May, 2017
व्यवस्थापन फेरिँदा सुधारोन्मुख क्यान्सर अस्पताल
जेष्ठ १७, चितवन । केहि समययता अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अबदेखि सुधारको बाटोमा अगाडी बढ्न थालेको छ । कर्मचारीको आन्तरिक गुटबन्दी र सञ्चालक समितिको रिक्ततासँगै सो अस्पताल अस्तव्यस्त बनेको थियो । तर सञ्चालक समितिको पूर्णता र तीन साता अघि नयाँ कार्यकारी निर्देशक नियुक्तिसँगै सुधारका काम अघि बढेको हो । यसअघि प्रयोगशालामा आवश्यक केमिकल नहुँदा बिरामीका आफन्तले परीक्षणका लागि बाहिर जानुपर्दथ्यो भने एमआरआई, सिटिस्क्यान, मेमोग्रामका लागि पनि लामो समय पालो कुर्नुपर्ने अवस्था थियो । रेडियोथेरापीमा पालो नपाउँदा बिरामीले क्यान्सर अस्पताल भक्तपुर र निजी अस्पतालमा धाउनु पर्दथ्यो । तर पछिल्लो समयमा सो अस्पतालले अतिरिक्त समयमा समेत सेवा दिन थालेपछिपूरा पढ्नुहोस्
मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न काम सुरु
जेष्ठ १७, बनियानी (झापा) । मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न सडक विभाग र हुलाकी राजमार्ग आयोजनाले काम सुरु गरेको छ । आयोजनाले मेची पुल आसपास पुगेर अध्ययन गरी जग्गा अधिग्रहणको काम अघि बढाएको हो । हुलाकी राजमार्गलाई मेचीपुलसँग जोड्न पहिलोचरणमा पुलदेखि २४० मिटर सडक सर्वेक्षण गरिएको सो आयोजनाको इटहरीस्थित कार्यालय इन्जिनियर उपेन्द्र दासले जानकारी दिए । “३० मिटर चौडा सडक निर्माणका लागि २६ घरधुरीको जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ” उनले भने, “त्यसमध्ये ४ वटा सरकारी जग्गा पनि परेको छ ।” जिल्ला प्रशासन कार्यालयको निर्णयबमोजिम कालोपत्रे सडकले छोएको जग्गाका धनीलाई प्रतिधुर रु. २ लाख र सडकले नछोएको घरधनीलाई प्रतिधुर रु. १ लाख ७५पूरा पढ्नुहोस्