Main Menu

Wednesday, May 17th, 2017

 

फ्रान्सको यूरोप फिर्ती

जाकी लाइदी जेष्ठ ३, पेरिस । फ्रान्समा सम्पन्न राष्ट्रपतिको निर्वाचनको परिणामको पूर्ण प्रभाव बुझ्न केही समय लाग्नेछ । तथापि इमान्यूएल माक्रोँको विजय फ्रान्सका लागि मात्र नभएर समग्र यूरोपकै लागि उल्लेखनीय रहेको हामीले थाहा पाइसकेका छौं । केहीका लागि माक्रोँको विजय यूरोपलाई हालै छोएको जनवादी छालबाट फ्रान्स अलग भएको कुराको प्रतिनिधित्व हो । संयुक्त अधिराज्यको ब्रेक्जिट र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन पछि जनवादले यूरोपियन यूनियनमाथि अस्तित्वको खतरा निम्त्याउने काम गरेको छ । माक्रोँको विजयको अर्थ जनवादी जोखिम समाप्त भएको अर्थ नलागे तापनि यसले त्यस्ता शक्तिहरुलाई नियन्त्रण गर्न सकिने रहेछ भन्ने कुरा देखाएको छ । र फ्रान्समा जनवादलाई नियन्त्रण गरिएको तथ्यपूरा पढ्नुहोस्


एक सातामा सबै परिणाम आइसक्छ – डा. यादव

जेष्ठ ३, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम एक साताभित्र सार्वजनिक भइसक्ने बताएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प)ले आज यहाँ आयोजना गरेको स्थानीय तह निर्वाचन प्रारम्भिक समीक्षामा उनले सो कुरा बताएका हुन् । मतगणना गर्ने मिति र स्थान तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिएकाले आयोगले मतगणनामा हस्तक्षेप गर्न नमिल्ने जनाउँदै उनले मतगणनाको लागि आवश्यक जनशक्ति र आर्थिक व्यवस्थापनको पाटोमा भने आयोगले आवश्यक व्यस्थापन गरिरहेको जानकारी दिए । निर्वाचनको अघिल्लो दिनसम्म पनि मतगणना नै एकपूरा पढ्नुहोस्


छत्तीसगढमा भारतीय प्रहरीद्वारा १६ माओवादी विद्रोही मारिए

जेष्ठ ३, छत्तीसगढ, भारत । भारतको छत्तीसगढ राज्यमा १६ माओवादी विद्रोही मारिएको त्यहाँको प्रहरीले जनाएको छ । छत्तीसगढको माओवादी विरुद्धको फोर्सका प्रमुख डिएम अवस्थीका अनुसार बिजापुर जिल्लानजिक भएको एक हमलामा ती लडाकुहरु मारिएका हुन् । छत्तीसगढमा लामो समयदेखि माओवादी द्वन्द्व चल्दै आएको छ । गत महिना मात्रै पनि विद्रोहीहरुले २४ भारतीय सेनाको हत्या गरेका थिए । कम्युनिस्ट शासन र आदिवासी तथा ग्रामीण जनताहरुको अधिकारका लागि लडिरहेको त्यहाँका माओवादी विद्रोहीहरु बताउँछन् । केही मिडियाहरुले भने ती व्रिदोहीहरु दुई छुट्टाछुट्टै आक्रमणमा मारिएको जनाएका छन् । तर प्रहरीले भने कहिले र कहाँ मारिएको भन्ने कुराको विस्तृत जानकारी दिएको छैन । गत महिना माओवादीपूरा पढ्नुहोस्


स्थानीय तह निर्वाचनको दोश्रो चरणको लागि झापामा ३१ दल दर्ता

thirty-one-parties-jhapa-2nd-phase

जेष्ठ ३, भद्रपुर । यही जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि जिल्ला निर्वाचन कार्यालय, झापामा ३१ वटा दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयकाअनुसार दर्ता भएका दलहरुको सूची यसप्रकार रहेको छ : १. मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) २. नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी ३. सङ्घीय समाजवादी फोरम नेपाल ४. सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ५. युनाइटेड ग्रीन अर्गनाइजेसन ६. मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) ७. तराई–मधेस लोकतान्त्रिक पार्टी ८. राष्ट्रिय प्रजातन्त्र पार्टी ९. नयाँ शक्ति पार्टी नेपाल १०. नेपाल पिपुल्स पार्टी ११. राष्ट्रिय शिवसेना पार्टी १२. नेपाल कम्युनिष्ट पार्टी(माक्सवादी) १३. राष्ट्रिय जनमोर्चा १४. नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) १५. सद्भावना पार्टी १६. नेपालपूरा पढ्नुहोस्


मदन र आश्रितलाई सम्झिँदा

जेष्ठ ३, चितवन । नेकपा(एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य जीवराज आश्रितको स्मरणमा दासढुङ्गामा आज स्मृति सभा गरिएको छ । वि.सं. २०५० जेठ ३ गते पोखराबाट चितवन आउँदै गर्दा भण्डारी र आश्रित चढेको जिप मुग्लिन–नारायणगढ सडक खण्डको दासढुङ्गामा दुर्घटना भई त्रिशूलीमा खस्दा नेताद्वयको निधन भएको थियो । नेकपा (एमाले) चितवनले कार्यक्रमको आयोजना गरेको सो सभामा बोल्दै प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा दासढुङ्गा र गाँजीपुरमा नमुना स्मृतिपार्क बन्ने बताए । गाँजीपुर मदन भण्डारीको शव भेटिएको स्थान हो । मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गर्दै अगाडि बढ्नसके मात्रै उनीप्रतिपूरा पढ्नुहोस्


भुँडी बढ्यो ? वैज्ञानिक रुपमा प्रमाणित यी ६ तरिका अपनाउनुस् !

क्रिस गुनार्स | अथोरिटी न्युट्रिसन तौल बढ्यो भन्दैमा त्यो अस्वस्थ नै हुन्छ भन्ने छैन । तौल बढी भएका व्यक्तिहरु पनि स्वस्थ रहन सक्छन् । त्यसको ठीक उल्टो, सामान्य तौल भएका व्यक्तिहरु पनि मोटोपनासँग सम्बन्धित समस्याहरुको सिकार भइरहेका हुनसक्छन् १ । यस्तो किन हुन्छ भने छालाको ठीक मुनि हुने बोसो त्यति हानिकारक हुँदैन । समस्या त आन्द्रा र पेट वरिपरि जम्ने बोसो हो । तपाईंको हिपतिर बोसो धेरै जमेको छ भने, अथवा भनौँ, तपाईंको भुँडी बढ्न थालेको छ भने, तपाईंको तौल त्यति धेरै नभए पनि बोसो हटाउनेतिर ध्यान दिनुहोस्, किनभने समस्या त्यही बोसोमा छ २ । पेटमा बोसो कति छ भन्नेपूरा पढ्नुहोस्


गाउँपालिका अध्यक्षमा नेपालमै पहिलोपटक महिला

local-election-first-woman-head

जेष्ठ ३, नवलपरासी । नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी बनेकी छन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी लक्ष्मी पाण्डेले कुल ४ हजार ५ सय ९२ मत प्राप्त गरी विजयी बनेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मेघबहादुर पुलामीले ४ हजार ३ सय ५८ मत प्राप्त गरेका थिए । त्यसैगरी, उपाध्यक्षमा एमालेका उम्मेदवार कोपिला मल्ल कुल ४ हजार ४ सय ६८ मत प्राप्त गरी विजयी बनेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार ओम थापाले ४ हजार ४ सय १३ मत प्राप्त गरेका छन् ।