Main Menu

Friday, June 2nd, 2017

 

माओवादीबाट आठ, एमालेबाट सात र काँग्रेसबाट दुई तहमा उम्मेदवारी

जेठ १९,  सल्लेरी (सोलुखुम्बु) । नेकपा (माओवादी केन्द्र)ले जिल्लाका सम्पूर्ण स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले एक नगरपालिकासहित सात गाउँपालिकाका प्रमुख र उपप्रमुख सर्वसहमतिमै टुङ्ग्याएको हो । यहाँको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिका प्रमुखमा ङिमातेण्डुप शेर्पा र उपप्रमुखमा ङिमाडोमा शेर्पाको उम्मेदवारी गत चैत २१ गते पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख उपस्थितिमा उम्मेदवारी सार्वजनिक गरिएको हो । यस्तै दूधकोसी गाउँपालिका प्रमुखमा आसकुमार राई र उपप्रमुखमा निरकुमारी राई, लिखुपिके गाउँपालिका प्रमुखमा डम्बरबहादुर बस्नेत र उपप्रमुखमा प्रमिला बस्नेत, दूधकोसीका गाउँपालिका प्रमुखमा असिम राई र उपप्रमुखमा मेनुका पुरीको उम्मेदवारीपूरा पढ्नुहोस्


नयाँ प्रधानमन्त्रीको निर्वाचन जेठ २१ गते

जेठ १९,  काठमाडौँ । नयाँ प्रधानमन्त्री चयनका लागि यही जेठ २१ गते बिहान ११ बजे व्यवस्थापिका–संसद्मा निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको छ । सभामुख ओनसरी घर्तीले आज राजनीतिक दलका नेताहरुसँगको छलफल र कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सो दिनका लागि निर्वाचनको मिति तोक्नुभएको हो । प्रधानमन्त्री पुष्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेससँगको सत्ता साझेदारीबमोजिम यही जेठ १० गते राजीनामा दिएपछि राष्ट्रपतिले सहमतिमा नयाँ सरकार गठन गर्न दिएको एक साताको समयमा सहमति नभएपछि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन हुन लागेको हो । सभामुखको आदेशबमोजिम व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सार्वजनिक गरेको कार्यतालिकामा यही जेठ २० गते बिहान ११ बजेदेखि ४ बजेसम्म व्यवस्थापिका–संसद्का कुनैपूरा पढ्नुहोस्


दश महिनापछि शिक्षा नियमावली पारित

जेठ १९,  काठमाडौँ । सरकारले शिक्षा ऐन, २०७२ को कार्यान्वयनका लागि आज शिक्षा नियमावली–२०७३ पारित गरेको छ । मन्त्रिपरिषद्को विधेयक समितिको आजको बैठकले पारित गरेको सो नियमावलीमा माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न गठित राष्ट्रिय परीक्षा बोर्डको काम, कर्तव्य अधिकार तथा परीक्षाको परिचालन र नियन्त्रणसम्बन्धी व्यवस्था गरिएको छ । बोर्डका अध्यक्ष तथा सदस्य सचिवको काम, कर्तव्य र अधिकार तथा बोर्डका अध्यक्षको पारिश्रमिक सेवा, सर्त तथा सुविधाको व्यवस्था गरिएको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिनुभयो । मन्त्रिपरिषद् नियमावलीबारे निर्णय गर्न सो समितिलाई जिम्मा दिइएको थियो । ऐन संशोधन भएको १० महिनापछि नियमावली आएको हो । गत वर्ष असार १५ देखिपूरा पढ्नुहोस्


प्रधानमन्त्री चयनका बारेमा प्रतिपक्षी अन्यौलमा

uml-deny-local-level-increment

जेष्ठ १९,  काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित संसद्मा प्रतिनिधित्व गरेका ८ दलका नेताहरुको बैठकमा नयाँ प्रधानमन्त्री चयन प्रक्रियाका बारेमा छलफल भए पनि ठोस निष्कर्ष निकाल्न सकेन । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा सो दलले भरतपुर महानगरपालिकाको मतगणना सञ्चालन नभएसम्म संसद्को बैठक चल्न नदिने र प्रधानमन्त्री चयन प्रक्रिया प्रारम्भ हुन नहुने अडान राखेको छ । अन्य केही दलले भने ती दुई विषयलाई अलग-अलग रुपमा हेरिनुपर्ने बताएका थिए । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बहुमतका आधारमा प्रधानमन्त्री चयनबारे संसद्को बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको सूचना प्रस्तुत भइनसकेको अवस्थामा विगतको परम्परा र अभ्यासका आधारमा प्रधानमन्त्री चयनको प्रक्रियापूरा पढ्नुहोस्


बालबालिकाका लागि उत्कृष्ट मुलुक – स्लोभेनिया र नर्वे

जेष्ठ १९, लिउब्लिआना (स्लोभानिया) । बालअधिकारका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’ को अध्ययनले बालबालिकाका लागि बसोबास गर्न उत्कृष्ट ठाउँका रुपमा नर्वे र स्लोभेनिया देखिएको स्लोभेनियाली प्रेस एजेन्सी (एसटीए) ले बिहीबार जनाएको छ । सेभ द चिल्ड्रेनको अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा बुधबार सार्वजनिक प्रतिवेदनले बालबालिकामाथि कम खतरा रहेका मुलुकको सूची प्रकाशित गर्दै उक्त कुरा जनाएको हो । प्रतिवेदनमा स्लोभेनिया र नर्वेलाई १७२ देशमध्ये सबैभन्दा बालअधिकारका दृष्टिकोणले उत्कृष्ट देशका रुपमा देखाएको छ भने फिनल्यान्ड ती देशलाई पछ्याउँदै दोस्रो स्थानमा देखिएको छ । त्यसैगरी नेदरल्यान्ड र स्वीडेन संयुक्त रुपमा तेस्रो स्थानमा रहेका छन् । सेभ द चिल्ड्रेनको उक्त रिपोर्टमा १७२ देशमध्येपूरा पढ्नुहोस्


मनिलाको एक होटलमा बन्दुकधारीद्वारा आगजनी, ३६ को मृत्यु

जेष्ठ १९, मनिला । फिलिपिन्सको राजधानी मनिला अवस्थित होटलको क्यासिनो कक्षमा एक बन्दुकधारीले गरेको आगजनीमा परी ३६ को मृत्यु भएको छ । यस घटनामा अन्य दर्जनौँ घाइते भएको प्रहरी स्रोतले जनाकारी दिएको छ । बिहीबार मध्यराति एक बन्दुकधारीले गरेको यस आक्रमणमा परी आक्रमणकारी स्वयंलगायत ३६ जनाको मृत्यु भएको हो । आगजनी र गोलीसमेत प्रहार गरी ३६ जनाको हत्या गरेपछि आक्रमणकारीले आमहत्या गरेका थिए । बन्दुकधारी आक्रमणकारीले आगजनीको क्रममा एम ४ राइफल र पेस्टोलसमेत प्रयोग गरेको प्रहरी अधिकारी रोनाल्ड डेला रोसाले बताएका छन् । फिलिपिन्सको सुरक्षा अधिकारीहरुले यो घटना आतङककारीहरुले गराएको नभई ‘सन्काह’ व्यक्तिले गराएको बताएका छन् । “क्यासिनोको दोस्रो तलाको भित्रीपूरा पढ्नुहोस्


क्यान्सर अस्पतालमा अङ्कोलोजी विषयमा नर्सिङ पढाइ हुने

जेष्ठ १९, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आउँदो शैक्षिक सत्रबाट स्नातक तहमा अङ्कोलोजी विषयमा नर्सिङ पढाइ हुने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यकाअनुसार पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपालमै पहिलो पटक क्यान्सर विषयसँग केन्द्रीत हुनेगरी नर्सिङ पढाइ हुनेछ । ३ वर्षे अध्ययनका क्रममा एकवर्ष क्यान्सर सम्बन्धी अध्ययन गराइने छ । यसका लागि विश्वविद्यालयमा पाठ्यक्रमसमेत बनिसकेको कार्यकारी निर्देशक आचार्यले बताए । “अस्पताल सञ्चालक समितिले निर्णय गरेसँगै प्रक्रिया अन्तिम चरणमा पुग्नेछ ।” आचार्यले बताए । विगत केही वर्षयतादेखि क्यान्सर अस्पतालले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर नर्सिङमा स्नातक पढाइका लागि गृहकार्य गरिरहेको थियो । विद्यार्थीले क्यान्सर उपचार पद्दति सम्बन्धी ज्ञान पाउनेपूरा पढ्नुहोस्


“गलती भयो, माफी पाऊँ” – भारतीय प्रहरी

जेष्ठ १९, भीमदत्तनगर । नेपाल प्रहरीसित समन्वय नगरी अपहरणको शैलीमा नेपाली नागरिकलाई पक्राउ गरी भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय प्रहरीको टोलीलाई आज छोडिएको छ । भारतको कर्णाटक राज्यबाट आएको प्रहरी नायब उपरीक्षक नागराजसहितको टोलीलाई आज कञ्चनपुर प्रहरीले सीमावर्ती भारतीय बजार वनवासा थानाका प्रहरी नायब निरीक्षक राजेश पाण्डेयको जिम्मा लगाएको हो । नागराजसहितको ५ जना भारतीय प्रहरी टोली कञ्चनपुरकै गड्डाचौकी नाका प्रयोग गरी बुधबार राति डोटीको दिपायल–सिलगढी नगरपालिका–८ लडागडा पुगेको थियो । स्थानीयवासी लालबहादुर आउजीलाई अपहरणको शैलीमा पक्राउ गरी बुधबार राति नै जिपमा राखेर महेन्द्रनगर फर्कने क्रममा जिल्ला प्रहरी कार्यालय, डोटीको टोलीले भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको हो ।पूरा पढ्नुहोस्


कुन स्थानीय तहमा कति वन ? नक्साङ्कन तयार !

जेष्ठ १९, काठमाडौँ । वन तथा भू–संरक्षण मन्त्रालयले सङ्घीयता कार्यान्वयनसँगै मुलुकका ७४४ वटै स्थानीय तहको वनक्षेत्रको विस्तृत विवरणसहित नक्साङ्कन तयार गरेको छ । मन्त्रालयले उक्त कार्यका लागि वनअनुसन्धान तथा सर्वेक्षण विभागका महानिर्देक डा. दीपककुमार खरालको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा वन तथा भू–जलाधार सरंक्षण विभाग, वन विभाग र सर्वेक्षण विभागका विज्ञ उपसचिव तथा अन्य दुईजना विज्ञ अधिकृत रहेका थिए । सो कार्यदलले सबै महानगरपलिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा के कति वन क्षेत्रपर्छ भनेर विस्तृत अध्ययन गरी नक्साङ्कन तयार पारेको कार्यदलका संयोजक तथा महानिर्देशक खरालले जानकारी दिए । दुई वर्षअघि सर्वेक्षण विभागले मुलुकरभरका वन क्षेत्रको अध्ययन गरी राष्ट्रियस्तरको तथ्याङ्क प्रतिवेदनपूरा पढ्नुहोस्


प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन – ‘निर्वाचनका लागि वातावरण बनाउन’

जेष्ठ १९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै दोस्रो चरण तथा प्रदेश र सङ्घका निर्वाचनमा समेत यस्तै भूमिका खेल्न निर्देशन दिएका छन् । प्रहरी निरीक्षक आधारभूत तालिम १६५औँ समूहको दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले दीक्षित हुन लागेका अधिकृतहरुले पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गराउने चुनौतीपूर्ण अवसर प्राप्त गरेको बताए । १९ महिनाको निरन्तर तथा अथक प्रयास, दृढ समर्पण, लगन र मिहेनतपश्चात् प्रहरी निरीक्षक तालिम सफलतापूर्वक सम्पन्न गरेकामा दीक्षित भएकाहरुलाई प्रधानमन्त्रीले बधाई दिँदै कार्य क्षेत्र र व्यक्तिगत जीवनमा सदैव सफलताकोपूरा पढ्नुहोस्