Main Menu

Tuesday, June 27th, 2017

 

मतदानका लागि ६ लाख यात्रु उपत्यका बाहिर

  असार १३, काठमाडौँ । आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट करिब ६ लाख यात्रु बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी हुने क्रममा काठमाडौँबाट ती प्रदेशमा जाने यात्रुको चाप बढेको जनाएको छ । निर्वाचन हुन लागेका विभिन्न प्रदेशबाट काठमाडौँमा आएर अध्ययन, जागिर तथा व्यवसाय गर्न बसेका अधिकांश मतदाता सम्बन्धित जिल्लामा जाने क्रम असार महिना लागेपछि नै सुरु भएको हो । महासङ्घका महासचिव सरोज सिटौलाले मतदाताका रुपमा गृह जिल्ला जान चाहने यात्रुको चापअनुसार सवारी साधनको व्यवस्थापन गरिएको जानकारीपूरा पढ्नुहोस्


मताधिकार प्रयोग गर्न राष्ट्रपतिको अनुरोध

  असार १३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुमा अनुरोध गरेकी छन् । राष्ट्रपतिले आज दिएको सन्देशमा देश सङ्घीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र उक्त संरचनाअन्तर्गत सबै निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै स्थानीय तह निर्वाचनको उत्तिकै महत्व रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचनले स्थानीय तहलाई अधिकार र दायित्वले सम्पन्न तुल्याई सामाजिक र आर्थिक समृद्धिको ढोका खोल्ने विश्वास व्यक्त गरेकी छन् । “नेपाली जनताको लामो सङ्घर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित संविधानपूरा पढ्नुहोस्


निर्वाचनको तयारी पूरा, निर्धक्क भएर मतदानमा सहभागी हुनुस् – आयोग

  असार १३, काठमाडौँ । निर्वाचन आयोगले दोस्रो चरणमा प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा असार १४ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगको मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सबै मतदातालाई निर्धक्क भएर मतदानमा सरिक हुन आग्रह गरे । “सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी दुःख सहेर भए पनि मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई मतदान गर्न म यहाँहरूसँग अनुरोध गर्दछु,” डा. यादवले भने । दोस्रो चरणको निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ४१पूरा पढ्नुहोस्


कामनपाले दियो साझालाई पुनः ५ करोड, थप १३ बस गुड्ने किनिने

  असार १३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः रु. ५ करोड उपलब्ध गराएको छ । स्मार्ट सिटी अभियानअन्तर्गत सार्वजनिक यातायातलाई सुधार गर्ने क्रममा सो संस्थाको सेवा विस्तारका लागि महानगरपालिकाबाट सो रकम प्रदान गरिएको हो । आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले साझाका अध्यक्ष कनकमणि दीक्षितलाई रु. ५ करोडको चेक हस्तान्तरण गरे । सो रकमबाट साझाले १२ बटा डिलक्स र एउटा सामान्यखालको बस सञ्चालनमा ल्याउने भएको छ । कामनपाको सहयोगमा थप बससहित जम्मा ४३ वटा बस गुड्नेछन् । महानगर प्रमुख शाक्यले सार्वजनिक यातायातका क्षेत्रमा थप फड्को मार्न र उपत्यकामा गुड्ने साना गाडीलाई विस्थापितपूरा पढ्नुहोस्


गृहमन्त्री शर्माबाट गृह प्रशासन सुधारको मार्गचित्र प्रस्तुत

  असार १३, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासन सुधार मार्गचित्र २०७४ आज सार्वजनिक गरेका छन् । गृहमन्त्रालयमा आज पत्रकार सम्मेलन गरी मन्त्री शर्माले ‘जवाफदेही गृह प्रशासन : शान्ति सुरक्षा र सुशासन’ भन्ने शीर्षक सहितको ८४ बुँदे सुधार कार्ययोजना सार्वजनिक गरेका हुन् । नेपालको संविधान कार्यान्वयन गर्न गृह प्रशासनसँग सम्बन्धित सङ्घीय प्रहरी ऐन, सशस्त्र प्रहरी बल ऐन, नेपाल विशेष सेवा ऐन, स्थानीय प्रशासन ऐन, नागरिकता ऐन, विपद् व्यवस्थापन ऐन, सामाजिक सुधार ऐन, निर्वाचनसँग सम्बन्धित ऐन लगायतका आवश्यक कानुनहरु आगामी ४ महिनाभित्र तर्जुमा गरी पारित गराइने मार्गचित्रमा उल्लेख छ । सुधार कार्ययोजनामा आधारभूत रुपान्तरण, नागरिकलाई सुरक्षाको प्रत्याभूति र सुशासन अभिवृद्धि,पूरा पढ्नुहोस्


आजदेखि विधिवत रूपमा फोहरबाट ग्यास निकाल्न सुरु, १४ किलोवाट बिजुली उत्पादन

  असार १३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रुपमा रहेको बायोग्यास उत्पादन विधिवत् रुपमा सुरु गरेको हो । कामपा वडा नं १२ र १९ का बासिन्दाले घरबाट निकालेको जैविक फोहरबाट वायोग्यास उत्पादन गरिनेछ । यहाँ आज आयोजित कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरमा पूर्णरुपमा फोहर व्यवस्थापन गर्न सके यहाँको धेरै समस्या समाधान हुने बताए । यसबाट जैविक फोहर व्यवस्थापनका लागि पनि ठूलो सहयोग पुग्ने बताउँदै उनले आफ्नो घर र सहर सफा राख्नु नगरवासीको कर्तव्य रहेको औँल्याए । कामपा उपप्रमुख हरिप्रभा खड्गीले परम्परागत सोचमा परिवर्तन ल्याई फोहरपूरा पढ्नुहोस्


त्रियुगाका ४ हजार परिवार नदी कटानको उच्च जोखिममा

  असार १३, गाईघाट (उदयपुर) । नदी नियन्त्रणका लागि तटबन्ध निर्माण नहुँदा प्रत्येक वर्ष बर्खायाम लागेपछि त्रियुगा र बरुवा नदीको बाढीका कारण उदयपुरको त्रियुगा नगरपालिकास्थित नदी आसपास बसोबास गर्दै आएका आधा दर्जन गाउँका ४ हजार घरपरिवार नदी कटानको उच्च जोखिममा पर्दै आएका छन् । यस वर्ष पनि समयमा नदी नियन्त्रण गर्ने तटबन्ध निर्माण नहुँदा सो नगरपालिकाको वडा नं १२ स्थित बोटटोल, बगरटोल, भुल्के, साधना टोलसहित नगरको वडा नं ७ को पोर्ताह, लक्ष्मीपुर र असारी क्षेत्रका झन्डै ४ हजार घरपरिवार दुबै नदीबाट हुने कटानको उच्च जोखिममा छन् । “अहिलेसम्म पनि नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएको छैन,” पोर्ताहका गणेबहादुर कार्की भन्छन्,पूरा पढ्नुहोस्


महिला र शारीरिक रुपमा अशक्त मात्रले चलाउँदै दुई मतदान केन्द्र

kalika-local-election-starts

  असार १३, बैतडी । अपाङ्ग र महिलाले मात्र चलाएका बैतडीका दुई मतदान केन्द्रलाई विषेश मतदान केन्द्रका रुपमा राखिएका छन् । दशरथचन्द नगरपालिकामा अपाङ्मैत्री र पाटनमा महिलाले मात्रै सञ्चालन गरेको मतदान केन्द्र स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए । दशरथचन्द नगरपालिका– १ को गुरुखोला ‘ख’ केन्द्रमा मतदान अधिकृत जीतबहादुर रोकायासहित ६ जना अपाङ्गता भएका कर्मचारी मात्रै खटाइएको छ । सबैजना शारीरिक अपाङ्गता भएका कर्मचारीलाई समेटेर एउटा छुट्टै मतदान केन्द्र स्थापना गरिएको फुयाँलले बताए । त्यस्तै पाटन नगरपालिका– ६ स्थित पन्त्यौडा माविमा रहेको मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको छ । महिला तथा बालबालिका कार्यालय प्रमुख अनिता बुढाऐरपूरा पढ्नुहोस्


भोट हाल्न गाउँ फर्किए बैतडीका मतदाता

असार १३, बैतडी । स्थानीय तहको निर्वाचनमा आफूलाई मन परेको प्रतिनिधि छनोट गर्नका लागि भारतमा मजदुरी गरिरहेका तथा जिल्ला बाहिर रहेका बैतडीका मतदाता घर फर्किएका छन् । बुधबार हुने दोस्रो चरणको निर्वाचनमा मतदान गर्नका लागि कामको सिलसिलामा भारत पुगेका र नेपालकै विभिन्न जिल्लामा रहेका मतदाता मतदानका लागि गृहजिल्लामा फर्किएका हुन् । विगत ७ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका दोगडा केदार गाउँपालिका–३ श्रीकोटका गणेश विष्टले गाउँका प्रतिनिधि चयन गर्ने निर्वाचन भएकाले भोट हाल्न घर फर्किएको बताए । “नयाँ संरचनामा पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि घर फर्किएको हुूँ,” उनी भन्छन्, “आफूले रोजेको तथा इमान्दार, विकासवादी नेता छान्न मतदानपूरा पढ्नुहोस्


हडतालका कारण उपत्यकाका निजी विद्यालय बन्द

  असार १३, काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन नभएको भन्दै आज काठमाडौँ उपत्यकाका निजी (संस्थागत) विद्यालयमा हड्ताल गरेको छ । हडतालका कारण ती विद्यालयमा पठनपाठन प्रभावित भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का महासचिव राजेन्द्र बानियाँले वार्ता र संवाद नगरी जानकारीबिना विद्यालय बन्द गराएकोमा चिन्ता प्रकट गर्दै यस्ता व्यवहारबाट समस्या समाधानमा सहयोग नपुग्ने बताए । अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य जिपी चौलागाईंले शुल्क निर्धारण मापदण्डको उल्लङ्घन गरी शुल्क लिइएकोमा आन्दोलन गरिएको बताए । सो सङ्गठनले गत सातादेखि उपत्यकाका ३३ विद्यालयका लेखा शाखामा तालाबन्दी जारी राखेकोपूरा पढ्नुहोस्