Main Menu

Monday, May 29th, 2017

 

मतपत्र च्यातिएको घटनामाथि छानबिन गर्न अनुगमन टोली गठन

कांग्रेस र माओवादी केन्द्रले पुनः मतदानको माग

जेठ १५, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ । आयोगको आजको बैठकले चितवनका मुख्य निर्वाचन अधिकृतले आयोगमा पठाएको प्रतिवेदनका आधारमा घटनाको छानबिन गर्न सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिना संयोजक रहेको अनुगमन टोली गठन गर्ने निर्णय गरेको हो । टोलीका सदस्यमा गृह मन्त्रालयका सहसचिव र प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक रहनुभएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । टोलीलाई घटनाको छानबिन गरी यही जेठ १७ गतेभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ । टोलीले स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्लापूरा पढ्नुहोस्


सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ५८.२ प्रतिशत

जेष्ठ १५, काठमाडौँ । नेपालमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ५८.२ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालयले आइतबार जारी गरेको सर्वेक्षणमा शौचालय भएको घर परिवारको सङ्ख्या ८८.२ प्रतिशत रहेको छ । पहाडी तथा सहरी क्षेत्रका ८१.१ प्रतिशत र तराईका सहरी क्षेत्रको ३२.९ प्रतिशत घरधुरीमा मात्र धाराबाट पानी आउँछ । कुल जनसङ्ख्यामध्ये ५६.१ प्रतिशत व्यक्तिको मात्र सरसफाइ प्रणालीमा पहुँच छ । काठमाडौँ उपत्यकामा फागुन मसान्तसम्म ३२० किमी सडक विस्तार भएको छ । भूकम्प, बाढीपहिरो, आगलागीलगायत विपद्मा आश्रयका लागि उपत्यकामा पहिचान भएका २०० खुला स्थानमध्ये हाल १८ ठाउँमा उद्यान निर्माण भइरहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ४७ लाख ६७ हजारपूरा पढ्नुहोस्


सर्यो दोस्रो चरणको निर्वाचन : अब असार ९ मा

thirty-one-parties-jhapa-2nd-phase

जेष्ठ १५, काठमाडौँ । आउँदो जेठ ३१ गते गर्ने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते शुक्रबारका दिन हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणको निर्वाचनमा असहमति राख्दै सहभागी नहुने दलहरूलाई समेत दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन असार ९ गतेको मिति तय गरिएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । “खासगरी मुस्लिम समुदायको पवित्र रमजान चाडलाई ध्यानमा राख्दै असार ९ गते दोस्रो चरणको निर्वाचन गर्ने भनिएको छ, त्यो प्रस्तावलाई छलफलका लागि व्यवस्थापिका–संसद्मा लगिँदैछ”, सरकारका प्रवक्तासमेत रहनुभएका कार्कीले भने । त्यसैगरी, मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७४/७५ को आयव्यय विवरण (बजेट)लाईपूरा पढ्नुहोस्


सरकारद्वारा १२ खर्ब ७८ अर्बको बजेट प्रस्तुत

जेष्ठ १५, काठमाडौँ । सरकारले आव २०७४/७५ का लागि रु. १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आज अपराह्न व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गरेको आयव्यय विवरण (बजेट)मा विनियोजित रकममध्ये चालु खर्च रु. ८ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार अर्थात् ६२.८ प्रतिशत, पूँजीगततर्फ रु. ३ खर्ब ३५ अर्ब २७ करोड ५९ लाख ७० हजार हजार अर्थात् २६.२ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु. १ खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ हजार अर्थात् ११ प्रतिशत रहेको बताए । उक्त खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा २१.९ प्रतिशतपूरा पढ्नुहोस्


स्थानीय तहको निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत – प्रम

जेष्ठ १५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले दैनिक रुपमा देख्न र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा अभूतपूर्ण जनसहभागितासहित सम्पन्न भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गत वैशाख ३१ गते सम्पन्न निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न कोसेढुङ्गाका रुपमा रहेको बताए । नेपाली जनताको दशकौँ लामो सङ्घर्षबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको उल्लेख गर्दै उनले गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन सरकारले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आइरहेको तथ्य विदितै रहेको स्मरण गरेपूरा पढ्नुहोस्


उत्तर कोरियाद्वारा पुनः आणविक क्षेप्याश्त्र परीक्षण

जेष्ठ १५, सोल । उत्तर कोरियाले पुनः एक पटक आज अर्को आणविक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दक्षिण कोरियाली सैनिक प्रमुखले जानकारी दिएका छन् । स्थानीय समयानुसार सोमबार बिहान ५ः४५ बजे तिर उत्तर कोरियाको पूर्वी सामुद्रिक तटमा अवस्थित उन्सान प्रक्षेपणस्थलबाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्याश्त्र छोटो दूरीसम्म मार हान्न सक्ने स्कड मिसाइल वा यस्तै प्रकृतिको भएको अनुमान गरिएको छ । उक्त क्षेप्यास्त्र आकाशमाथि अधिकतम १२० किलोमिटरको उचाईसम्म पुगी पूर्व दिशातर्फ ४५० किलोमिटर जति उडेर जापानी समुद्र (सि अफ जापान) मा खसेको थियो । झट्ट हेर्दा पहिले-पहिले परीक्षण गरिएका सामान्य मिसाइल हो कि भन्ने अनुमान गरिए तापनि यस क्षेप्यास्त्रले आकाशमाथि उड्दा लिएको ठाडो कोणीयपूरा पढ्नुहोस्


गणतन्त्र दिवसको उपलक्ष्यमा टुँडिखेल कार्यक्रम (फोटो फिचर)

जेष्ठ १५, काठमाडौँ । गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरियो । समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्तीले सर्वत्र शान्तिको कामना गर्दै शान्तिका प्रतीक परेवा उडाए । सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको तर्फबाट सलामी अर्पण गरिएको थियो । समारोहमा सैनिक हेलिकप्टरबाट गणतन्त्र दिवसको ब्यानर प्रस्तुत गर्नुका साथै पुष्पवृष्टिसमेत गराइएको थियो । सो अवसरमा राष्ट्रिय गानको धुन बजाउनुका साथै मुलुकमा राजनीतिक परिवर्तनको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदको सम्मान र सम्झनामा मौनधारण गरिएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा मार्चपासपूरा पढ्नुहोस्


एक घरमा ४० बिरुवा नरोपे सरकारी अनुदान रोक्का

जेष्ठ १५, कालीकोट । जिल्लाको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले सुन्दर रास्कोट, हरियाली रास्कोट बनाउन प्रत्येक घरधुरीले ४० वटा बिरुवा लगाउनै पर्ने बताएका छन् । नवनिर्वाचित प्रमुख विजयी भएपछि जिल्ला सदरमुकाम आइपुगेका प्रमुख बरालले सञ्चारकर्मीसँगै प्रतिक्रिया दिँदै आफूले रास्कोट नगरको विकास गर्नका लागि अनिवार्य रुपमा पहिलो चरणमा हरियाली रास्कोटका लागि अघि बढ्ने बताएका छन् । जिल्लाका विभिन्न निकायमा पहल गरेर आगामी ३ देखि ५ वर्षभित्र हरियाली रास्कोट बनेर छाड्ने बताएका छन् । ‘‘अहिले ग्रामीण पहुँच कार्यक्रमले सडक निर्माणका क्रममा थालेको वृक्षरोपण कार्यक्रमले स्थानीयस्तरमा प्रभाव कायम गरेको भन्दै जिल्ला वन कार्यालयलगायतका निकायसँग पहल गर्नेछु ।’’ उनले भने । उनले हरियाली रास्कोटमा सबैले साथपूरा पढ्नुहोस्


तत्काल मतगणना सुरु गर्न एमालेको माग

जेष्ठ १५, चितवन । नेकपा (एमाले) चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी गएराति मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सञ्चालन गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले माओवादी केन्द्र नेतृत्वको निर्देशनमा उक्त पार्टीका द्रोर्णबाबु शिवाकोटी, मधु न्यौपाने र दिलीप पौडेललगायतले मतपत्र च्यातेको भन्दै उनीहरुलाई कानुनी कारबाहीसमेत गर्न माग गरे । भरतपुर महानगरपालिका वडा नं १९ को शान्तिपूर्ण ढङ्गले मतगणना भइरहेको समयमा मतपत्र च्यातिएको सो अवसरमा जारी विज्ञप्तिमा जनाइएको छ । मतपत्र च्यातिएपछि तत्काल घटनाको बारेमा सत्यतथ्य जानकारी मिडियामार्फत दिन र च्यातिएका मतपत्र अलग राखी बाँकी मतपत्र गणना गर्नुपर्छ भन्ने निर्वाचन अधिकृतसमक्ष माग राखेको भए पनिपूरा पढ्नुहोस्


आठ महिनामा कृषिमा उत्साहजनक उपलब्धि

जेष्ठ १५, काठमाडौँ । आर्थिक वर्ष २०७३/७४ को आठ महिनामा कृषि उत्पादनमा उत्साहजनक उपलब्धि देखिएको छ । व्यवस्थापिका–संसद्मा हिजो पेस भएको आर्थिक सर्वेक्षण २०७३/७४ मा कृषि क्षेत्रको उत्पादन ५.२९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत आवको सोही अवधिमा कृषि क्षेत्रको उत्पादन ०.०३ प्रतिशत थियो । अनुकूल मौसम, रासायनिक मल, कृषि औजारको सहज उपलब्धताका कारण खाद्यान्न उत्पादन बढेको हो । चालु आवमा कुल खाद्यान्न उत्पादन ९७ लाख ४१ हजार मेट्रिक टन पुग्ने अनुमान छ । उक्त उत्पादन गत वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सबैभन्दा बढी धानको उत्पादनमा २१.०६ प्रतिशत वृद्धि भई ५२ लाख ३० हजार मेट्रिक टन पुगेको छ । चालुपूरा पढ्नुहोस्