Main Menu

Thursday, June 8th, 2017

 

आपूर्ति अनुगमन – ८ मासु पसलबाट ३८ किलो अखाद्य मासु नष्ट

जेष्ठ २५, काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न मासु पसल तथा कोल्ड स्टोरमा सडेगलेका खसी तथा कुखुराका ३८ किलोग्राम मासु नष्ट गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको आजको विशेष अनुगमनका क्रममा क्रममा दाङ भ्याली कोल्ड स्टोर, सतुङ्गलमा उक्त मासु नष्ट गरिएको हो । आज कूल ८ मासु पसलमा अनुगमन गरिएको थियो । उक्त मासु पसललगायत अन्यमा पनि प्याकेजिङ मासुमा अनिवार्य लेबल राख्न, पशु राख्ने सेड निर्माण गर्न, कामदारलाई मास्क एप्रोन लगाउन र सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार त्यसैगरी सार्वजनिक यातायाततर्फ जम्मा ३२ वटा सवारी साधन जाँच भएकामा १३पूरा पढ्नुहोस्


व्यापार घाटा ७ खर्ब, पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी

जेष्ठ २५, काठमाडौँ । मुलुकको पहाडी क्षेत्रमा अन्य क्षेत्रभन्दा बढी मात्रामा मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मुलुकको पछिल्लो समयको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा पहाडी क्षेत्रमा मूल्यवृद्धि ४ प्रतिशत रहेको देखाएको छ । यस्तै तराइमा ३.६ प्रतिशत, हिमालमा २.८ र काठमाडौँ उपत्यकामा १.९ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि भएको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ११, तराइमा ८.६, हिमालमा ९.१ र काठमाडौँ उपत्यकामा ११.५ प्रतिशत रहेको थियो । सरकारले बजार अनुगमनलाई निरन्तरता दिएको र कुनै पनि बन्द तथा हडताल नभएका कारण मूल्यवृद्धि नियन्त्रणमा नै रहेको पाइएको छ । “वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४ प्रतिशत कायमपूरा पढ्नुहोस्


२३७ इ–रिक्सा नियन्त्रणमा

जेष्ठ २५, पर्सा । सवारी चालक अनुमतिपत्र नलिई वीरगन्ज महानगरपालिकाभित्र सञ्चालन गरिरहेका इ–रिक्सालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । महानगरपालिकाको मर्लीचोक, गण्डक चोक, पावरहाउस चोक, मूर्ली बगैचा चोक, शङ्कचारचार्यद्वारलगायत स्थानमा चेकजाँच गर्दा सवारी चालक अनुमतिपत्र नभएका चालकले सञ्चालन गरिरहेका २३७ वटा इ–रिक्सालाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख रवीन्द्रप्रसाद भट्टराइले जानकारी दिए । महानगरक्षेत्रभित्र १ हजार २०० भन्दा बढीको सङ्ख्यामा सञ्चालित रहेको इ–रिक्साका कारण सडक जामको समस्या बढ्दै गएपछि जाँचलाई तीव्रता दिइएको उनले बताए । नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय वीरगन्जले इ–रिक्सा चालक अनुमतिपत्रका लागि चालु आर्थिक वर्षभित्रै दुई पटकसम्म सूचना आह्वान गरेपनि वीरगन्जकापूरा पढ्नुहोस्


एसइइको नतिजा अर्को साता

जेष्ठ २५, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैतमा लिइएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) को नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ । एक साताभित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको कार्यालयले जनाएको छ । कार्यालयले हाल तथ्याङ्क प्रशोधन र रुजूको काम गरिरहेको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिइन् । “जतिसक्दो छिटो नतिजा सार्वजनिक गर्न काम भइरहेको छ । कुनै समस्या आएन भने असारको सुरुमै नतिजा सार्वजनिक गछौँ,” परीक्षा नियन्त्रक रेग्मीले भनिन्, “नतिजा सार्वजनिक गर्दा कुनै त्रुटि नहोस् भनेर काम भइरहेको छ ।” संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको कक्षा १०पूरा पढ्नुहोस्


प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूतको भेटवार्ता

जेष्ठ २५, काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले अमेरिकाले नेपाललाई विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा सहयोगको निरन्तरता र थप वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे । सो अवसरमा राजदूत टेप्लिजले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई दिँदै उनको कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले जानकारी दिए । भेटमा राजदूत टेप्लिजले प्रधानमन्त्री देउवाको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेकी थिइन् ।


अब हेल्मेट नलगाए पेट्रोल नपाइने !

जेष्ठ २५, नयाँ दिल्ली । भारतमा बढ्दो सडक दुर्घटना कम गर्नका लागि ‘नो हेल्मेट नो पेट्रोल’ अथवा हेल्मेट नलगाउने मोटर साइकल चालकलाई पेट्रोल नदिइने नीति ल्याइएको छ । भारतमा सडक दुर्घटनाको अवस्था निकै भयानक छ । सडक दुर्घटनाको अन्त्यका लागि प्रभावकारी नीति बनाउने उद्देश्यले भारतको उत्तरप्रदेश राज्यले यो नीतिको अख्तियार गरेको हो । एक तथ्याङ्कअनुसार भारतमा हरेक दिन कम्तीमा पनि ४०० जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । यसरी हेर्दा भारतमा प्रत्येक चार मिनेटमा एकजनाको सडक दुर्घटनाकै कारण ज्यान जाने गरेको छ । यो अवस्था विगत लामो समयदेखि नै निरन्तर रहेको पनि समाचारमा जनाइएको छ । नयाँ नीति अनुसारपूरा पढ्नुहोस्


सिरहामा अवैध रुपमा सञ्चालित ११२ निजी विद्यालयमाथि कारबाही सुरु

जेष्ठ २५, लहान । वर्षौँदेखि अवैध रुपमा सञ्चालन हुँदै आएको १२२ निजी विद्यालयमाथि जिल्ला शिक्षा कार्यालय, सिरहाले कारबाही सुरु गरेको छ । जिल्लामा सञ्चालित १७८ निजी विद्यालयमा अनुगमन गर्दा १२२ निजी विद्यालय बिनास्वीकृति सञ्चालनमा रहेको पाइएपछि त्यस्ता विद्यालय बन्द गर्न निर्देशन दिए पनि अटेर गरेकाले स्थानीय प्रशासन ऐन बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई लिखित अनुरोध गरिएको जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले जानकारी दिए । व्यापक रुपमा निजी विद्यालय अवैध तरिकाले सञ्चालन भइरहेको गुनासोपश्चात् जिल्ला शिक्षा अधिकारी कर्णको नेतृत्वमा गरिएको अनुगमनका क्रममा ३९ निजी विद्यालयले बिनाअनुमति, ५१ निजी विद्यालयले ५ कक्षाका मात्र अनुमति लिई त्योभन्दा माथिल्लो कक्षा सञ्चालन गरेको रपूरा पढ्नुहोस्


स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक पारित

जेष्ठ २५, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले “स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४” बहुमतले पारित गरेको छ । बैठकमा गृहमन्त्री जनार्दन शर्माले “स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४ माथि दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले स्थानीय तहका लागि काम गर्न आवश्यक स्थानीय तह कार्यसञ्चालनसम्बन्धी कानुन तर्जुमा हुन नसकेको बताउँदै प्रजातन्त्रलाई बलियो बनाउने उक्त विधेयक ल्याउन आग्रह गरे । सांसद मीना पुनले पहिलो चरणको स्थानीय तहको निर्वाचन यही नियम बमोजिम भएको उल्लेख गर्दै सबै दल निर्वाचनमा सहभागिता हुने ग्यारेन्टी के ? भनी प्रश्न गरिन् । छलफलमा उठेका प्रश्नकोपूरा पढ्नुहोस्


‘राजपा, आउनुस्; सँगै निर्वाचन लडौँ’–अध्यक्ष यादव

जेष्ठ २५, काठमाडौँ । सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा) लाई आग्रह गरेका छन् । रिपार्टर्स क्लबको साक्षात्कारमा यादवले भने – “राजपाका नेताहरु, निर्वाचनमा आउनुस्, सँगै मिलेर निर्वाचन लडौँ भनेर मैले अपिलै गरेको छु । अस्ति प्रधानमन्त्रीको निर्वाचनमा मधेसी उम्मेदवार हुनुहुन्नथ्यो, तर लाइन बसेर मतदान गर्नुभयो । अब, तराई–मधेसमा मधेसी उम्मेदवारहरु छन् । तिनलाई मतदान गर्नुहुन्न भन्नुहुँदैन होला । त्यसैले उहाँहरु निर्वाचनमा आउनुहुन्छ ।” अध्यक्ष यादवले दोस्रो चरणको निर्वाचन अगाडि संविधान संशोधन भए जनतामा थप उत्साह आउने भन्दै मधेसमा निर्वाचनप्रति जनतामा व्यापक उत्साह पाएकाले निर्वाचनपछि अन्य दलको तुलनामा राम्रोपूरा पढ्नुहोस्


सडक दुर्घटना न्यूनीकरणका लागि स्टिलबार

  विनोदसिंह विष्ट जेष्ठ २५, बैतडी । विश्व बैंकको करिब रु. २० करोड सहयोगमा सुरु भएको सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य राजमार्गमा स्टिलबार (स्टिल क्रस बेरियर) लगाउने कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म सो कार्य ८८ प्रतिशत सम्पन्न भएको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा सडक तथा ट्राफिक सुरक्षा योजनाअन्तर्गत जयपृथ्वी राजमार्ग, दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको सतबाझ झुलाघाट सडकखण्डमा स्टिलबार लगाउने कार्य सम्पन्न भइसकेको छ । महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझदेखि दार्चुला सदरमुकाम खलङ्गा जोड्ने सडकखण्डको २६.५ किमी सडकमा स्टिलबार लगाउने कार्य हाल जारी छ । निर्माण कार्यको ठेक्का पाएको गौरीपूरा पढ्नुहोस्