Main Menu

Saturday, June 17th, 2017

 

संविधान संशोधन नभई हुने निर्वाचनमा भाग लिदैँनौ : राजेन्द्र महतो

असार ३,  काठमाडौँ । राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई हुने स्थानीय तहको निर्वाचनमा पार्टीले भाग नलिने पुनः स्पष्ट पारेको छ । राजपाको मागअनुसार संविधान संशोधनलाई प्राथमिता दिन ठूला तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सँग आग्रह गर्दै सो पार्टीले सरकार तराई/मधेसका जनताको मागप्रति गम्भीर हुन नसकेको आरोप लगाएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य एवम् नेता राजेन्द्र महतोले आज यहाँ आयोजित साक्षात्कारमा स्थानीय तहको असार १४ गते हुने निर्वाचनमा पार्टीले भाग नलिने जानकारी दिँदै पार्टीले प्रदेश नं २ को निर्वाचन सार्न सरकारलाई कुनै आग्रह गरेको छैन भने । उनले भने, “संविधान संशोधन नभई हुने निर्वाचनमापूरा पढ्नुहोस्


मेयर उम्मेदवार दाहाललाई गाली–बेइज्जती गर्नेविरुद्ध किटानी जाहेरी

असार ३,  रत्ननगर (चितवन) । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने दुईजना विरुद्ध किटानी जाहेरी परेको छ । रेणु दाहालका श्रीमान् अनिलकुमार पाठकले किटानी जाहेरी दिएका छन् । चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले दुई जनाविरुद्ध किटानी जाहेरी परेको आज जानकारी दिए । सामाजिक सञ्जालमा गाली गर्ने निरव ज्ञवाली र एसवी बोहरा विरुद्धकिटानी जाहेरी परेको थापाले जानकारी दिए । ‘जसले जे गरे पनि हुन्छ जस्तो देखियो, एउटा गलत नजिर बस्ने अवस्था देखिएकाले मेरो श्रीमान्ले जाहेरी दिनुभएको हो,’ रेणु दाहालले भनिन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भए पनि साइवर अपराधपूरा पढ्नुहोस्


पेट्रोलियम पदार्थको मूल्य घट्यो

असार ३,  काठमाडौँ  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर रु १।५० घटाइएको बताए । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय बनाइएको छ । हाल पेट्रोलको मूल्य रु १०१।५० रहेको थियो । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि रु १।५० पैसाले घटेर रु ७६ रुपैयाँ कायम भएको छ । हालसम्म डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य रु ७७।५० छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै राखिएको छपूरा पढ्नुहोस्


काठमाडौँका दुई सय स्थानमा यातायात सङ्केत बत्ती राख्न निर्देशन

असार ३,  काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त बनाउन काठमाडौँ उपत्यकाका करिब २०० स्थानमा यातायात सङ्केत बत्ती राख्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा हिजो आयोजित काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सरकारी निकाय सँगको छलफलमा गृहमन्त्री शर्माले छोटो र सरल विधिबाट उपत्यकामा यातायात सङ्केत बत्ती राख्न निर्देशन दिँदै भने, “काठमाडौँका २०० चोकमा सङ्केत बत्ती जडान गरौँ, त्यसका लागि कति खर्च लाग्छ ? त्यसको समग्र हिसाब किताब उपलब्ध गराउनुस् ।” ट्राफिक सङ्केत बत्ती राख्न दातृ निकायको मुख ताक्न नहुने उल्लेख गर्दै उहाँले सरकार आफैँले सडकमा बत्ती बाल्न नसक्ने हो भने त्योभन्दा लाजमर्दो स्थिति अरू हुनै नसक्ने उल्लेखपूरा पढ्नुहोस्


शिक्षा र स्थानीय सरकारसम्बन्धी स्रोत सामग्री प्रकाशित

असार ३,  भक्तपुर । संविधानमा शिक्षासम्बन्धी प्रावधान, वर्तमान सन्दर्भमा स्थानीय सरकारको दायित्व र केही देशका अनुभव समेटेर शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले प्रकाशन गरेको स्रोत सामग्री शुक्रबार सार्वजनिक भएको छ । ‘सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि शिक्षा पत्रकारको भूमिका’ विषयको दुईदिने कार्यशालाको पहिलो दिन सो पुस्तक शिक्षाविद् डा मनप्रसाद वाग्ले र एनसिइ नेपालका अध्यक्ष कुमार भट्टराईले विमोचन गरेका हुन् । डा वाग्लेको लेखन र सम्पादनमा सो पुस्तक तयार भएको हो । पुस्तकमा नयाँ संरचनाका रुपमा आएको स्थानीय तहमा शिक्षाका अधिकारको कार्यान्वयन र सम्बन्धित पक्षको जिम्मेवारी र अन्तर्राष्ट्रिय अनुभव समावेश गरिएको छ । शिक्षाविद् डा वाग्लेले संविधानले स्थानीय तहको अनुसूचीमा माध्यमिकपूरा पढ्नुहोस्