Main Menu

Saturday, May 13th, 2017

 

शीर्ष नेताहरु को कहाँबाट मतदान गर्ने ?

top-leaders-vote

  पूर्णप्रसाद मिश्र वैशाख ३०, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा राजनीतिक नेतृत्व एवम् उच्च सरकारी पदाधिकारीले कुन मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् भन्ने कुरा आम चासोको रुपमा रहेको छ । दुई दशकपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर संविधानसभाले जारी गरेको संविधान बमोजिम व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको पनि काम गर्ने स्थानीय तहको पहिलोपटक हुन लागेको ऐतिहासिक निर्वाचनमा शीर्ष नेताहरु मतदान गर्न व्यग्र प्रतिक्षारत छन् । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं ४ लङ्कुस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा बिहान ७ बजे मतदान गर्दै छन् । उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, विमलेन्द्र निधि र कृष्णबहादुरपूरा पढ्नुहोस्


ऐतिहासिक स्थानिय तह निर्वाचन ! दशकौँपछिको उत्साह !

kalika-local-election-starts

  प्रकाश सिलवाल/तीर्थप्रसाद भट्टराई वैशाख ३०, काठमाडौँ । “दुई दशकअघिको स्थानीय निकायको निर्वाचनको दिन म झल्झली सम्झिरहेको छु ।” कीर्तिपुर नगरपालिका–६ नयाँबस्ती निवासी विष्णुमाया आचार्य भन्छिन्, “शनिबारको दिन थियो । बिहान ४ बजे नै मलाई ब्यथा लाग्यो र छोरो जन्मियो । भोट हाल्न पाइनँ । २० वर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ । यस पटक मैले त भोट हाल्छु तर छोरो तीन महिनाअघि मात्र पढ्नका लागि विदेश गएकाले उसले मत हाल्न नपाउने भयो ।” वि.सं. २०५४ जेठ ४ गते स्थानीय निकायको निर्वाचन हुँदा विष्णुमाया पुर्ख्यौली घर प्युठानको दाङवाङ– ४ मा थिइन् । सुत्केरी हुने बेलामा उनी एक्लै परिन् । श्रीमान् मत हाल्न गएका थिएपूरा पढ्नुहोस्


खराब केटीको कथा

तस्लिमा नस्रीन यहीँ मैले पर्खने कुरा थियो । इन्जिनियर्स इन्सिट्च्यूटको ठीक उल्टो गेटबाट छिरेर दाहिनेतिर जुन नरिवलको पहिलो रुख छ, त्यसैमुनि भनेको थियो । “चउरतिर मुख फर्काएर उभिइरहनू अन्यथा बाटोमा आउँदै–जाँदै गर्नेहरुले आँखा तानीतानी हेर्नेछन् । म चउरमै भेटौंला । ठीक ६ बजे, ठीक छ ?” कहाँ ६ ? ६ बजेर पैंतीस मिनेट बित्यो, तैपनि रतनको पत्तो छैन । मैले मुण्टो घुमाएर एक पटक इन्जिनियर्स इन्टिच्युटतिर हेरें । उल्टो दिशाको सबभन्दा नजिक पर्ने गेट यही हो । रतनले यतिबेर नगर्नुपर्ने । झोलामा महँगा सामान भरिएका थिए । यो सामान लिएर यहाँ धेरैबेर बस्नु सुरक्षित हुनेछैन । यतिबेरमै ६/७ जना युवक पटक-पटक सामुन्नेबाट चक्करपूरा पढ्नुहोस्


निर्वाचनमा मतदान गर्न प्रधानमन्त्रीको आग्रह

country-unified-prachanda

वैशाख ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका सन्दर्भमा देश स्थानीय तहको निर्वाचनको सङ्घारमा रहेकाले चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सम्पूर्ण मतदातामा आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज अपिल जारी गर्दै नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सङ्घीय शासन प्रणालीको व्यवस्था गरेबमोजिम जनताले दैनिक रुपमा देख्न र अनुभव गर्नसक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन यही वैशाख ३१ गते हुन गइरहेको बताएका छन् । प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा १३ हजार ५ सय ५६ जनप्रतिनिधि छनोट गर्ने कार्यको अन्तिम अवस्थामा रहेको तथा पहिलो चोटिपूरा पढ्नुहोस्


निर्वाचनको तयारी पूरा, मतदानको व्यग्र प्रतीक्षा

dispute-bigger-swastik-sign

  भीष्मराज ओझा वैशाख ३०, काठमाडौँ । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको छ । झन्डै दुई दशकपछि भोलि वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनमा मतदान गर्न मतदाता व्यग्र प्रतीक्षामा छन् । सो निर्वाचनअन्तर्गत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख तथा दुवै तहका वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी जम्मा ७ पदका लागि निर्वाचन हुँदैछ । प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा पहिलो चरणको निर्वाचन हुँदैछ । सो निर्वाचनमा ६ हजार ६ सय ४२पूरा पढ्नुहोस्


विश्वभरीका ९९ देशमा साइबर आक्रमण

वैशाख ३०, वासिङटन, अमेरिका । विश्वभरीका ९९ ओटा देशका सयौँ सङ्घसंस्थामाथि श्रृखङ्लावद्ध साइबर आक्रमण भएको छन् । अमेरिका, बेलायत, चीन, रुस, स्पेन, इटलीलगायतका ९९ वटा देशका कम्युटरमा प्रभाव पारेको अधिकारीले बताएका छन् । साइबर आक्रमणका कारण लाखौँ कम्युटरले काम गर्न छाडेका छन् । उनीहरुले कम्युटरलाई पुनःकाम गर्ने बनाउन ३ सय डलर माग गरेका जनाइएको छ । आतङ्ककारी विरुद्ध ह्याकिङ गर्न भनेर अमेरिकी राष्ट्रिय सुरक्षा निकायले विकास गरेको कम्युटर प्रोग्राम कै प्रयोग गरेर साइबर आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । माइक्रोसफ्ट सिस्टमसमा रहेको कमजोरीको फाइदा ह्याकरहरुले उठाएको विज्ञले बताएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा निकायले उक्त कमजोरी पत्ता लगाएको थियोपूरा पढ्नुहोस्


माओवादी केन्द्रका उम्मेदवार नेकपाको नियन्त्रणमा

killing-vehicle-back-law

वैशाख ३०, हेटौँंडा । मनहरि गाउँपालिका—१ हाँडीखोलामा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेकपाले आज बिहानै नियन्त्रणमा लिएको छ । उप्रेतीको परिवार र गाउँलेका अनुसार उप्रेतीलाई नेकपाले नियन्त्रणमा लिएको हो । यतिबेला उप्रेतीको खोजीका लागि हेटौँडाबाट प्रहरी निरीक्षक मधु थापाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आफ्ना विभिन्न सङ्गठनमा आबद्ध व्यक्तिलाई कुनै अपराधजन्य क्रियाकलाप नगरे पनि प्रहरी प्रशासनले नियन्त्रणमा लिएको जनाउँदै नेकपाले पनि उम्मेदवार उप्रेतीलाई नियन्त्रणमा लिएको बताइएको छ । घटनाको जिम्मा लिँदै नेकपाले कुनै अपराधजन्य कार्यमा सहभागी नभए पनि विभिन्न पेसा, व्यवसाय गरिबसेका आना दलका शुभचिन्तक, समर्थक र कार्यकर्तालाई मानसिक यातना दिने तथा नियन्त्रणमापूरा पढ्नुहोस्


ठाउँठाउँमा बम – कतै निष्क्रिय, कतै विस्फोट

local-election-explosives-everywhere

वैशाख ३०, काठमाडौँ । पोखरा–लेखनाथ महानगरपालिकाको लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा गएराति बम विस्फोट गराइएको छ । केही अपरिचित व्यक्तिले विद्यालयको पर्खालभित्र बम फालेपछि विस्फोट भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । बम विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि मध्यरातमा भएको विस्फोटले स्थानीयलाई भने त्रसित बनाएको थियो । निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा माओवादी विप्लव समूहले विस्फोट गराएको अनुमान प्रहरीले गरेको छ । बम विस्फोट गराइएको विद्यालयमा वडा नं ६ को मतदान केन्द्र राखिएको छ । प्रहरीले यस्ता गतिविधिमा संलग्न उच्छृङ्खल तत्वको खोजतलास गरिरहेको जनाएको छ । त्यस्तै, भरतपुरको केन्द्रीय बस टर्मिनल नजिकै नेपाली काँग्रेसको सम्पर्क कार्यालय आडमा भेटिएकोपूरा पढ्नुहोस्


‘भोट हाल्नै गाह्रो छ, कसरी हाल्ने ?’ (भोट कसरी हाल्ने, भिडियो सहित)

local-election-voting-confusion

वैशाख ३०, भक्तपुर । स्थानीय तहको निर्वाचनको मतदान गर्न एक दिन बाँकी छँदा भक्तपुरका मतदाताले भने यस पटक ७ ठाउँमा छाप लगाउनु पर्ने भएपछि भोट हाल्न अन्योलता भएको बताएका छन् । लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा संसदीय चुनावमा भन्दा धेरै ठाउँमा छाप लाउनुपर्ने भएपछि अन्योलता सिर्जना भएको मतदाताले गुनासो गरेका हुन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले चारवटै नगरपालिकाको टोलटोलमा मतदाता शिक्षा कार्यक्रम नै सञ्चालन गरेर मतदान गर्न स्वयम्सेवक पठाए पनि स्वयम्सेवकले मतदान गर्न सिकाउने भन्दा पनि मतदानको पोस्टर टाँस्नमै  मात्र सीमित राखेपछि मतदातालाई भोट हाल्न अन्योलता सिर्जना भएको हो । बिहीबारदेखि परिचयपत्र वितरण गर्ने मतदानस्थलमै मतदान गर्न सिकाउने भनेपूरा पढ्नुहोस्


हिमालपारि ३३ केभी विद्युत् लाइन बन्दै

वैशाख ३०, लमजुङ (बेसीसहर) । लघु जलविद्युत् मात्र रहेको हिमालीपारिको जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । जिल्लाका सबै स्थानमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने लक्ष्यका साथ ३३ केभी विद्युतीय लाइन विस्तार गरिएको हो । दुई वर्षभित्र मनाङका सबै क्षेत्रमा राष्ट्रिय विद्युत् प्रसारणबाट सेवा उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । न्यौपानेका अनुसार अहिले ३३ केभी लाइन विस्तारको काम तीव्र गतिमा अघि बढिरहेको छ । विद्युतीकरणका लागि लमजुङको उदिपुर–मनाङ ३३ केभी विद्युतीकरण निर्माण आयोजनाले काम गरिरहेको छ । प्राधिकरणका अनुसार मनाङको थानचोकमा ३३-११ केभीको शवस्टेसनको निर्माण गरीपूरा पढ्नुहोस्