Main Menu

Thursday, May 18th, 2017

 

विपन्न परिवारका लागि हजार पक्की घर बनाउँदै सरकार

जेष्ठ ४, लहान । सिरहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका दलित तथा अतिविपन्न परिवारका लागि १ हजार पक्की घर निर्माण गरिने भएको छ । सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत आव २०७३/७४ मा दलित तथा अतिविपन्न परिवारका लागि आवास भवन (पक्की घर) निर्माण गरिने भएको हो । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राजनीतिक दलका प्रतिनिधिलगायतको बुधबार सदरमुकामका बसेको बैठकले जनता आवास घर निर्माण नगरपालिका र गाउँपालिका तथा घर सङ्ख्या टुङ्ग्याएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजका प्रमुख मिलन आचार्यले जानकारी दिए । आचार्यका अनुसार बैठकले सिरहा क्षेत्र नं. १ अन्तर्गत लहान नगरपालिकाको वडा नं. ११ र १२ मा २४ वटा, वडा नं.पूरा पढ्नुहोस्


१० वर्षमा देशलाई आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहनस्वरुप अनुदान

जेष्ठ ४, पथरी (मोरङ) । सरकारले १० वर्षभित्रमा मुलुकलाई धान, चामल, तरकारी र माछामासुमा आत्मनिर्भर बनाउन कृषकलाई अनुदानको व्यवस्था गरेको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत सो अनुदान रकम किसानलाई वितरण गर्न लागिएको हो । मोरङका किसानले साना सिँचाइ योजनाअन्तर्गत रु. १ करोड २२ लाख, पकेट ब्लकअन्तर्गत रु. १ करोड ६५ लाख र चैतेधान कार्यक्रमअन्तर्गत रु. ५० लाख बराबरको अनुदानको व्यवस्था गरेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादवका अनुसार चैतेधान कार्यक्रमअन्तर्गत किसानलाई रु. ५० लाखभन्दा बढी रकम अनुदान दिन लागेको बताए । १ हजार हेक्टरमा लगाएको चैतेधानका किसानलाई प्रतिहेक्टर रु. ५ हजारका दरले अनुदान दिने उनले बताए । बर्खे धानका लागिपूरा पढ्नुहोस्


विद्युत प्राधिकरण मातहतका दश कम्पनीका सञ्चालक तोकिए

जेष्ठ ४, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आफू मातहत स्थापना भएका विभिन्न दश वटा कम्पनीको सञ्चालक तोकेको छ । जलविद्युत आयोजना निर्माण तथा विद्युत व्यापार गर्न स्थापना भएका ती कम्पनीमा सञ्चालक ताकिएको हो । प्राधिकरणले ८ वटा जलविद्युत् आयोजनाका लागि छुट्टाछुट्टै सञ्चालक तोकेको छ भने प्राधिकरणकै मातहत रहने गरी स्थापना भएको जलविद्युत कम्पनी, नेपाल इन्जिनियरिङ परामर्श तथा नेपाल पावर ट्रेडिङ कम्पनीका सञ्चालक तोकिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । अधिकारीले प्राधिकरणमा नै कार्यरत उच्च तहका कर्मचारीलाई पहिलो चरणमा सञ्चालक तोकिएको र सञ्चालक समितिले पूर्णता पाएपछि प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया अगाडि बढ्ने बताए । ती सबै कम्पनीका अध्यक्षमा भने कार्यकारी निर्देशकपूरा पढ्नुहोस्


झापामा मिर्गौला रोगी बढ्दै – निशुल्क सेवाबाट वञ्चित

जेष्ठ ४, सुरुङ्गा (झापा) । झापामा आव २०७३/०७४ मा ५८ मिर्गौला रोगी (१९ महिला, ३९ पुरुष) थपिए छन् । उनीहरुले साताको दुई पटकसम्म नियमित हेमोडायलासिस गर्नुपर्छ । मिर्गौला रोगीका लागि सरकारले निःशुल्क हेमोडायलासिस सेवा उपलब्ध गराउने निर्णय गरे पनि मिर्गौला रोगीले अझैसम्म निःशुल्क सेवा लिन पाएका छैनन् । हेमोडायलासिस गराउन महिनामा करिव रु. २४ हजार खर्च हुन्छ । सरकारले मिर्गौला रोगीको निःशुल्क उपचार गर्ने भन्दै देशभरका विभिन्न अस्पताललाई निर्देश गरेपनि भद्रपुस्थित मेची अञ्चल अस्पतालमा यो सेवा सुरु नहुँदा बिरामीले महँगो शुल्क तिरेर निजी अस्पतालबाट सेवा लिइरहेका छन् । अहिले झापाको बिर्तामोडमा रहेको निजी अस्पताल पूर्णटङ्ग विर्ता सिटीमा यो सेवा सुचारुपूरा पढ्नुहोस्


रुकुम मतगणना सम्पन्न : माओवादी केन्द्रको क्लिन स्विप

khairhani-vote-counting-19-hrs-later

जेष्ठ ४, काठमाडौँ । रुकुमका ६ वटा स्थानीय तहमा सम्पन्न निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन भएका ६ वटा स्थानिय तहमध्ये ६ वटै तहमा मेयर/प्रमुख, उपमेयर/उपप्रमुख सहित ५८ वडामा माओवादी केन्द्र, १३ वटा वडामा नेपाली काँग्रेस र २ वटा वडामा एमाले विजयी भएको छ । पूरै जिल्लामा सम्पूर्ण मेयर/प्रमुख, उपमेयर/उपप्रमुख एउटै पार्टीले जितेको यो पहिलो हो ।  रुकुम जिल्लाको मतपरिणाम यसप्रकार रह्यो ः मुसीकोट नगरपालिका माओवादी केन्द्र : मेयर उपमेयर सहित ९ वटा वडा (पूरै प्यानल) नेपाली काँग्रेस : ५ वटा वडा  एमाले : ० वडा । चौरजहारी नगरपालिका माओवादी केन्द्र : मेयर उपमेयर सहित १० वटा वडा (पूरै प्यानल) नेपाली काँग्रेस : ४पूरा पढ्नुहोस्


जाँदाजाँदै सरकारको निर्णय : मधेस आन्दोलन राजनीतिक आन्दोलन नै हो

जेष्ठ ४, काठमाडौँ । सरकारले थरुहट तराई/मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै आन्दोलनमा सहभागीलाई लगाइएको मुद्दा फिर्ता गर्नका लागि गृह मन्त्रालयको परामर्शमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने समेत निर्णय गरेको छ । बैठकका निर्णयबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले आजदेखि व्यवस्थापिका–संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताए । निर्वाचनका क्रममा मारिएकाहरू सहिद घोषित त्यसैगरी मन्त्रिपरिषद्ले यही वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गोली प्रहारबाट मारिएका काभ्रे नमोबुद्ध नगरपालिकाका नवराज पाठक रपूरा पढ्नुहोस्


सर्वोच्चमा सिलवालको मुद्दाको सुनुवाइ फेरी सर्यो

जेष्ठ ४, काठमाडौँ । सर्वोच्च अदालतको आजको कार्यसूचिमा रहेको प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको मुद्दाको सुनुवाइ नहुने भएको छ । ७ सदस्यीय न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसीको बृहत् पूर्ण इजलासमा सिलवालको मुद्दाको सुनुवाइ हुने कार्यसूचिमा उल्लेख भएपनि न्यायाधीश श्रेष्ठ प्रहरी नायब महानिरीक्षक सिलवाल बीच नाता-सम्बन्ध भएका कारण मुद्दा हेर्न नमिलेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयलाई लिएर सिलवालले मन्त्रिपरिषदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । यसअघि वैशाख १९ गते अन्तिम सुनुवाइ हुने भनिएकोमा त्यसको दुई दिनअघि नै प्रधान्यायाधीशमाथि महाअभियोगपूरा पढ्नुहोस्


७ उपसचिवलाई कारबाहीका लागि निर्देशन

killing-vehicle-back-law

जेष्ठ ४, काठमाडौँ । निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तहको निर्वाचनको काममा अटेर गर्ने ७ जना उपसचिवलाई कारबाही गर्न निर्देशन दिएको छ । तोकेको जिम्मेवारी पूरा गर्न अटेरी गरेको र आयोगले दिएको नियुक्तिपत्रसमेत नलिई गैरजिम्मेवार व्यवहार गरेको जनाउँदै ती ७ उपसचिवलाई सचेत गराई १५ दिनभित्र त्यसको जानकारी आयोगलाई उपलब्ध गराउन निर्देशन दिइएको सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति गुह्येश्वरीका जीवनराम पुरी, महालेखा नियन्त्रक कार्यालयका काशीनाथ भट्टराई, राष्ट्रपति कार्यालयका प्रह्लादप्रसाद पुडासैनी, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका खेमप्रसाद उपाध्यायलाई सचेत गराउन आयोगले सम्बन्धित मन्त्रालयलाई निर्देशन गर्ने निर्णय भएको हो । पुष्पलाल मध्य पहाडीपूरा पढ्नुहोस्


प्रमुख ३ दलले अहिलेसम्म विजय हासिल गरेका स्थानहरू (सूचीसहित)

khairhani-vote-counting-19-hrs-later

जेष्ठ ४, काठमाडौँ । स्थानीय तहको निर्वाचनको पहिलो चरणको मतगणनाका परिणामहरु आउने क्रममा छन् । अहिलेसम्म प्राप्त मतपरिणामअनुसार प्रमुख तीन दलले विजय हासिल गरेका स्थानहरू यसप्रकार रहेका छन् ः एमालेले विजय हासिल गरेका स्थानहरुः १. जाजरकोट, शिवालय गाउँपालिकाः नरेन्द्र कुमार शाही २. डोल्पा, ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही ३. डोल्पा, शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ ४. डोल्पा, काइके गाउँपालिकाः अंगद राना ५. मनाङ, नेस्याङ गाउँपालिकाः कान्छा घले ६. मनाङ, चामे गाउँपालिकाः लोकेन्द्र बहादुर घले ७. मुस्ताङ, घरपझोङ गाउँपालिकाः आशबहादुर गुरूङ ८. कास्की, मादी गाउँपालिकाः वेदबहादुर गुरुङ ९. स्याङ्जा, फेदिखोला गाउँपालिकाः घनश्याम सुवेदी १०. तनहुँ, देवघाट गाउँपालिकाः दुर्गाबहादुर थापा ११. ललितपुर, महाङ्काल गाउँपालिकाःपूरा पढ्नुहोस्


स्थानीय तहको सङ्ख्या थपघट अस्वीकार्य : एमाले स्थायी कमिटी

uml-deny-local-level-increment

  प्रकाश सिलवाल जेष्ठ ४, काठमाडौँ । सरकारले स्थानीय तहको सङ्ख्या पुनरावलोकनको तयारी गरिरहेको बेला प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सङ्ख्या थपघट नगरी दोस्रो चरणको निर्वाचन गर्न पुनः माग गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटी (ललितपुर) मा हिजो बसेको स्थायी कमिटीको बैठकले स्थानीय तहको सीमाङ्कन र नामाङ्कनसम्बन्धी प्रतिवेदनलाई स्वीकृत गरी पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको वर्तमान अवस्थामा यही आधारमा अविलम्ब दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग र सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो । सरकारले दोस्रो चरणको निर्वाचन गर्न तराई–मधेसका दलको निर्वाचनमा सहभागिता सुनिश्चित गर्न स्थानीय तहको सङ्ख्या पुनरवलोकनका लागि उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री विजयकुमारपूरा पढ्नुहोस्