Main Menu

Tuesday, June 13th, 2017

 

शिवपुरी र ककनीमा क्यानोनिङको प्रचुर सम्भावना

प्रकाश सिलवाल जेष्ठ ३०, थानापति (नुवाकोट) । स्वदेशी र विदेशी पर्यटकआकर्षित गर्ने खेलका रुपमा उदाएको अग्ला झरनाबाट झरिने क्यानोनिङ (छाँगावरोहण) का लागि नुवाकोटमा प्रचुर सम्भावना देखिएको छ । नेपाल क्यानोनिङ एसोेसिएसनले पछिल्लो समयमा काठमाडौँसँग जोडिएको यस जिल्लामा क्यानोनिङको पहिचान, प्रशिक्षण र स्थानीय समुदायलाई सक्रिय गराउन थालेपछि यसको सम्भावना बढेको हो । मनोरञ्जनका साथै पर्यटन प्रवर्द्धन र व्यावसायिक आयआर्जन तथा समुदाय परिचालनमा यसलाई जोड्न राजनीतिक दल, स्थानीय तह र सामाजिक कार्यकर्तामा जागरण समेत देखिएको छ । शिवपुरी गाउँपालिका– ८, थानापतिस्थित सानो छहरे झरनामा एसोसिएसनको सदस्य फ्रेन्स्स एडभेन्चरले गत वर्ष दिएको दस दिने क्यानोनिङ प्रशिक्षणपछि यस वर्षबाट स्वदेशी र विदेशी पर्यटकको आकर्षण बढेकोपूरा पढ्नुहोस्


झापामा ‘सुपरजोन’ कृषि आधुनिकीकरण कार्यक्रम सुरु, धान उत्पादनमा बृद्धि

  जेष्ठ ३०, सुरुङ्गा (झापा) । समुदायमा आधारित धान सुपरजोन कृषि आधुनिकीकरण परियोजना यस वर्षबाट जिल्लामा सञ्चालन भएको छ । जिल्लाको पूर्वी क्षेत्रमा धान सुपरजोन परियोजना सञ्चालन गरिएको हो । पृथ्वीनगर, बनियानी, पाठामारी, केचना, पथरिया र बालुबाडीमा सञ्चालित परियोजनाबाट धानको ३.१५ उत्पादकत्व वृद्धि गरी ५.५ मेट्रिक टन प्रतिहेक्टर पुर्याउने लक्ष्य छ । सरकारले परियोजना सञ्चालनका लागि रु. ५ करोड बजेट विनियोजन गरेको छ । परियोजना सञ्चालनसँगै कृषकलाई ८० प्रतिशतसम्म अनुदान र उन्नत जातको धानको बिउ उपलब्ध गराएसँगै धानको उत्पादन बढेको हो । यहाँका कृषकले अहिले हर्दिनाथ, डल्लेपुसा, चाइनापुसालगायत स्थानीय जातका धान लगाएका छन् । कृषकले नेपाल कृषि अनुसन्धान केन्द्र तरहराबाटपूरा पढ्नुहोस्


नेपाल यमनसित गोलरहित बराबरीमा रोकियो, नेपाललाई पहिलो अंक

जेष्ठ ३०, काठमाडौँ । एसियन कप २०१९ को छनौटको देस्रो खेलमा नेपालले यमनसित गोलरहित बारबरी खेलेको छ । आज दिउँसो हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा दुबै टोलीले निर्धारित ९० मिनेटभित्र गोल गर्न नसकेपछि अंक बाँडिएको हो । यससँगै नेपालले २ खेलमा १ अंक जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोलअन्तरले पराजित भएको थियो । नेपालको अर्को खेल अब ताजिकिस्तासँग तीन महिनापछि हुनेछ । प्रत्येक टोलीसित होम एण्ड अवेको आधारमा २–२ खेल खेल्नुपर्ने नियमअनुसार नेपालले अब ४ खेल खेल्न बाँकी छ । गत वर्ष मलेसियामा भएको सोलिडारिटी कपमा फाइनल प्रवेश गरेको आधारमा नेपाल र मकाउलाई एसियन कपकोपूरा पढ्नुहोस्


नेपाल–हङकङ एकदिवसीय व्यापार मेला असारमा

  जेष्ठ ३०, काठमाडौँ । हङकङस्थित नेपाली महावाणिज्य दूतावास, हङकङ नेपाल व्यापार सङ्घ र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा नेपाल– हङकङ एकदिवसीय व्यापार मेला हुनेभएको छ । हङकङस्थित सांस्कृतिक केन्द्रमा आगामी असार १० र ११ गते उक्त मेला आयोजना हुनलागेको हो । मेलामा नेपालमा उत्पादित प्रमुख हस्तकलाका वस्तुको प्रदर्शन तथा बिक्री गरिने महासङ्घका महानिर्देशक डा. गोविन्द्रप्रसाद रेग्मीले जानकारी दिए । मेलामा नेपालको कला र संस्कृति झल्कने गरी सांस्कृतिक कार्यक्रम आयोजना गर्ने कार्यक्रमसमेत रहेको छ । मेलामा नेपाली हस्तकला उद्यमी व्यवसायी १५ वटा फर्म कम्पनीले सहभागिता जनाउने रेग्मीले बताए । मेलाबाट नेपाल र हङकङको कला तथा सांस्कृतिक एवम् व्यापारिक सम्बन्ध विस्तारपूरा पढ्नुहोस्


मध्यपश्चिम विश्वविद्यालयले निजी शिक्षण संस्थालाई सम्बन्धन दिने

  जेष्ठ ३०, सुर्खेत । यहाँको ६ नम्बर प्रदेशको मुटुमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले निजी शैक्षिक संस्थालाई सम्बन्धन दिने प्रक्रिया सुरु गरेको बताएको छ । विश्वविद्यालयले बर्सेनि नेपालबाट लाखौँ विद्यार्थी उच्च शिक्षाका लागि विदेशिनुका साथै अर्बौंको धनराशि बाहिरिने हुँदा यसलाई रोक्न अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा यसै वर्षदेखि सुर्खेतमै हुन लागेको जानकारी दिएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले विश्वविद्यालयलाई आवश्यक दक्ष जनशक्ति उत्पादन तथा परिपूर्ति गर्न स्तरीय निजी शैक्षिक संस्थालाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । सम्बन्धन नीति–२०७३ र मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषदद्वारा पारित कायविधि–२०७४ को अधिनमा रही उक्त कार्य अघि बढाइएको छ । “सरकारले १८ मध्ये १० वटापूरा पढ्नुहोस्


काठमाडौँमा मात्रै १० महिनामा १ हजार ८ सय उद्योग दर्ता

  जेष्ठ ३०, काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँमा १ हजार ८१९ उद्योग दर्ता भएका छन् । उत्पादनमूलक २७५, सेवामूलक ८५९, पर्यटन सम्बन्धी ६१६, कृषिमूलक ६८ र विज्ञान प्रविधिसम्बन्धी एउटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयकी प्रवक्ता इन्दिरा गौतम (खनाल)ले जानकारी दिइन् । विसं २०७३ साउनमा ३५३, भदौमा ३५१, असोजमा १७२, कात्तिकमा १५७, मङ्सिरमा १६९, पुसमा १४४, माघमा १३९, फागुनमा १६०, चैतमा ८७ र २०७४ वैशाखमा ८७ उद्योग दर्ता भएका छन् । “देशमा लगानीमैत्री वातावरण बन्दै गएकाले साना तथा घरेलु उद्योग दर्ता हुने क्रम बढेको हो,” उनले भनिन् । संविधान निर्माणसँगैपूरा पढ्नुहोस्


रोल्पामा डाक्टर नहुँदा जटिल प्रसूति सेवा ठप्प

उमा केसी जेष्ठ ३०, रोल्पा । तालिमप्राप्त चिकित्सक नहुँदा जिल्ला अस्पताल, रेउघा, रोल्पामा जटिल प्रसूति सेवा ठप्प भएको छ ।  सेवा ठप्प भएका कारण प्रसुति सेवा लिन आएका सेवाग्राही महँगो शुल्क तिरेर उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका छन् । जिल्ला अस्पताल, रेउघा, रोल्पामा जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरिएको भएपनि तालिमप्राप्त एकजना मात्र चिकित्सक भएका कारण उनको अनुपस्थितिमा सेवा प्रभावित हुँदै आएको बताइएको छ । जटिल प्रसूति सेवाका लागि भवनलगायत सम्पूर्ण पूर्वाधार रहेपनि चिकित्सकको अभावमा सेवा प्रभावित हुँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा सो सेवा दिनका लागि तालिम लिएका चिकित्सक नाजिर खान गत वैशाख २८ गतेदेखिपूरा पढ्नुहोस्


बस दुर्घटनामा नवजात शिशुको मृत्यु, ४ गम्भीर घाइते

  जेष्ठ ३०, खोटाङ । दिक्तेलबाट यात्रु लिएर जयरामघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार राति दुर्घटना हुँदा एघार महिने शिशुको मृत्यु भएको छ भने अन्य ४ जना गम्भीर घाइते भएका छन् । बेलुका दिक्तेलबाट २६ जना यात्रु लिएर हिँडेको बा २ ख ७०७१ नम्बरको यात्रुबाहक बस हलेसी तुवाचुङ नगरपालिका–१ च्यास्मिटारमा करिब ९ बजेतिर दुर्घटना हुँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ११ महिने शिशु अजित विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । मध्यपहाडी यातायात व्यवसायी सङ्घद्वारा सञ्चालित बस अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना हुँदा रुपाकोट नगरपालिका–५ लफ्याङका ३० वर्षीया अनु राई, ३२ वर्षीया मनकला राई, १४ महिनाका नयन राई र २१ महिनाका समनियापूरा पढ्नुहोस्


कांग्रेसका दर्जनौं कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश

हिरालाल चौधरी जेष्ठ ३०, लहान । सिराहमा स्थानीय तहको चुनाव नजिकिँदै गएपछि चुनावी गतिविधि तीब्र बन्दै गएको छ । चुनावी अभियानको क्रममा सिरहास्थित धनगढीमाई नगरपालिका वडा नं. ५ तेतिस विगहामा नेपाली काँग्रेसका पूर्व वडाअध्यक्षसहित दर्जनौँ कार्यकर्ताहरु नेपाली कांग्रेस परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । हिजो जेठ २९ गते आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका पूर्व वडाअध्यक्ष लमण्डल, लक्ष्मी यादव, सुनिल यादव, कृष्णा यादव, धर्मलाल महतो, रामचन्द्र यादव, रामसोभित मण्डल, बेचन मण्डल, सतिराम यादव, बलराम यादव, देवनारायण यादव, मन्सीलाल महतो लगायतका दर्जनौँ नवप्रवेशी नेता कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका पूर्व जिल्ला इन्चार्ज एवम् पोलिटब्यूरो सदस्य हरिनारायण चौधरीले फुलमाला रपूरा पढ्नुहोस्