Main Menu

Friday, June 16th, 2017

 

उदयपुरको गाईघाट बजार डुबान

यमन दनुवार असार २, उदयपुर । बिहानको भारी बर्षाले आज शुक्रबार गाईघाट बजार डुबानमा परेको छ । बरुवा खोलामा आएको बाढी सिधै बजारक्षेत्रमा प्रवेश गरेपछि सदरमुकाम गाईघाटको घरटहरोमा रहेको सयौँ पसलहरु डुबानमा परेका छन् । असार सुरु भए लगतै बिहान ४ बजदेखि ६ बजेसम्म एक्कासी मुसलधारे वर्षा परेको हुदा यहाँका पसलहरु डुब्न थालेका हुन् । बजार क्षेत्र आसपासमा खेती योग्य जमीनको निकास पानी र बरुवा खोलाको नहरबाट पसेको भेलले वर्षेनी बजार डुबानमा पर्ने गरेको छ । बजार क्षेत्रको सानो नाली र अव्यवस्थित फोहरको थुप्रोले ढल भरिएर वर्षात्को पानी पसल तथा रोडमा कुड्ने गाईघाट बजारको पुरानो समस्या हो । गाईघाट बजारलाई स्मार्ट नगरपूरा पढ्नुहोस्


महिला उम्मेदवार जिताउन उर्लियो महिला

केदार मगर असार २, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिकाको लागि मेयर पदका उम्मेदवार बनेकी दुर्गाजयन्ती राईलाई जिताउन नगरभित्रका महिलाहरु कस्सिएका छन् । नेकपा (माओवादी केन्द्र)बाट टिकट पाएर चुनावी मैदानमा उत्रिएकी राईलाई जिताउन नगरवासी महिलाहरु कस्सिएका हुन् । नेपाली काँग्रेस, नेकपा (एमाले), संघीय समाजवादी पार्टी फोरम लगायत अन्य पार्टीबाट मेयर पदमा पुरुष मात्र उम्मेदवार बनेपछि पूर्व सभाषद्समेत रहेकी उम्मेदवार राईलाई जिताउन नगरभित्रका सर्वसाधारण महिलाहरुसमेत घरदैलो अभियानमा जुटेका छन् । नगरवासी महिलाहरु भेला भएर एकमात्र महिला उम्मेदवारलाई जिताउन बिहीबार नाराजुलुससहित बजार परिक्रमा समेत गरेका छन् । महिलाको सवालमा पुरुषभन्दा महिलाले नै महिलाको भावना बुझ्ने भएकाले पनि दुर्गाजयन्तीलाई जिताउन आवश्यक रहेको महिलाहरुले बताएकापूरा पढ्नुहोस्


सौर्य प्रणाली जडानका लागि ३० प्रवर्ध्दकलाई सर्वेक्षणको अनुमति

असार २,  काठमाडौँ । सरकारले कुल १८० मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गर्ने लक्ष्यका साथ ३० वटा प्रवर्ध्दकलाई सर्वेक्षणको अनुमति प्रदान गरेको छ । सरकारले मिश्रित ऊर्जा प्रणाली जडान गर्ने कार्यलाई अगाडि बढाउने लक्ष्यका साथ पछिल्लोपटक सौर्य ऊर्जाको विकास र विस्तारमा विशेष जोड दिएको छ । जलविद्युत् आयोजनालाई सहयोग पुर्याउने लक्ष्यका साथ सौर्य ऊर्जा प्रणालीको विकास र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाउन लागिएको हो । नेपाल विद्युत् प्राधिकरणले केही दिनभित्रैमा कुल ६१ मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने तयारी गरेका प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता गर्ने तयारी गरेको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले सबैभन्दा ठूलो ५० मेगावाटपूरा पढ्नुहोस्


अक्षराङ्कन प्रणालीपछि एसइईको नजितामा सुधार

असार २,  काठमाडौँ । अक्षराङ्कन पद्धतिमा प्रकाशित २०७३ को माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजामा गत वर्षको तुलनामा यस वर्ष बढी विद्यार्थी सफल भएका छन् । विद्यार्थीको लब्धाङ्कपत्र (ग्रेड सिट) मा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नभई विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क (जिपिए) दिइने अक्षराङ्कन (लेटर ग्रेडिङ) का कारण यो सुधार देखिएको हो । ‘अक्षराङ्कन’ (लेटर ग्रेडिङ) भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कनपश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइस्तरलाई अक्षरमा गरिने प्रस्तुति मानिन्छ । आज सार्वजनिक नतिजाअनुसार कुल चार लाख ६२ हजार १२६ परीक्षार्थी सहभागी भएकामा नियमित र आंशिकतर्फ चार लाख ४५ हजार ५६४ विद्यार्थीले ‘डी’ भन्दा माथि (१ दशमलव ६) ग्रेड हासिलपूरा पढ्नुहोस्


चुनाव सार्ने निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र-राजकिशोर

असार २,  जनकपुरधाम । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले प्रदेश नं– २ मा स्थानीय तहको निर्वाचन असोजमा गराउने सरकारको निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप लगाएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले भने –“निर्वाचनका बारेमा सरकारसँग राष्ट्रिय जनता पार्टीको कुनै सहमति भएको छैन ।” नेता यादबले आफूहरू निर्वाचनको विरोधी शक्ति नभए पनि मधेसको माग सम्बोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने बताउँदै सभ्यता, पहिचानको सङ्घर्षलाई सङ्ख्याको आधारमा मापन गर्न नहुने धारणा व्यक्त गरे । सत्ता पक्षले सङ्घर्षलाई सङ्ख्याका आधारमा मापन गरी मधेसको मुद्दालाई पटकपटक कमजोर र ओझेलमा पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उहाँले आन्दोलनलाई व्यवस्थित ढङ्गलेपूरा पढ्नुहोस्


निर्वाचनको मिति सारिएकोमा विरोध प्रदर्शन

असार २,  काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुले सरकारले प्रदेश नं– २ को स्थानीय तह निर्वाचन तेस्रोचरणमा सारेकामा आज यहाँ विरोध प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि सङ्गठनमा आवद्ध विद्यार्थीले सरकारको सो निर्णयले निर्वाचन आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दैे निर्णयमा पुनःविचार गरी पूर्वनिर्धारित असार १४ मै निर्वाचन गराउन विद्यार्थीले माग गरेका थिए । सङ्गठनका अध्यक्ष नवीना लामाले सरकारको प्रदेश नं– २ मा चुनाव सार्ने निर्णय त्यस क्षेत्रको जनताको हितमा नरहेकाले भोलिदेखि जनजागरण अभियान सुरु गर्ने बताइन् । अभियानमा उक्त प्रदेशका सबै जिल्लामा चुनाव केन्द्रित सभा गरी स्थानीय जनतालाई बुझाइने जनाइएको छ ।


एसईई नतिजाको विस्तृत् विवरण, पूरक परीक्षा साउन १९ गतेदेखि

असार २,  भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ । कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यसवर्ष नियमित तर्फ चार लाख ४५ हजार ५६४ जना परीक्षार्थी सहभागी भएकोमा १२ हजार २८४ जना जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर उत्तीर्ण भएको जानकारी दिए । त्यस्तै जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म ल्याएर ४२ हजार ४ सय २७ जना, जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म ल्याएर ५० हजार ६ सय ४६ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्मपूरा पढ्नुहोस्


कैलालीमा स्थानीय तह निर्वाचनको सरगर्मी

असार २,  धनगढी । स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा कैलाली जिल्लाका स्थानीय तहहरुमा को विजयी हुनसक्छ भनेर चुनावी जोड घटाउको चर्चा पनि हुन थालेको छ । गत संविधानसभाको चुनावमा दलका उम्मेदवारले पाएको मत, नयाँ थपिएका मतदाता, राजनीतिक दलको सङ्गठनको प्रभाव र उम्मेदवारको लोकप्रियता एवम् क्षमतालगायतलाई आधार मानेर असार १४ गते हुन लागेको स्थानीय तहमा कस्ले बाजी मार्न सक्छ भनेर नेता कार्यकर्ताबीच जोड घटाउ हुन थालेको हो । चुनावी जोड घटाउमा नेता कार्यकर्ता भने आआफ्नै पक्षका उम्मेदवारले जित्ने दाबी गरिरहेका छन् । बाटो, सार्वजनिकस्थल, चिया पसलमा जमघट हुने दलका नेता कार्यकर्ताबीच चुनावको हारजितको प्रसङ्ग कोट्याउँदै कस्ले कुन वडाबाट कति मतपूरा पढ्नुहोस्


मोरङमा निर्वाचनका लागि संयन्त्र गठन

असार २,  विराटनगर । मोरङमा शान्तिपूर्ण ढङ्गले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक संयन्त्र गठन गरिएको छ । दोस्रो चरणको निर्वाचनअन्तर्गत असार १४ गते हुन गइरहेको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार मोरङका १३ दल सम्मिलित बैठकले सो संयन्त्र गठन गरेको हो । सो संयन्त्रमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरमसहितका दलहरु सहभागी भएका थिए । मोरङका एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिकाका ६ सय ६९ वटा मतदान केन्द्रमा कुनै प्रकारको समस्या आएमा त्यसलाई तत्काल समाधान गर्ने उद्देश्यले सो संयन्त्रको गठन गरिएको हो । यसका साथै, मतदान प्रक्रियालाईपूरा पढ्नुहोस्


धनगढीमा पनि हर्न बजाउन नपाइने

असार २,  कैलाली । कैलालीको अत्तरिया बजारमा हर्न निषेधित क्षेत्र लागु भएको एक हप्तापछि धनगढी बजारमा पनि बिहीबारदेखि हर्न बजाउन नपाइने व्यवस्था लागुभएको छ । धनगढीको मुख्य बजार ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मको बजार क्षेत्र, दक्षिणमा विद्युत् प्राधिकरण र उत्तरमा आयल निगम रहेको क्षेत्रसम्म हर्न निषेधित गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिएका छन् । उनले प्रथम तह हर्न निषेधका लागि प्रचारात्मक अभियान चलाइने र त्यसपछि मात्रै कारबाहीको चरणमा जाने बताउनुभएको छ । इमर्जेन्सी अवस्थाबाहेकका सामान्य अवस्थामा हर्न निषेधित क्षेत्रमा हर्न बजाएमा ट्राफिक इसारा उल्लङ्घन गरेको कसुरमा रु ५०० देखि एकहजार ५०० सम्मपूरा पढ्नुहोस्