ची आयोजना सक्न सम्बन्धित कर्मचारीलाई आग्रह गरेका हुन् । मन्त्री शाहीले खानेपानीका लागि सरकारले अहिले रु. २२ अर्ब छुट्याएको जानकारी दिँदै सबै नेपालीलाई तत्काल खानेपानी पुर्याउने हो भने रु. १ खर्ब लगानी गर्नुपर्ने बताए । उनले जनताको आधारभूत आवश्यकता पूरा गर्ने खानेपानी मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयसँग गाभे राम्रो हुने धारणा व्यक्त गरे । सो अवसरमा राज्यमन्त्री दीपक खड्काले प्रशासनिक क्षमता, कार्यदक्षतापूरा पढ्नुहोस्