Main Menu

Monday, May 1st, 2017

 

राप्रपाः सरकारबाट फिर्ता हुने

  वैशाख १८, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउने विषयप्रति असहमति जनाउँदै सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले महाभियोगको विपक्षमा तथा संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठका अनुसार स्थानीय तहकोे निर्वाचन सुनिश्चित गर्न भूमिका निर्वाह गर्ने तथा सांसद रामकुमार सुब्बा, विराज विष्ट र रेशम लामालाई स्पष्टीकरण लिने निर्णय गरेको छ । अघिल्लो दिन बसेको संसदीय दलको बैठकमा अनुपस्थित भएका कारण उनीहरुलाई स्पष्टीकरण लिन लागिएको हो । पार्टीका तर्फबाट व्यवस्थापिका–संसद्मा ३७ सांसद छन् । तीमध्ये पार्टी अध्यक्ष कमल थापा तथा नेतापूरा पढ्नुहोस्


महाभियोग प्रस्ताव फिर्ता लिन पूर्वप्रधानन्यायाधीशको आग्रह

वैशाख १८, काठमाडौँ । पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता गरी सम्मानपूर्वक जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनुपराज शर्मा र मीनबहादुर रायमाझीले आज संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक मूल्यमान्यताको जगेर्ना तथा स्वतन्त्र र सक्षम न्यायपालिकाको संस्थागत विकासका लागि महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन आह्वान गरिएको छ । संविधान प्रतिकूल कामकारबाही गरेको भनी अभियोग लगाउनुपर्ने उचित र पर्याप्त कारण देखिएको अवस्थामा पनि अत्यन्त सावधानीपूर्वक विशेष संवेदनशील भएर प्रक्रिया अपनाएको अनुभूति नभएको उल्लेख गर्दै विज्ञप्तिमा कानुनी राज्य र प्रजातन्त्रको संरक्षणका लागि नेपाली जनताको बृहत्तर हितलाई सर्वोपरि महत्वपूरा पढ्नुहोस्


नजिकिँदै परीक्षाको घडी

khairhani-vote-counting-19-hrs-later

कृष्ण अधिकारी वैशाख १८, काठमाडौँ । पछिल्लो समय उत्पन्न राजनीतिक घटनाक्रमले आसन्न स्थानीय तह निर्वाचनप्रति जनसाधारणमा अनेक आशङ्का उत्पन्न गरे पनि निर्वाचन आयोग, सरकार र राजनीतिक दलहरुको सक्रियताले निर्वाचन हुनेमा ढुक्क रहन सकिने अवस्था छ । निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्नको लागि नामावलीमा आज राति अबेरसम्म सबै राजनीतिक दलहरु टुङ्गोमा पुग्नेछन् । निर्वाचन आयोगले यही वैशाख ३१ गते पहिलो चरणअन्तर्गत प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारी मनोनयन दर्ताको तालिका सार्वजनिक गरिसकेको छ । भोलि तीनवटै प्रदेशका स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन गर्दैछन् । स्थानीय तह निर्वाचनकापूरा पढ्नुहोस्


नयाँ शक्ति पार्टीको पाँच ‘स’ : घोषणापत्र सार्वजनिक

वैशाख १८, काठमाडौँ । नयाँ शक्ति पार्टी, नेपालले स्थानीय तहको निर्वाचनका लागि आर्थिक विकास तथा समृद्धिलाई विशेष प्राथमिकतामा राखेर आज आफ्नो प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी नयाँ शक्तिले समतामूलक समृद्धि, समानुपातिक-समावेशी-सहभागितामूलक लोकतन्त्र, सुशासन-सदाचार, स्वाधीनता-सदाचार, स्वाधीनता-सार्वभौमिकता र समुन्नत समाजवादसहित पाँच ‘स’ लाई चुनावी प्रतिबद्धताका रूपमा अघि सारेको जानकारी दिएको छ । पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै आगामी ५ वर्ष, १५ वर्ष र २५ वर्षमा गर्न सकिने आर्थिक विकास तथा समृद्धिका लागि विभिन्न सूचकाङ्कसमेत सार्वजनिक गरेका छन् । २५ वर्षमा प्रति व्यक्ति आय १५ हजार डलर पुर्याउने, ५ वर्षमा कुल ग्रार्हस्थ बचत कुल ग्रार्हस्थपूरा पढ्नुहोस्


काँग्रेस पार्टी कार्यालयमा तोडफोड

congress-meeting-flood

वैशाख १८, रसुवा । स्थानीय तहको निर्वाचनको विवादका कारण नेपाली काँग्रेस रसुवाको कार्यालय तथा स्थानीय नेता नेता चढेको गाडी तोडफोड गरिएको छ । निर्वाचनको मनोनयपत्रको विवादका कारण हाकुका महिलाले काँग्रेस रसुवाका नेता लामाकार्पु तामाङ चढेको जिपमा ढुङ्गा प्रहार गर्नाका साथै पार्टी फर्निचर र कागजपत्र फालेर कार्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट तामाङ चढेको गाडीको सिसा फुट्नाका साथै सामान्य क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार तोडफोडमा संलग्न पाँच महिलालाई नियन्त्रणमा लिई छानबिन भइरहेको छ । पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन । पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा हाकुका साङतेम्बा तामाङले टिकट नपाएको झोंकमापूरा पढ्नुहोस्


महाअभियोगको निर्वाचनसँग कुनै पनि साइनो सम्बन्ध छैन – प्रधानमन्त्री

वैशाख १८, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै अवस्थामा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सरकारको प्रतिवद्धता रहेको बताएका छन् । आफ्नै निजी निवास लाजिम्पाटमा आज सिन्धुपाल्चोकमा क्रियाशील नेपाली काँग्रेस र नेकपा (एमाले)का विभिन्न तहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले निर्वाचन हुँदैन कि भनेर कुनै पनि आशङ्का नगर्न आग्रह गरे । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोगको प्रस्तावका कारण निर्वाचन रोकिन्छ कि भनेर विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त भइरहेको बेला प्रधानमन्त्रीले भने, “मङ्गलबार निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको कार्यक्रम राखेको छ । पहिलो चरणमा हुने निर्वाचनका लागि प्रक्रिया सुरु हुन्छ । महाअभियोगको निर्वाचनसँगपूरा पढ्नुहोस्


स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन महाअभियोग : काँग्रेस

वैशाख १८, काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरिएको बताएका छन् । काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले आज पार्टी केन्द्रीय कार्यालयमा गरेको पत्रकार भेटघाटमा नेताहरुले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायपालिकको सिद्धान्त विपरीत नियतबस अदालतका निर्णय गरेको र सरकारको कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । कार्यक्रममा काँग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले आफ्नो पार्टी सदैव स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको पक्षमा रहेको बताउँदै स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको धारणा व्यक्त गरे । काँग्रेस नेतासमेत रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिको राजीनामापछि को गृहमन्त्री हुन्छ भन्ने जिज्ञासामा महामन्त्री कोइरालाले त्यसबारेमा शीर्ष नेतापूरा पढ्नुहोस्


पश्चिमी वायुको प्रभावले देशैभर वर्षा

westerly-wind-brings-rain

वैशाख १८, काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भई आज देशभर बर्सात भएको छ । पश्चिमी वायुको प्रभावले भारतको हरियाणाआसपास क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र र विहारदेखि उडिसासम्म न्यून चापीय रेखा विकास भएकाले त्यसको असर नेपालमा परेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । “आइतबारदेखि सुरु भएको यो प्रणालीको ‘मुभमेन्ट’ पूर्वतिर गइरहेको छ । बुधबारदेखि मौसममा सुधार आउनेछ,”– श्रेष्ठले भने । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोदेखि सुदूरपश्चिम र मध्यपश्चिममा मौसम सफा रहनेछ भने काठमाडौँ उपत्यकालगायत मध्य र पूर्वी भेगमा बेलुकीबाट क्रमिकः सुधार आउनेछ । पूर्वी नेपालमा भने मङ्गलबार पनि यसको असर रहनेछ । ती क्षेत्रमा दिउँसो मेघ गर्जनसहितपूरा पढ्नुहोस्


‘कार्यपालिकामाथि हस्तक्षेप भएपछि महाअभियोग’

वैशाख १८, काठमाडौँ । कार्यपालिकाको क्षेत्राधिकारमाथि नै हस्तक्षेप गरेको पाइएपछि बाध्य भएर सर्वोच्च अदालतको प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउनुपरेको नेकपा (माओवादी केन्द्र)ले ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादी केन्द्रको हेडक्वाटरको बैठकले कार्यपालिकाको निर्णयमाथि अङ्कुश लगाउने कार्य कानुनी शासन र लोकतन्त्रविरुद्धको कदम भएको भन्दै महाअभियोगको विषयले स्वतन्त्र न्यायालयको गरिमा अझ बढाउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाअभियोगको समग्र पक्ष र पाटोका बारेमा जानकारी गराएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । महाअभियोगको विषयले स्थानीय तहको निर्वाचनमा कुनै पनि बाधा उत्पन्न नहुने र सरकार समयमा नै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेकोपूरा पढ्नुहोस्


राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

वैशाख १८,  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटवार्तामा उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको निर्वाचन र प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोगका विषयमा छलफल भएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचन र प्रधानन्यायाधीशको महाअभियोगका विषयमा जिज्ञासा राखेकी थिइन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले घोषित वैशाख ३१ गतेको निर्वाचन समयमै हुने बताएका थिए । “घोषित निर्वाचन नरोकिने र पछिल्ला राजनीतिक घटनाक्रमले कुनै असर पार्दैन” – प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनका सल्लाहकार गोविन्द आचार्यले मिडियालाई जानकारी दिए । प्नधान्यायाधीशका सम्बन्धमा राष्ट्रपतिको जिज्ञासामा प्रधानमन्त्रीले व्यवस्थापिका–संसद्भित्रको लोकतान्त्रिक विषय भएको कुरापूरा पढ्नुहोस्