Main Menu

Monday, June 5th, 2017

 

कुरो मिल्यो ! एमाले संसद् खोल्न सहमत

जेष्ठ २२, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको प्रधानमन्त्री हुने बाटो खुलेको छ ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) व्यवस्थापिका–संसद्को अवरोध खोल्न सहमत भएपछि प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ । सभामुख ओनसरी घर्ती मगरको पहलमा आज सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा एमालेका नेताहरुले संसद् बैठक अवरोध नगर्ने बताएका थिए । बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै काँग्रेसका नेता विमलेन्द्र निधिले सदन खुलेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्ने जानकारी दिए । त्यसलगत्तै सभामुख घर्तीले प्रधानमन्त्री निर्वाचनका क्रममा भएका सबै प्रक्रियाका बारेमा सदनलाई जानकारी गराउने र त्यसपछिको दोस्रोपूरा पढ्नुहोस्


लन्डन आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिवद्वारा कडा निन्दा

जेष्ठ २२, संयुक्त राष्ट्रसङ्घ । मध्य लन्डनमा भएको दुईवटा आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनीयो गुटेरेजले आइतबार कडा शब्दमा निन्दा गरेका छन् । महासचिव गुटेरेजले यस आक्रमणमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई समवेदना व्यक्त गर्नुको साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको महासचिवका प्रवक्ता स्टेफान डुजार्रिकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । आतङ्कवाद, हिंसा र अतिवादविरुद्ध लड्नको आफू सधैँ बेलायती सरकार र जनताको साथमा रहेको पनि जारी विज्ञप्तिमा जनाइएको छ । बेलायती सञ्चार माध्यमहरुले आइतबार यस आक्रमणको इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले जिम्मा लिएको समाचार सम्प्रेषण गरेको थियो । बेलायती प्रहरीले यस आक्रमणमा संलग्नता रहेको आशङ्कामा १२ व्यक्तिलाई पक्राउ गरेका छन् ।पूरा पढ्नुहोस्


‘सत्ता पक्षको दम्भले समस्या देखियो’ – ओली

  जेष्ठ २२, भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको दम्भका कारण समस्या देखिएको बताएका छन् । संसद् पुनः सञ्चालन गर्नका लागि छलफल गर्न काँग्रेस नेता विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की र प्रदीप गिरीसित ओली निवास बालकोटमा भएको भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले भने, “एमाले सहमतिको बाधक नरहेको मैले बताएँ । सत्ता पक्षको दम्भ र अनुचित कार्यले समस्या देखिएको हो । समस्या समाधानका लागि एमाले सकारात्मक छ ।” दुई घन्टाको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै काँंग्रेसका नेता निधिले भने अध्यक्ष ओलीसँग संसद्को अवरोध अन्त्य गर्ने बारेमा भएको छलफल सकारात्मक रहेको बताए । “संसद् अवरोधलाई हटाएर संसद सुचारु गर्ने सन्दर्भमापूरा पढ्नुहोस्


काभ्रेपलाञ्चोकमा पुनः निर्माणको काम करिब १० प्रतिशत

जेष्ठ २२, बनेपा । काभ्रेपलाञ्चोकमा अहिलेसम्म पुनः निर्माणको काम करिब १० प्रतिशतको हाराहारीमा भएको छ । विसं २०७३ भदौमा निजी आवास अनुदान सम्झौताको प्रथम किस्ता वितरणदेखि अहिलेसम्म १० महिनाको अवधिमा झन्डै ६ हजार ३०० घर पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुवराज गैडाले जानकारी दिए । जिल्लामा भुक्तानीका लागि सिफारिस भएका लाभग्राहीको सङ्ख्या ६३ हजार ५९६ रहेको छ । गैडाले दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर पुनःनिर्मााणको काम तीव्र भएकाले पुनः निर्माण भएको घर सङ्ख्या केही दिनमा नै बढ्ने उल्लेख गर्दै इन्जिनियर प्रमाणीकरणका लागि घर-घरमा गइरहेको बताए । काभ्रेपलाञ्चोकमा भूकम्पपीडितमध्ये ६१ हजार २२२ जनाले नेपाल सरकारबाट प्रथम किस्ता बापतकोपूरा पढ्नुहोस्


मनसुन सामान्यभन्दा चाँडै

  सिवी अधिकारी जेष्ठ २२, काठमाडौँ । मौसमी प्रणालीमा आइरहेको फेरबदलले यो वर्ष मनसुन चाँडै हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । सामान्यतयाः जुन १० बाट नेपालमा मनसुन सुरु हुने गर्छ । तर, यसवर्ष भने नेपालमा मनसुन सामान्यभन्दा केही दिन अगाडि सुरु हुने प्रणाली विकास भएको मौसमविद् सुवास रिमालले जानकारी दिए । “जुन १० बाट सुरु हुनुपर्ने मनसुन नेपालमा केही चाँडो आउने देखिएको छ”–उनले भने । सामान्यतयाः १० जुनमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरी केही दिनमा देशभर फैलिने गर्छ । यसवर्ष भने नेपालमा मनसुन चाँडो हुने देखिएको छ । दक्षिण एसियामा, मनसुन बङ्गालको खाडी हुँदै उत्तर पूर्वतिर अगाडि बढ्ने गर्छपूरा पढ्नुहोस्


पुनः मतदान गराउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

chief-justice-impeachment-supreme-court

जेष्ठ २२, काठमाडौँ । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज भरतपुर महानगरपालिकाको वडा नं १९ मा यही जेठ २८ गतेसम्मका लागि निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए । निर्वाचन आयोगले यही जेठ २० गते शनिबार भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने निर्णय गरेको थियो । त्यसलाई कार्यान्वयन नगर्न आदेश जारी गर्दै सर्वोच्चले २८ गते विपक्षी निर्वाचन आयोगलाई समेत छलफलमा बोलाएको छ । आयोग, भरतपुर महानगरपालिका मुख्यपूरा पढ्नुहोस्


Environment

PM Prachanda’s best wishes on World Environment Day

June 5,  Kathmandu : Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has expressed his best wishes on the occasion of the World Environment Day today. In a message sent on the occasion of the World Environment Day on Monday, the PM has made special appeal to all Nepalis to ensure a safer future of the earth by preserving nature and environment. The PM has also extended best wishes for clean, healthy and balanced nature and environment. This year’s World Environment Day is being marked with the theme of ‘Connecting People to Nature’. PM Prachanda has also said that it was aपूरा पढ्नुहोस्


Current Issue

County’s development only with progress in science and technology: former PM Khanal

June 5,  Kathmandu : Former Prime Minister Jhalanath Khanal on Sunday evening said the country’s development was possible only with the development of science and technology. The former PM made the comment at a programme held by California State University and Kathmandu Institute of Applied Sciences to bid farewell to American students who had held a research on environmental changes taking place in the Himalayan region. He also called for implementing the constitution for country’s economic development. On the occasion, eight students each from the US and Nepal were honored for their research on environmental changes in the Himalayan region.


Tourism

Stakeholders lay emphasis on Pokhara’s tourism development

June 5,  Pokhara, : Nepal Entrepreneurs Association of Tourism (NEAT) Pokhara on Monday felicitated the newly appointed Chairman of Pokhara Valley Town Development Committee, Sundar Kumar Shrestha, and the newly elected Pokhara Lekhnath Metropolitan City ward no 6 Chair, Jagat Bahadur Pahari, among other elected representatives. NEAT Pokhara Chairman, Som Thapa, expressed belief that newly appointed chair Shrestha and newly elected representatives will play significant role in making Pokhara one of world’s best destinations. Shrestha took the occasion to make a commitment that he would work with the political parties and the civil society to develop Pokhara into an internationalपूरा पढ्नुहोस्


मृत्युपछि के हुन्छ ?

नील डिग्रास टाइसन हुन त म मृत्युपछि के हुन्छ भन्ने प्रश्नको कुनै अखण्डनीय कुराको दाबी गर्न सक्छु । तर, हुने चाहिँ यस्तो हो : तपाईं बाँचुन्जेल खाना खानुहुन्छ । हामीले खाने खानामा क्यालोरी हुन्छ । क्यालोरी भनेको ऊर्जा मापन गर्ने एकाइ हो । तपाईं खाना खानुहुन्छ, र तपाईंको शरीरमा ऊर्जा उत्पादन हुन्छ । त्यो ऊर्जालाई तपाईं प्रयोग गर्न सक्नुहुन्छ । आधारभूत रुपमा भन्नुपर्दा हाम्रो शरीरको तापक्रम स्थीर रहनुको कारण नै यही हो । हाम्रो शरीरको तापक्रम हरेक समय ९८.६ डिग्री फरेन्हाइट हुन्छ । कुनै पनि चीजको तापक्रम वायुमण्डलको तापक्रमभन्दा माथिको तापक्रममा कसरी स्थीर राख्न सकिन्छ ? पक्कै पनि तपाईंको शरीरलेपूरा पढ्नुहोस्