Main Menu

Wednesday, June 28th, 2017

 

अवैध रुपमा सञ्चालित १० निजी विद्यालय कारबाहीमा

  असार १४, लहान । अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय सिरहाले बन्द गराएको छ । अनुमतिबिना अवैधरुपमा सञ्चालनमा रहेका निजी विद्यालयमाथि कारबाही अभियान सुरु गरेको जिशिकाले ती विद्यालय बन्द गराएका हुन् । पटकपटक विद्यालय बन्द गर्न जिशिकाले दिएको निर्देशन अटेर गरेकाले जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्ण नेतृत्वको टोलीले जिल्लाको धनगढी स्रोत केन्द्रअन्तर्गतका ४, लहान स्रोत केन्द्रअन्तर्गतका ४ तथा पोखरभिण्डा स्रोत केन्द्रअन्तर्गतका २ वटा विद्यालय बन्द गराएको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ । सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय विद्यालय, धनगढी नगरपालिका–११ स्थित क्रियटिभ अङ्ग्रेजी आवासीय विद्यालय, लहान–२२ सिसबोनस्थित ज्वालामुखीपूरा पढ्नुहोस्


सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा मतदान गर्न कोही आएनन्

असार १४, सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिका–६ तिङ्लामा आज शून्य मतदान भएको छ । स्थानीय तह पुनःसरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरुले विरोध स्वरुप मतदान गरेका छैनन् । नेचासल्यान–६ तिङ्लाका पाँचवटै मतदान केन्द्रमा खटिएका कर्मचारीले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतपेटिका राखेर मतदान प्रक्रिया अगाडी बढाए पनि सो समयभित्र मतदानका लागि केन्द्रमा कोही पनि नआएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए । नेचासल्यान गाउँपालिका–६ तिङ्लामा २ हजार ४७६ मतदाता रहेका छन् । सो वडामा कसैले पनि उम्मेदवारी दिएको छैन । सोलु दूधकुण्ड नगरपालिकाको सट्टा नेचासल्यान गाउँपालिकामा तिङ्लालाई समावेश गरेपछि स्थानीयले यसको विरोध गर्दै आएको सङ्घर्ष समितिका अध्यक्ष बालकुमार कार्कीलेपूरा पढ्नुहोस्


भवन निर्माण संहिता संशोधन गर्नुपर्छ – इन्जिनियर

  असार १४, ललितपुर । इन्जिनियरले भवन निर्माण संहिता संशोधन हुनुपर्नेमा जोड दिएका छन् । नेपाल इन्जिनियर एसोसिएसन र सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय परियोजना कार्यान्वयन एकाइले आज ललितपुरमा आयोजना गरेको ‘भवन निर्माण संहिता संशोधनको आवश्यकता’ विषयक गोष्ठीमा सरोकारवालाले २० वर्ष पुरानो भवन निर्माण संहिता अहिलेका लागि अनुउपयुक्त भएकाले नयाँ संहिता निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले स्थानीय निकायमा जनप्रतिनिधि आएकाले पुनःनिर्माणकोे कामलाई योजनाबद्ध रुपमा अघि बढाइने उनले बताए । नेपाल इन्जिनियर एसोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले विकसित देशमा दुई/तीन वर्षमा नै कानुन अद्यावधिक गरे पनि नेपालमा संहितामा बनेको दुई दशकसम्म पनि संशोधन हुन नसकेको बताएपूरा पढ्नुहोस्


मिथिला चित्रकलामा नयाँ पुस्तालाई आह्वान

  असार १४, जनकपुरधाम । मिथिला चित्रकलालाई जीवन्त राख्नका लागि पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिइएको छ । बिपी कोइराला भारत–नेपाल फाउन्डेसनद्वारा यहाँ आज आयोजित छलफल कार्यक्रममा सहभागीले मिथिला चित्रकलामा नयाँ पुस्ताको आकर्षण अभिवृद्धिका लागि आधुनिक प्रविधिसँग हातेमालो गर्दै बजारीकरणतर्फ ध्यान दिनु जरूरी रहेकामा जोड दिए । परम्परागत रूपले परिवारमा हस्तान्तरित हुँदै आएको यो कलामा वर्तमानमा नयाँ पुस्ताको सहभागिता उत्साहजनक नभएका कारण कला मरेर त जाने होइन भन्ने चिन्तासमेत सहभागीले व्यक्त गरेका छन् । डा. हरिवंश झाले मिथिला चित्रकला प्रकृतिमा आधारित भएकाले यसलाई विश्व बजारमा प्रवर्द्धनका लागि सरकारी प्रयासको आवश्यकतामा जोड दिँदै व्यक्तिगत रूपले कतिपय कलाकारले मिथिला चित्रकलामार्फत सन्तोषजनक आयआर्जन गरेपूरा पढ्नुहोस्


बम विस्फोट गराउने दुईजना थुनामा

असार १४, राजविराज । नापी कार्यालय राजविराजमा बम विस्फोट गराउने दुईजना अभियुक्तलाई थुनामा पठाइएको छ । सो अभियोगमा पक्राउ परेका सप्तरीका विष्णुपुर गाउँपालिका–७ का १९ वर्षीय आदित्य शर्मा र रुपनी गाउँपालिका–१ का ३३ वर्षीय मोहम्मद नसिरलाई पुर्पक्षका लागि थुनामा पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए । राजविराज–छिन्नमस्ता सडकखण्डमा चेकजाँचका क्रममा अन टेस्ट मोटरसाइकल चढेर जाँदै गरेका शर्मालाई प्रहरीको विशेष टोलीले जेठ १३ गते हतियार र जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चासहित पक्राउ गरेको थियो भने नसिरलाई मेड इन इन्डिया लेखिएको एक थान पेस्तोल र सोमा प्रयोग हुने दुई राउन्ड गोली तथा पाँचसय ग्राम लागुऔषध गाँजासहित पक्राउ गरिएको थियोपूरा पढ्नुहोस्


धनुषामा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो

unsafe-abortion

  असार १४, धनुषा । धनुषा जिल्लामा अवैधरुपमा गर्भपात गराउनेको सङ्ख्या बढेपनि सरकारले तोकेको गर्भपात गराउने केन्द्रमा भने न्यून छ सङ्ख्याका महिलाले गर्भपात गराउँदै आएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्राप्त विवरणअनुसार आव २०७३/०७४ मा ५ प्रतिशत महिलाले स्वास्थ्य मन्त्रालयले तोकेको गर्भपतन केन्द्रबाट गर्भपतन गराएका छन् । असुरक्षित रुपमा गर्भपतन गराउने भने करिब २० प्रतिशतसम्म पुगेको सो कार्यालयका परिवार नियोजन शाखा प्रमुख योगेन्द्र पासवानले जानकारी दिए । उनका अनुसार जिल्लभर १४ वटा सुरक्षित गर्भपात गराउने आधिकारिक केन्द्र सञ्चालनमा छन् । जिल्लामा उक्त कार्यालयले एआरटी एन्ड भिसीटी सेन्टरमा सञ्चालनमा ल्याएको गर्भपतन सेवाका अतिरिक्त मेरी स्टोप सेन्टर जनकपुर, कुर्था, लक्ष्मीपुर वगेवा, सपही,पूरा पढ्नुहोस्


प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान

nepali-congress-deuba

  असार १४, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले आज स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् । आज बिहान ८ः०७ बजे प्रधानमन्त्री देउवाले सो केन्द्रबाट मतदान गरेका हुन् । प्रधानमन्त्रीसँगै उनीकी श्रीमती डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गरिन् । मतदानपछि प्रधानमन्त्री देउवाले सङ्क्षिप्त प्रतिक्रिया दिँदै गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन भइरहेको बताए । स्थानीय सरकार निर्माण भइसकेपछि संविधानको पूर्ण कार्यान्वयन हुने र विकास निर्माणका कामहरु चुस्त, दुरुस्त र पारदर्शी रुपमा अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले मतदान गरेको असिग्राम उच्च माविकोपूरा पढ्नुहोस्


सूर्यविनायक–जगाती सडक अतिक्रमण हटाउन सुरु

  असार १३, भक्तपुर । सूर्यविनायक नगरपालिका र डिभिजन सडक कार्यालय भक्तपुरले आजदेखि सूर्यविनायक चोकदेखि जगातीको चकुखोलासम्मको सडक अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु गरेको छ । वर्षौँदेखिको व्यापारीको अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु गरेको हो । डिभिजन सडक कार्यालयले पटकपटक सूचना जारी गरी सडक अतिक्रमण गरेर बनाइएको टहरा, पर्खाल र थुपारिएको निर्माण सामाग्री हटाउन अनुरोध गर्दै आएको थियो । उक्त सूचनालाई अटेर गरेपछि गत बिहिबार हटाउन खोज्दा व्यापारीले तीन दिन समय मागेका थिए । तीन दिन समय माग गरेपनि ६ दिनसम्म नहटाएपछि जगाती क्षेत्रबाट सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालिएको सूर्यविनायक नगरपालिका वडा नं ८पूरा पढ्नुहोस्


कुलमानको साख गिराउन खोजेको शङ्का

कीर्तिपुरमा विद्युत प्राधिकरण भत्काइयो

असार १४, कीर्तिपुर । जनआन्दोलनको बेला सधैँ चर्चामा आउने गरेको कीर्तिपुर नगर गणतन्त्र स्थापनापछि बनेको पहिलो जन निर्वाचित नगरपालिकाको कार्यकारीले स्थानीय विद्युत प्राधिकरणको कार्यालय भवन भत्काउने काम गरेर अहिले चर्चामा आएको छ । कीर्तिपुरमा अहिले नगरपालिकाको नेतृत्व नेकपा एमालेको रहेको छ । कहिँ माओवादीले सरकारको तहबाट पहल गरेर प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ मार्फत् कार्यान्वयन गराएको लोडसेडिङ मुक्त नेपाल निर्माणको कार्यक्रम असफल बनाउन त नगरपालिकाको हातबाट एमालेले प्राधिकरण भवन भत्काउन लगाएको होइन र ? कहिँ लोडसेडिङ मुक्त नेपाल निर्माण गर्नमा धेरै प्रतिशत सफलता हासिल गरेर लोकप्रिय बनेका कुलमानको साख गिराउन पो यस्तो कदम चालिएको होइन र ? भन्नेजस्ता प्रश्न गर्नेपूरा पढ्नुहोस्


दोस्रो चरणको स्थानीय निर्वाचन ३ वटा प्रदेशमा आज

  असार १४, काठमाडौँ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन आज प्रदेश नं १, ५ र ७ मा सुरु भएको छ । यस निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् । बिहान ७ मा सुरू भएर अपराह्न ५ बजेसम्म हुने निर्वाचनका लागि ८ हजार ३६४ मतदान केन्द्र तोकिएको छ । स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य चयन हुनेछन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचितपूरा पढ्नुहोस्