Main Menu

Thursday, June 22nd, 2017

 

मिथक हाम्रो सांस्कृतिक चिन्तनको स्रोत ?

डि.आर. पोखरेल (आधुनिक मानव विकासको आदिकालमा जब चेतना र भावनाको विकास भयो तब रहस्यमय वस्तु र घटनाहरुको व्याख्यामा मिथकको जन्म एवं प्रयोग हुन थाल्यो । कला, साहित्य र संस्कारमा मिथकले स्थान पाउनु केवल पूर्वीय प्रवृत्ति नभई यो पश्चिममा पनि उतिकै जरा गाडेको प्रवृत्तिको रुपमा स्थापित छ । मिथक ऐतिहासिक मात्र नभई यो आधुनिक जमानामा पनि उतिकै प्रचलित छ । यसले समग्र सांस्कृतिक चिन्तनमा प्रभाव पारेको छ । यसै सन्दर्भलाई लिई समालोचक एवं संस्कृति चिन्तक डि.आर. पोखरेलले झण्डै डेढ दशकअगाडि मूल्याङ्कन मासिकको पूर्णाङ्क ११३ मा प्रकाशन गराएको यस रचना वर्तमानमा पनि उतिकै महत्वको रहेको ठहर्याई पुनः प्रकाशित गरिएको छ । –पूरा पढ्नुहोस्


माइक्रोबसको ठक्करबाट एकको मृत्यु

  असार ८, काठमाडौँ । माइक्रो बसको ठक्करबाट आज बौद्ध जोरपाटीमा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । जोरपाटी बौद्ध प्रहरीवृत्तका प्रहरी नायब उपरीक्षक अच्युतप्रसाद पुडासैनीका अनुसार कलङ्कीबाट थली जाँदै गरेको बा १ ज ९८०९ नम्बरको माइक्रोबसले अनियन्त्रित भई आज अपराह्न ४ बजे पदैल यात्रु र सडक छेउमा तरकारी बेच्ने व्यक्तिलाई ठक्कर दिएको थियो । ठक्करबाट तरकारी व्यवसायी २७ वर्षीय रूपलाल साहको मृत्यु भएको छ भने दुर्घटनामा परी घाइते भएका ६० वर्षीया चिरीमाया बुढाथोकी र २२ वर्षीय प्रदीपकुमार साहको बौद्धस्थित शङ्खरापुर अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पुडासैनीले जानकारी दिए ।पूरा पढ्नुहोस्


अन्तर्राष्ट्रिय विमानस्थल आधा घन्टा बन्द हुने

chaotic-tia

  असार ८, काठमाडौँ । हवाई सुरक्षा अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, शुक्रबार आधा घन्टा बन्द हुने भएको छ । विमानस्थलले हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन आपत्कालीन योजना र यन्त्र उपकरणबारे विमानस्थलमा पूर्वअभ्यास गर्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थल अपराह्न ४ः३० देखि ५ः०० बजेसम्म आधा घन्टा बन्द हुनेछ । सो अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रियका सबै उडान अवतरण ठप्प हुने भएको छ । हवाई दुर्घटनाबारे आपत्कालीन योजना र यन्त्र उपकरणबारे सम्बन्धित निकायलाई अभिमुखीकरण गराउन पूर्वाभ्यास गर्न लागिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्यनन संस्था (आइकाओ) को नियमानुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलले प्रत्येक दुई वर्षमा ‘फुल स्केल इमर्जेन्सी एक्सरसाइज’ गर्नुपर्नेपूरा पढ्नुहोस्


बक्सिङमा चौधरी र रोक्का च्याम्पियन, पौडीमा ४ राष्ट्रिय कीर्तिमान

  असार ८, काठमाडौँ । नेपाली सेनाका दलबहादुर चौधरी र विमल रोक्का ओलम्पिक दिवसका अवसरमा आयोजित एकदिने बक्सिङ प्रतियोगितामा च्याम्पियन भएका छन् । लगनखेलस्थित सेनाका शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा आज भएको प्रतियोगिताको पुरुष ५२ केजी तौल समूहमा चौधरी राष्ट्रिय टोलीका खेलाडी सुशील थापालाई हराउँदै च्याम्पियन बनेका हुन् । त्यसैगरी पुरुषकै ५६ केजी तौल समूहमा रोक्काले झापाका सुरेन्द्र राईलाई पराजित गरे । पुरुषको ४९ केजी तौलसमूहको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका नाम्गेल शेर्पा र प्रदीप महर्जन संयुक्त रुपमा विजेता घोषित भए । पुरुषकै ७५ केजी तौलमा सेनाका एकबहादुर घलेले काठमाडौँका विशाल श्रेष्ठलाई हराउँदै स्वर्णपदक हात पारे । यता महिलातर्फ भएकोपूरा पढ्नुहोस्


‘यौनिकता शिक्षालाई पाठ्यक्रममा समावेश गर्नुपर्छ’

  असार ८, काठमाडौँ । यहाँ आज आयोजित ‘बृहत्तर यौनिकता शिक्षासम्बन्धी पत्रकारसँगको पैरवी कार्यशाला गोष्ठी’का सहभागी वक्ताले बृहत्तर यौनिकता शिक्षालाई औपचारिक र अनौपचारिक शिक्षाको पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । कार्यशाला गोष्ठीका अवसरमा शैक्षिक जनशक्ति विकास केन्द्रका निर्देशक यमनारायण घिमिरेले २०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्याको २५ प्रतिशत अर्थात् ६४ लाख किशोर-किशोरी रहेको र यौनिकता शिक्षा कमीका कारण उनीहरुमध्ये १० देखि २४ वर्ष उमेर समूहका ३५ प्रतिशत किशोरीको सानै उमेरमा विवाह हुने गरेको बताउँदै विवाह भएपछि ती किशोरी विद्यालय छाड्न बाध्य हुने गरेको धारणा व्यक्त गरे । स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाका अशेष रेग्मीले किशोर/किशोरीमध्ये धेरैले १८ वर्षकै उमेरमा पहिलोपल्टपूरा पढ्नुहोस्


१५० वर्ष अघिको युद्धमा मारिएका चिच्याइरहेका रसियाली सैनिकहरुको कंकाल (फोटो फिचर)

पूर्वी पोल्याण्डमा १५० वर्ष अघिको एउटा युद्धमा मारिएका रसियाली सैनिकहरुको कंकाल भेट्टिएको छ । पूर्वी पोल्याण्डमा अवस्थित ‘जिर्जिन युद्ध’को क्षेत्रमा ती कंकालहरु पुरातत्वविदहरुले भेट्टाएका हुन् । २ लाख रुबल मूल्य बराबबरका सैन्य सामानहरु ओसारिरहेका बेला सन् १८६३ मा पोलिस सैनिकहरुले ती रसियाली सैनिकहरुको हत्या गरेका थिए । पुरातत्वविदहरुले भेट्टाएका ती कंकालहरुको मुख खुलै भएको कारण मारिएका बखत तिनीहरु चिच्याएको अनुमान गरिएको हो । उक्त चिहानमा ८० सैनिकहरु मारिएको आंकलन गरिएको छ । सो युद्धमा २०० रसियाली सैनिकहरु मारिएका थिए भने २८२ सैनिकलाई बन्धी बनाइएको थियो । पोलिस सैनिकहरुले आक्रमण गर्दा करिब ९० रसियाली सैनिकहरु भाग्न सफल भएका थिए ।  पूरा पढ्नुहोस्


नेपालमा रहेका खानीको अध्ययन नयाँ प्रविधिबाट गरिने

  असार ८, काठमाडौँ । खानी तथा भूगर्भ विभागले नेपालमा रहेका खानीको अध्ययन नयाँ प्रविधिबाट गर्ने भएको छ । विभागले नयाँ प्रविधिको खनिजको विकासका लागि नयाँ प्रविधिबाट अध्ययन गर्न लागेको हो ।  विभागका प्रवक्ता कृष्णदेव झाले ३०औँ वर्षका पुराना मेसिनले काम गर्न नसक्ने भएपछि नयाँ प्रविधि झिकाएर अध्ययन गर्न लागेको जानकारी दिए । “खानी नयाँ प्रविधिबाट अध्ययन गर्नका लागि हामीले एसआरएफ, जिपिआर र डाइमन्ड ड्रिलकोर मेसिन भित्र्याउन लागेका छौँ ।” उनले भने । उक्त मेसिन भित्र्याउनका लागि विभागले रु. १ करोड ५० लाख बजेट समेत छुट्याइसकेको र यही महिनाभित्र मेसिन विभागमा आइपुग्ने प्रवक्ता झाले बताए । “यसअघि खानीमा रहेको वस्तुपूरा पढ्नुहोस्


४ सय वर्षअघि गुमेको भाषा सिक्दै म्याग्दीका मगर समुदाय

  असार ८, बाबियाचौर (म्याग्दी) । म्याग्दीका मगर समुदायले ४ सय वर्षअघि गुमेको ‘ढुट’ भाषा सिक्न थालेका छन् । बेनीमा नेपाल मगर सङ्घले प्रशिक्षण कक्षा सञ्चालन गरेर मगर भाषा सिकाउन थालेको छ । सदरमुकाम बेनीमा बसोबास गर्दै आएका मगर समुदाय कक्षामा सहभागी भएर ढुट भाषा सिक्न थालेका हुन् । सांसद नवराज शर्माको सिफारिसमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु. १ लाख ५० हजार सहयोगमा असार ५ गतेदेखि १५ दिने भाषा कक्षा सञ्चालन गरिएको हो । मगर समुदायलाई आफ्नो मौलिक भाषा सिकाएर लोप हुन नदिने उद्देश्यले कक्षा सञ्चालन गरिएको सङ्घका सचिव लोकेश पुनमगर बताउँछन् । मल्लकालमा तत्कालीन राज्य सञ्चालकले फरकफरक भाषा बोल्दापूरा पढ्नुहोस्


प्रतिबन्धित भारतीय अण्डा भित्रिएपछि बर्डफ्लुको जोखिम

  असार ८, वीरगन्ज । वार्षिक रु. १५ करोड मूल्यभन्दा बढीको अण्डा उत्पादन हुने बारामा खुल्ला सीमाको कारण दिनहुँ भारतीय अण्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै गएको छ । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करले भारतबाट कुखुराको सेतो अण्डा तस्करी गरी नेपाल भित्रयाउने गरेका छन् । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर तथा नेपाली नाका मटिहर्वा, कबैगोठ, सीमरौनगढ, कचोर्वालगायत नाकाबाट तस्करले साइकल, मोटरसाइकल र जिपमा ठूलो परिमाणमा सेतो अण्डा तस्करी गरी बाराको ग्रामीण भेगका बजारमा पुर्याउने गरेका छन् । जिल्ला पशुसेवा कार्यलय बाराका वरिष्ठ पशु विकास अधिकृत डा. देवनन्नदन साह सुरक्षाकर्मीको लापरबाहीका कारण भारतीय अण्डा नेपाल भित्रिने गरेको बताउँछन्पूरा पढ्नुहोस्


नगरभित्रको फोहर बिक्रीबाट ५ लाख आम्दानी

  असार ८, वालिङ (स्याङ्जा) । वालिङ नगरपालिकाबाट सङ्कलन हुने फोहरजन्य वस्तु बिक्रीबाट चालु आर्थिक वर्षमा हालसम्म रु. ५ लाख ५३ हजार आम्दानी भएको छ । फोहर व्यवस्थापनका लागि वालिङ नगरपालिकामा काम गर्दै आएको दिदीबहिनी समाज उत्थान संस्थाका अध्यक्ष यामप्रसाद भण्डारीका अनुसार रु. १ लाख ५० हजार बराबरको फोहरजन्य वस्तु बिक्री गर्ने तयारी भइरहेको छ । वालिङ नगरपालिकामा उत्पादन हुने फोहरजन्य वस्तुको बिक्रीबाट अघिल्लो आवमा रु. ३ लाख ७९ हजार र गत आवमा रु. ५ लाख १० हजार आम्दानी भएको थियो । फोहरको व्यवस्थापनका लागि वालिङ नगरपालिका र दिदीबहिनी समाज उत्थान संस्थाबीच सार्वजनिक निजी साझेदारीमा २०७१ असोजमा ४ वर्षका लागिपूरा पढ्नुहोस्