Main Menu

Wednesday, June 21st, 2017

 

समयको परिवर्तनसँगै हुलाक सेवा विभागको सेवा विस्तार

गौतमबुद्ध बज्राचार्य असार ७, काठमाडौँ । विसं १९३५ मा हुलाकघरका रुपमा सेवा सुरु गरेको हुलाक सेवा विभागले समयको परिवर्तनसँगै सेवा पनि विस्तार गर्दै लगेको छ । सर्वसाधारणको अत्यावश्यक सेवामा परेको हुलाक सेवा इन्टरनेट तथा इमेलले ओझेलमा पारेपनि यसले दिने अन्य सेवा भने बढ्दै गएको छ । विभागले आर्थिक वर्ष २०७१/७२ मा रु. २५ करोडको टिकट बिक्री गरेकामा आव २०७२/७३ मा रु. ३५ करोडको टिकट बिक्री गर्न सफल भयो । विभागका केन्द्रीय टिकट भण्डार व्यवस्थापक नारायणप्रसाद पौडेलले व्यक्तिगत चिट्ठीपत्रको आदान-प्रदानमा केही कमी आए पनि पार्सल, निवेदन तथा टिकटको सङ्कलन भने अत्यधिक बढ्दै गएको जानकारी दिए । निवेदनमा हाल रु. ५ देखिपूरा पढ्नुहोस्


पुँजीगत खर्च २५ प्रतिशत मात्र, सर्वत्र चिन्ता र चासो

  असार ७, काठमाडौँ । चालु आर्थिक वर्ष समाप्त हुन २४ दिन मात्र बाँकी रहँदा पुँजीगत खर्च २५ प्रतिशतमा सीमित रहेकामा सरकार, नेपालका विकासका साझेदार र अर्थशास्त्रीले गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन् । परियोजना कार्यान्वयनमा गम्भीर नहुँदा र कार्यक्षेत्रका समस्या तत्काल समाधान गर्न नसक्दा पुँजीगत खर्च बढ्न नसकेको तर्क गर्दै कार्यसम्पादन संयन्त्रलाई चुस्त तुल्याउँदै भविष्यमा खर्चवृद्धिका लक्ष्यसहित इमानदारीपूर्वक सम्बद्ध पक्षले काम गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । नेपाल सरकारका वरिष्ठ अधिकारी, एसियाली विकास बैंक (एडिबी) को सहायतामा सञ्चालित विकास परियोजनामा सम्बद्ध कर्मचारी एवम् ठेकेदार तथा एडिबीका केन्द्रीय एवम् स्थानीय पदाधिकारीसँग अर्थ मन्त्रालय र एडिबीले संयुक्त रुपमा आज यहाँपूरा पढ्नुहोस्


निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत – गृहमन्त्री शर्मा

  असार ७, चितवन । गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको बताएका छन् । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले आफ्नो साधन स्रोत र शक्ति परिचालन गरेर समग्र सुरक्षाको व्यवस्था मिलाएको बताए । असन्तुष्ट भएका राजनीतिक दलसँग पनि वार्ता र संवाद गरेर सहमतिमा निर्वाचनको मिति तय भएकाले निर्वाचनको वातावरण बनेको बताउँदै मन्त्री शर्माले भने, “निर्वाचनको राम्रो वातावरण बनेको छ । निर्वाचनको खारेजी गर्न माग गर्दै आएको नेकपा विप्लव समूहले पनि विभिन्न ठाउँमा उम्मेदवारी दिएको छ ।” टीकापुर घटनाका दोषीलाई क्षतिपूर्ति किन दिइएको भन्ने प्रश्नमा उनले घटना गराउने र दोषीलाईपूरा पढ्नुहोस्


नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालित

  असार ७, चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज बिहान खसेको पहिराका कारण सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार राति पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चले पनि बिहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो । बिहान ०७ः५ बजे खुलेको सडक पुनः ०८ः५ बजे अवरुद्ध बनेको थियो । बिहान ०८ः५० बजेदेखि सडक दुईतर्फ सञ्चालन भएको प्रहरीले जनाएको छ । वर्षाका कारण मुग्लिनदेखि जलवीरेसम्मको क्षेत्रमा सात स्थानमा सानाठूला पहिरो खसेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका डोजरको सहयोगमा पहिरो पन्छाइएको हो । दुईपूरा पढ्नुहोस्


६ महिनाको योजना डेढ महिनामै सकियो !

  असार ७, बाबियाचौर (म्याग्दी) । म्याग्दीको मङ्गला गाउँपालिका–२ कोक्रवाङ र तोराखेतका बासिन्दाले ६ महिनामा सक्ने लक्ष्य रहेको खानेपानी योजना डेढ महिनामै निर्माण गरेका छन् । सुरु गरेको ४८औँ दिनमा खानेपानी योजना निर्माण गरेर उनीहरुले इच्छाशक्ति र सक्रियता भयो भने विकास आयोजनामा हुने ढिलासुस्तीको समस्या समाधान हुनसक्ने उदाहरण प्रस्तुत गरेका हुन् । ब्रिटीस गोर्खा वेलफेयरको सहयोगमा २०७३ साल चैत २७ गतेदेखि सुरु भएको कोत्रवाङ ताराखेत खानेपानी तथा सरसफाइ आयोजना जेठ १० गते सकिएको हो । संस्थाका प्राविधिक, मिस्त्री कार्यस्थलमै उपस्थित भएको र उपभोक्ताको सक्रियताका कारण ६ महिनामा सक्ने लक्ष्य राखिएको आयोजना ४८ दिनमा सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण पौडेलपूरा पढ्नुहोस्


तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन तेक्वान्दो टोली दक्षिण कोरियातर्फ

  असार ७, काठमाडौं । तीन छुट्टाछुट्टै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २१ सदस्यीय नेपाली तेक्वान्दो टोली बुधबार दक्षिण कोरिया प्रस्थान गर्दैछ । असार १० देखि १६ गतेसम्म मुजुमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा १० नेपाली खेलाडीले विभिन्न तौलसमूहमा सहभागिता जनाउने छन् ।   पुरुषतर्फ ५४ केजीमुनि ताराकुमार रायमाझी, ५८ केजीमुनि सागर गुभाजु, ६३ केजीमुनि वीरबहादुर महरा, ६८ केजीमुनि रन्जन श्रेष्ठ, ७४ केजीमुनि निश्चलमान श्रेष्ठ र ८७ केजीमुनि सक्षम कार्कीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिलातर्फ ४६ केजीमुनि रेजिना कार्की, ५३ केजीकुनि निमा गुरुङ, ५७ केजीमुनि ज्ञानी चुनारा तथा ७३ केजीमाथि ओलम्पियन निशा रावलले प्रतिस्पर्धा गर्ने छन् । टिम प्रशिक्षकमा जे हो ली तथा व्यवस्थापकमापूरा पढ्नुहोस्


सर्वाधिक पुरस्कार राशीको विद्यालयस्तरिय फुटबल प्रतियोगिता साउनमा

  असार ७, काठमाडौँ । फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका ३ जिल्लाका विद्यालयहरू र नुवाकोटको एक विद्यालयको सहभागिता रहने हिजो यहाँ आयोजित मुल आयोजक समितिका अध्यक्ष दीपक क्षत्रीले बताए । यस प्रतियोगिता निजी क्षेत्रबाट आयोजना हुने विद्यालयस्तरको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हुने क्षेत्रीले दाबी गरे । प्रतियोगिताको विजेता टोलीले रु. ५ लाख पुरस्कार पाउनेछन् भने उपविजेताले रु. ३ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु. २५ हजारसहित ट्रफि प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट डिफेन्डर, मिडफिल्डर तथा उत्कृष्ट स्ट्राइकरलेपूरा पढ्नुहोस्


माघसम्म तीनै तहको निर्वाचन गर्नुपर्छ – खनाल

असार ७, इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आगामी माघ महिना सम्ममा तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । इलाम सदरमुकाममा आज बिहान पत्रकारसँग कुराकानी गर्दै नेता खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी भएपनि तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई आग्रह गरेका छन् । चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ फड्को मार्ने र त्यसको नेतृत्व एमालेले नै गर्ने बताए । “निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासतर्फ उन्मुख हुन्छ”, नेता खनालले भने, “आर्थिक समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक छ ।” पहिलो चरणको निर्वाचनको नतिजाले एमालेकै जितको सुनिश्चितता गरेको बताउँदै नेता खनालले समग्र देशको विकासका लागि एमालेलाईपूरा पढ्नुहोस्


चारकिलोमा पहिरो, मुग्लिन सडक बन्द

  असार ७, रत्ननगर (चितवन) । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चलेपनि विहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो । अहिले डोजरको सहयोगमा पहिरो पन्छाउने क्रम चलिरहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । बेलाबेलामा पानी परिरहेकाले पहिरो पन्छाउन समस्या आउने गरेको प्रहरीले जनाएको छ । पहिरोका कारण यातायात बन्द हुँदा चितवनबाट काठमाडौँ तथा पोखरा जाने र आउने सवारीको ठूलो लाइन लागेको छ । दुई दिनअघि पनि यहाँको कालीखोलामापूरा पढ्नुहोस्