Main Menu

Monday, June 12th, 2017

 

‘रोजगारीमा महिलाका लागि राम्रो भविष्य’ बारे राष्ट्रपतिबाट जेनेभामा सम्बोधन हुने

president-thailand-srilanka-visit

सुरेन्द्रबहादुर नेपाली जेष्ठ २९, काठमाडौँ । अधिकांश महिला पारिश्रमिक पाउने रोजगारी चाहन्छन्, तर उनीहरूको रोजगारीमा प्रगति सङ्ख्यात्मक तथा गुणात्मक दुवै रूपमा अहिले मन्द छ र केही स्थानमा पूर्ण रूपमा रोकिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन तथा ग्यालपले १४२ मुलुकमा गरेको एक सर्वेक्षणपछि यस्तो निचोड निकालिएको हो । यसले महिलाको चाहना तथा श्रम बजारको वास्तविकताबीच निकै भिन्नता रहेको देखाएको यी संस्थाले जनाएका छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको १०६औँ श्रम सम्मेलन जुन ६ देखि १७ सम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको छ र यस सङ्गठनका १८७ सदस्य मुलुकका कामदार, रोजगारदाता तथा सरकारका प्रतिनिधिले श्रम आप्रवासन, पेसागत सुरक्षा र स्वास्थ्य, मौसम परिवर्तन तथा रोजगारीमापूरा पढ्नुहोस्


प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंक शाखा अनिवार्य खोल्न निर्देशन

पूर्णप्रसाद मिश्र जेष्ठ २९, काठमाडौँ । व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । समितिको सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा सबै स्थानीय तहमा बैंक नहुँदा खाता खोल्नसमेत नसकिएको गुनासो आएपछि यस्तो निर्देशन दिइएको हो । ७ सय ४४ स्थानीय तहमध्ये हाल ३ सय ९२ मा मात्र बैंक रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । स्थानीय तहले सम्पादन गर्ने काममा एकरुपता ल्याउने, स्रोत/खर्च तथा कर्मचारी व्यवस्थापन, हालसम्म भएका प्रगति र प्रारम्भिक चरणमा देखापरेका समस्याका विषयमा समितिले तीन महानगरपालिकाका निर्वाचित प्रमुखलगायत सरोकारवाला निकायसँग आज छलफल गर्योपूरा पढ्नुहोस्


चितवनमा सरकारले ११ लाखभन्दा बढी बिरुवा रोप्ने

  जेष्ठ २९, चितवन । राम्रो वन क्षेत्रका रुपमा परिचित चितवनमा यस वर्ष सरकारी तवरबाट मात्रै ११ लाख ४५ हजार बिरुवा रोपिने भएको छ । जिल्ला वन कार्यालयले व्यवस्थापन गरेको नर्सरीमा ८ लाख ९५ हजार बिरुवा तयार भएका छन् भने निजी क्षेत्रबाट २ लाख ५० हजार बिरुवा खरिद गरिँदै छ । जिल्लामा १५ लाखभन्दा बढी बिरुवाको माग भए पनि उत्पादन गर्न पर्याप्त बजेट नहुँदा मागअनुसार विरुवा वितरण गर्न नसकिएको जिल्ला वन अधिकृत केदारनाथ पौडेल बताउँछन् । जिल्ला वन कार्यालयले असारको दोस्रो साताबाट सरकारी र निजी क्षेत्रलाई निःशुल्क विरुवा वितरण गर्दैछ । कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार वृक्ष सुधारपूरा पढ्नुहोस्


८६ मेगावाटको सोलुखोला–दूधकोसी आयोजना इटालियन कम्पनीले बनाउने

जेष्ठ २९, सोलुखुम्बु । कुल ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको प्रवर्द्धक साहस ऊर्जा लिमिटेडले इटालीको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ । साहस ऊर्जा लिमिटेडले सोलुखोला–दूधकोसी आयोजना इटालियन व्यवसायी कम्पनी कोअपरेटिभा मोरातोरीई सेमिन्टिस्टा डी रेभनासँग ठेक्का सम्झौता गरेको हो । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत संरचना निर्माणका लागि रु. ६ अर्ब ९६ करोडमा ठेक्का सम्झौता भएको कम्पनीका प्रबन्ध निर्देशक हिमप्रसाद पाठकले जानकारी दिए । निर्माण व्यवसायीको यही महिनाको अन्त्यमा आयोजनास्थलको भ्रमणपछि निर्माण कार्य सुरु हुनेछ । “काम सुरु गरेको ४ वर्षभित्र निर्माण कार्य सम्पन्न गछौँ,” पाठकले भने । आयोजना निर्माणका लागि ११ बैंकले रु. ८ अर्ब ६५ अर्ब लगानीपूरा पढ्नुहोस्


मतदान गर्न ५ घण्टा हिँडेर जानुपर्छ, के गर्ने ?

thirty-one-parties-jhapa-2nd-phase

जेष्ठ २९, रुकुम । आगामी असार १४ गते दोस्रो चरणको स्थानीय तहको निर्वाचमा यहाँको एक मतदान केन्द्रमा पुग्न मतदातालाई ५ घन्टा पैदल हिँड्नुपर्ने भएको छ । ५ नं प्रदेशमा पर्ने रुकुमको भुमे गाउँपालिका–८ मा रहेको मतदान केन्द्रमा पुग्न त्यहाँका अधिकांश ठाउँका मतदातालाई ५ घन्टाभन्दा बढी समय हिँड्नुपर्ने बाध्यता भएको हो । साविकको रुकुमकोट गाविसको ४ नं वडा र महत गाविसका ७ र ८ वडा मिलाएर बनाइएको भुमे–८ को मतदान केन्द्र साविकको महत गाविस–८, को आधारभूत विद्यालय भोल्टीमा छ । सो मतदान केन्द्रमा पुग्न साविकको रुकुमकोट–४ को मैवाङबाट ५, झिम्काबाट ४ र कुचिवाङबाट ३ घन्टाभन्दा बढी समय पैदल हिँड्नुपर्ने बाध्यता रहेकोपूरा पढ्नुहोस्


सही कुराको पक्षमा संघर्ष गर्नु मेरो दायित्व हो-नारायणकाजी

(नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाश पार्टीभित्रका विसंगति र गलत प्रवृत्तिलाई लिई आवाज उठाउनेको रुपमा चर्चित नेता हुन् । त्यस्तै एक सन्दर्भलाई लिई हालै मात्र उनले आफ्नो फेसबुक स्टाटसमा ‘राजनीतिलाई सत्ताको फोहोरी खेल नै बनाइरहने हो भने यत्रो बलिदान र परिवर्तनको के अर्थ ?’ लेखेर पार्टीभित्र मौलाउँदै गएको सत्तामुखी संस्कृतिमाथि औंला ठड्याएका छन् । यसै सन्दर्भका साथ समसामयिक राजनीतिलाई समेत जोडेर मूल्याङ्कन अनलाइनका लागि नेता प्रकाशसँग कमल गिरीले लिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिन्छ । – सम्पादक) सरकारले पूर्णता कहिले पाउँछ ? अहिलेसम्म निश्चय भइसकेको छैन । नेपाली कांग्रेसले दोस्रो चरणको निर्वाचनपछि बिस्तार गरौँ कि भन्नेपूरा पढ्नुहोस्


२ सय ३ म्यादीले दिए राजीनामा

  जेष्ठ २९, नुवाकोट । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २ सय ३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म सेवामा निरन्तरता दिने जनाए पनि २ सय ३ ले पदबाट राजीनामा दिएर सेवा छाडेका छन् । स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको जिल्लाका म्यादीलाई सेवा निरन्तरता दिन नचाहेमा राजीनामा दिन पाउने व्यवस्था गरेकाले जागिर छाड्न चाहनेको राजीनामा स्वीकृत गरिएको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । वैशाख ३१ को निर्वाचनलाई लक्षित गरी नुवाकोटमा ७ सय ७२ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।पूरा पढ्नुहोस्


जाँदाजाँदै जर्मनी राजदूतले भने – “बिदा मिलाएर घुम्न आउँछु”

  जेष्ठ २९, भीमदत्तनदगर । आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लागेका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताउँछन् । नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक आफ्नो कार्यकाल पूरा गरी झन्डै ११ हजार किलोमिटरको लामो स्थलयात्रा गर्ने क्रममा आइतबार साँझ कञ्चनपुरको भीमदत्तनगर पुगेका राजदूत मायर नेपालमा पर्यटकीय सम्भावना बोकेका स्थलहरु धेरै रहेको बताउँछन् । गाउँबस्ती घुम्ने रहर र सवारी ट्राफिक कम हुने भएकाले आफूले मोटरकारमै जर्मनी जाने निधो गरेको मायरले बताए । आइतबार साँझ बसाईका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको शुक्लाफाँटा कटेज पुगेका राजदूत मायरले शुक्लाफाँटा, झोलुङ्गे पुल, जुम्ला, रारालगायतका पर्यटकीयस्थल घुम्नकापूरा पढ्नुहोस्