Main Menu

Tuesday, June 20th, 2017

 

तातोपानी नाका शीघ्र सञ्चालन गर्न नेपाल र चीनले सहकार्य गर्ने

  असार ६, काठमाडौँ । भूकम्पका कारण अवरुद्ध भएको तातोपानी नाका शीघ्र सञ्चालन गर्न नेपाल र चीनले सहकार्य गर्ने भएका छन् । आज यहाँ सम्पन्न संयुक्त परामर्श संयन्त्रको एघारौँ बैठकमा उक्त नाका शीघ्र सञ्चालन गर्न दुवै मुलुकले मिलेर काम गर्ने भएको हो । बैठकमा नेपाल–चीन सम्बन्धका राजनीतिक, आर्थिक, जनस्तरको सम्बन्धलगायत समग्र पक्षमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार बैठकमा विशेषगरी दुई मुलुक बीचको राजनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने, उच्चस्तरीय भ्रमण र भेटघाटलाई थप विस्तार गर्ने, आर्थिक सम्बन्धलाई अझ बढी सुदृढ बनाउने, व्यापार, पर्यटन प्रवर्द्धन, लगानी, पूर्वाधार विकास, जनस्तरको सम्बन्ध विस्तारलगायत आपसी हितका अन्य क्षेत्रमा सहयोग आदान–प्रदान गर्नेपूरा पढ्नुहोस्


फाइल अड्काउने काम बन्द गर्न मन्त्री साहको निर्देशन

  असार ६, काठमाडौँ । सहरी विकासमन्त्री प्रभु साहले फाइल अड्काउने काम बन्द गर्न मन्त्रालय र सो अन्तर्गतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, काठमाडौँ उपत्यका विकास प्राधिकरण लगायतका निकायको कामकारबाहीबारे जानकारी लिएपछि आज मन्त्री शाहले आफ्नो टेबुलमा आएको फाइल तुरुन्त अघि बढाउन कर्मचारीलाई निर्देशन दिए । “फाइल महिनौँ अड्काएर राख्ने गरेको गुनासो धेरै छ,” मन्त्री शाहले भने, “हुने काम भए तुरुन्त अघि बढाइदिनुहोस्, नहुने काम भए कारण खोलेर जानकारी दिनुहोस् । क्षेत्राधिकार बाहिरको विषयवस्तु आए आफूभन्दा माथिल्लो निकायमा पठाइदिनुहोस् ।” कसको शाखामा गएर कति दिन फाइल अड्कियो भन्नेपूरा पढ्नुहोस्


बागी उठेका ६ जनासहित १४ जनाको उम्मेदवारी फिर्ता

thirty-one-parties-jhapa-2nd-phase

  असार ६, तेह्रथुम । तेह्रथुमका स्थानीय तहमा विभिन्न राजनीतिक दलबाट बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका प्रमुख पदका ६ सहित १४ जनाले नाम फिर्ता लिएका छन् ।  निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि निर्धारण गरेको सीमाभित्र लालीगुराँस नगरपालिकाका २ र छथर गाउँपालिकाका ४ जना प्रमुख पदका उम्मेदवारले नाम फिर्ता लिएका छन् । लालीगुराँस नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएका वीरबहादुर लिम्बू र ईश्वर श्रेष्ठ तथा छथर गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएका कृष्णप्रसाद दाहाल, गोविन्दबहादुर सुनुवार, भीमकुमार लिम्बू र दिलप्रसाद लिम्बूले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै, आठराई गाउँपालिका–२ का वडाध्यक्षका उम्मेदवार बुद्धलाल लिम्बू, वडा नं २ का वडाध्यक्ष उम्मेदवार रत्नकुमार कन्दङवा रपूरा पढ्नुहोस्


“थारू र पहाडे बीचको एकता कसैले टुटाउन सक्दैन” – नेता रावल

  असार ६, टीकापुर । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले थारू र पहाडी समुदाय बीचको एकतालाई कसैले पनि टुटाउन नसक्ने बताएका छन् । एमाले नगर कमिटीको आयोजनामा आज यहाँ भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता राउलले सदियौँ देखिको थारू र पहाडी समुदायबीचको सम्बन्धलाई टुटाउन प्रयास गरे पनि आफूहरुले नदिने प्रतिबद्धता व्यक्त गरे । उनले थारूको माघी पर्व आउँदा आफू ढोलक बजाएर नाच्ने गरेको उल्लेख गर्दै थारू पनि दसैँ–तिहारजस्ता पर्वमा रमाउने गरेको चर्चा गरे । नेता राउलले आसन्न निर्वाचनमा थारू, राई, लिम्बू पूर्वेली र पश्चिमेली एक भएर यहाँका सम्बन्ध बिगार्नेलाई परास्त गर्ने दाबी गरे । उनले सरकारले पटक-पटक निर्वाचनको मिति सारेर नराम्रोपूरा पढ्नुहोस्


काँग्रेसले आफू हारेर पनि देशलाई जिताएको छ : नेता गगन थापा

  असार ६, इलाम । नेपाली काँग्रेसका गगनकुमार थापाले अप्ठ्यारो परिस्थितिमा काँग्रेसले आफू हारेर पनि देशलाई जिताएको बताएका छन् । काँग्रेस चुनाव प्रचार-प्रसार समितिले इलामको माई नगरपालिका दानाबारीस्थित शुक्रबारे बजारमा आज आयोजना गरेको चुनावी सभामा थापाले काँग्रेस नेतृत्वको वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वाेपरि ठानेर प्रदेश नं.२ को चुनाव सारेको स्पष्ट पारे । पूर्वमन्त्रीसमेत रहेका नेता थापाले चुनाव सारेर राष्ट्रलाई निकास दिन खोजेको उल्लेख गर्दै सिङ्गो राष्ट्रलाई एकीकृत बनाउने प्रयासमा काँग्रेस रहेको बताए । देश र नागरिकको हितमा काँग्रेस दृढताकासाथ उभिएको छ भन्दै थापाले तेस्रो चरणको निर्वाचन तोकिएकै मितिमा हुने र त्यसमा पनि राजपा भाग नलिए उसलाई नै घाटा हुने बताएपूरा पढ्नुहोस्


तीन सुरक्षा निकायलाई नयाँ संरचनामा लैजानुपर्छ – गृहमन्त्री शर्मा

  असार ६, धनगढी । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह, सङ्घ र प्रदेशको निर्वाचनपछि संविधान पूर्णरुपमा कार्यान्वयन भई देश विकास र समृद्धिको बाटामा जाने बताएका छन् । स्थानीय निर्वाचनको सुरक्षा व्यवस्थालाई लक्ष्य गरी आज यहाँ सुरु भएको ७ नं प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री शर्माले संविधानको कार्यान्वयनपछि विकासको प्रतिस्पर्धाको अभ्यास र भ्रष्टाचार विरोधी काम सुरु हुने बताए । देशको राजनीतिक अवस्था र मधेस आधारित दलको मागका कारण सरकारले एकै चरणमा स्थानीय निर्वाचन गराउन नसकेको बताउँदै उनले भने, “निर्वाचनमा सबैलाई समेट्न सरकारले तीन चरणमा निर्वाचन गर्ने निर्णय गर्नुपरेको हो ।” गृहमन्त्री शर्माले संविधानबमोजिम अब प्रशासनिक निकायको पुनःसंरचनाको आवश्यकता रहेको बताउँदैपूरा पढ्नुहोस्


‘महावीर पुनलाई हाम्रो साथ’ अभियान सुरु

  असार ६, बागलुङ । राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग जुटाउन यहाँ ‘महावीर पुनलाई हाम्रो साथ’ अभियान सुरु भएको छ । ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ नामक युवा समूहले थालेको सो अभियान आविष्कार केन्द्रका अध्यक्ष पुनले शुभारम्भ गर्दै समुन्नत देश बनाउन आविष्कार केन्द्रको आवश्यकता परेको बताए । सो केन्द्रका लागि बौद्धिक तथा आर्थिक सहयोगका साथै समय दिन सबै नेपालीमा आह्वान गर्दै पुनले विदेशी मुलुकमा समेत आविष्कार केन्द्रका लागि आर्थिक अभियान चलेको जानकारी दिए । “म सरकार र आम नेपालीलाई यसको महत्व बुझिदिन आग्रह गर्छु”, पुनले भने, “यो सम्पन्नशाली नेपाल बनाउने महाअभियान हो ।” प्रतिष्ठित म्यागासेसे पुरस्कारका विजेता समेत रहेका पुनले केन्द्रलाईपूरा पढ्नुहोस्


र्याफ्टिङका लागि विश्वकै सर्वोत्कृष्ट गन्तव्यमध्ये नेपाल पनि

  सिवी अधिकारी असार ६, काठमाडौँ । साहसिक पर्यटनप्रति विदेशी पर्यटकको आकर्षण बढ्दो छ । नेपालमा पदयात्रा, पर्वतारोहणपछि बढी सम्भावना बोकेको र्याफ्टिङ अर्थात् जलयात्रा पर्यटन हो । व्यावसायिक र्याफ्टिङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गइरहेको छ । नेपालमा र्याफ्टिङको अथाह सम्भावना भए पनि यसको प्रवर्द्धनमा यथेष्ट ध्यान नपुगेको व्यवसायी बताउँछन् । र्याफ्टिङ व्यवसायी नानीकाजी थापा प्रचुर सम्भावनालाई उपयोग गरी आवश्यक प्रसार र प्रवर्द्धन नहुँदा र्याफ्टिङले व्यावसायिक फड्को मार्न नसकेको बताउँछन् । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) का पूर्व अध्यक्षसमेत रहेका थापाले र्याफ्टिङ व्यवसायलाई व्यवस्थित गर्ने सरकारी नीतिको अभाव र व्यवसायभित्रको विकृतिले र्याफ्टिङको सान्दर्भिकता र साख गिर्दैपूरा पढ्नुहोस्


कास्कीका ४३ कृषकलाई मोबाइललगायत अन्य उपकरण वितरण

  असार ६, पोखरा । जिल्ला कृषि विकास कार्यालय, कास्कीले कृषकलाई ४३ थान मोबाइल, वर्षा मापन यन्त्र र थर्मोमिटर वितरण गरेको छ । जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत कार्यालयले जिल्लास्थित ६ वटा सेवा केन्द्रभित्रका २६ कृषक समूह सहकारी र १७ पशु फार्मका लागि ४३ सेट मोबाइल, वर्षा मापनयन्त्र र थर्मोमिटर वितरण गरेको हो । कार्यालयका बाली संरक्षण अधिकृत स्तुती आचार्यका अनुसार कृषि सम्बन्धी अधिकांश समस्याको समाधान गर्ने उद्देश्यका साथ ती सामग्री प्रदान गरिएको हो । सामग्री वितरणले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने विश्वास लिइएको छ ।


नयाँ निर्देशक आएपछि विपी क्यान्सर अस्पतालको सेवा सुधार हुँदै

  असार ६, चितवन । व्यवस्थापकीय त्रुटिका कारण अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ कार्यकारी निर्देशक चयनसँगै यसको सेवा सुधार अभियान थालिएको छ । गत वैशाख २४ गते कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य नियुक्त भएसँगै अस्पतालले प्रदान गर्ने सेवामा सुधार आएको छ । कर्मचारीलाई सबै सेवा सुचारु गरी अतिरिक्त समयमा समेत काम गर्न आचार्यले निर्देशन दिएका छन् । निर्देशनसँगै अहिले अस्पताल आएका बिरामी सेवा लिन अन्यत्र जानु परेको छैन । अस्पतालले वैशाखमा ९ हजार १०५ बिरामीको उपचार गरेकोमा जेठमा उक्त सङ्ख्या ११ हजार ८४९ पुगेको छ । बिग्रिएर थन्किएको एमआरआई मर्मत गरिएको छ । सो अस्पतालका अनुसार वैशाखमापूरा पढ्नुहोस्